सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूको प्रश्न

पाठकहरूको प्रश्न

प्रत्येक अभिषिक्त ख्रीष्टियनले परमेश्वरबाट पाउने “बैना” र “छाप”-को मतलब के हो?–२ कोरि. १:२१, २२.

पहिला-पहिला कुनै कागजात पुष्टि गर्नुपऱ्यो भने माटो वा मैनमा औंठीद्वारा छाप लगाइन्थ्यो

बैना: एउटा स्रोतले बताएअनुसार २ कोरिन्थी १:२२ मा “बैना” भनेर अनुवाद गरिएको ग्रीक शब्द “विशेषगरि कानुन र व्यापार-व्यवसायमा चलाइने शब्द” हो, जसको अर्थ “कुनै कुरा किन्दा पहिले नै दिइने रकम, बन्धकी, धरौटी, धितो” हो अनि यसले गर्दा “कानुनी रूपमै आफूले किनेको कुरामा दाबी गर्न सकिन्छ र कारोबार पक्कापक्की भएको मान्न सकिन्छ।” अभिषिक्त जनहरूको कुरा गर्ने हो भने २ कोरिन्थी ५:१-५ मा बताइएजस्तै तिनीहरूले कहिल्यै नाश नहुने अविनाशी जीवन धारण गरेपछि मात्र लाक्षणिक कारोबार सकिनेछ अर्थात्‌ तिनीहरूको इनाम चुक्ता हुनेछ। अनि यसमा तिनीहरूले अमरता पाउने कुरा पनि समावेश छ।—१ कोरि. १५:४८-५४.

आधुनिक ग्रीक भाषामा मगनीको औंठीलाई बुझाउन यसैसित सम्बन्धित शब्द चलाइएको छ। ख्रीष्टको प्रतीकात्मक पत्नी बन्नेहरूको लागि यो तुलना एकदमै सुहाउँछ।—२ कोरि. ११:२; प्रका. २१:२, ९.

छाप: पहिला-पहिलाको समयमा आफ्नो स्वामित्व जनाउन, कुनै कुरा प्रमाणित गर्न वा मन्जुरी दिन छाप लगाउने चलन थियो। अभिषिक्त जनहरूको कुरा गर्ने हो भने तिनीहरूमाथि परमेश्वरको स्वामित्व छ भनेर सङ्‌केत गर्न लाक्षणिक तवरमा पवित्र शक्तिद्वारा तिनीहरूमाथि “छाप” लगाइएको छ। (एफि. १:१३, १४) तर मृत्युसम्मै वफादार भइसकेपछि वा महासङ्‌कष्टको केही समयअघि मात्र यो छापले तिनीहरूलाई स्थायित्व प्रदान गर्छ।—एफि. ४:३०; प्रका. ७:२-४.