प्रहरीधरहरा—अध्ययन संस्करण अप्रिल २०२०

यस अङ्‌कमा जून १–जुलाई ५, २०२० का अध्ययन लेखहरू छन्‌।

उत्तरबाट आउने आक्रमण!

अध्ययन लेख १४: जून १-७, २०२०। योएल अध्याय १ र २ बारे हाम्रो बुझाइमा छाँटकाँट गर्नुपर्ने कस्ता चार ठोस कारण छन्‌?

तपाईँ खेतलाई कसरी हेर्नुहुन्छ?

अध्ययन लेख १५: जून ८-१४, २०२०। हामी कसरी येसु र प्रेषित पावलको अनुकरण गर्दै मानिसहरूको आस्था अनि तिनीहरूको चासोको विषयलाई बुझेर तिनीहरूलाई येसुको सम्भाव्य चेलाको रूपमा हेर्न सक्छौँ भनेर केलाउनुहोस्‌।

सुन्‍नुहोस्‌, बुझ्नुहोस्‌ र दया देखाउनुहोस्‌

अध्ययन लेख १६: जून १५-२१, २०२०। यहोवाले योना, एलिया, हागार र लुतलाई मायालु ढङ्‌गमा मदत गर्नुभयो। अरूसित व्यवहार गर्दा हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौँ, विचार गरौँ।

“मैले तिमीहरूलाई मित्र भनेको छु”

अध्ययन लेख १७: जून २२-२८, २०२०। येसुसित घनिष्ठ मित्रता गाँस्न र त्यसलाई कायम राख्न त्यति सजिलो छैन। तर हामी येसुको मित्र बन्‍न सक्छौँ।

दौड पूरा गर्नुहोस्‌

अध्ययन लेख १८: जून २९–जुलाई ५, २०२०। ढल्कँदो उमेर र स्वास्थ्य समस्यासित जुझिरहेको भए तापनि हामी सबै कसरी जीवनको दौड पूरा गर्न सक्छौँ?