सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

केनेथ इ. कुक जुनियर र उहाँकी श्रीमती जेमी

परिचालक निकायको नयाँ सदस्य

परिचालक निकायको नयाँ सदस्य

जनवरी २४, २०१८, बुधबारको दिन बिहान संयुक्‍त राज्य अमेरिका र क्यानाडाका बेथेल परिवारका सदस्यहरूलाई एउटा विशेष घोषणा गरियो: भाइ केनेथ कुक जुनियर यहोवाका साक्षीहरूको परिचालक निकायको नयाँ सदस्य नियुक्‍त हुनुभएको छ।

भाइ कुक अमेरिकाको पेन्सिलभेनिया राज्यमा जन्मनुभयो र त्यहीँ हुर्कनुभयो। उहाँले स्कुलको पढाइ सकिनै लाग्दा आफ्नो सहपाठीबाट सत्य सिक्नुभयो र जून ७, १९८० मा बप्तिस्मा गर्नुभयो। उहाँले सेप्टेम्बर १, १९८२ देखि नियमित अग्रगामीको रूपमा पूर्ण-समय सेवा सुरु गर्नुभयो। दुई वर्ष अग्रगामी सेवा गरेपछि उहाँलाई बेथेलमा सेवा गर्न बोलाइयो। उहाँले अक्टोबर १२, १९८४ देखि न्यु योर्कको वाल्किलमा बेथेल सेवा सुरु गर्नुभयो।

त्यसपछिको २५ वर्षसम्म भाइ कुकले छापाखाना र बेथेल अफिसमा विभिन्‍न जिम्मेवारी सम्हाल्नुभयो। उहाँले १९९६ मा जेमीसित विवाह गर्नुभयो र उहाँकी श्रीमतीले पनि उहाँसँगै वाल्किलको बेथेलमा सेवा गर्न थाल्नुभयो। डिसेम्बर २००९ मा भाइ र बहिनी कुकलाई न्यु योर्कको प्याटर्सनस्थित वाचटावर शैक्षिक केन्द्रमा सेवा गर्न खटाइयो। त्यहाँ भाइ कुकलाई लेखन पत्राचार विभागमा सेवा गर्न खटाइयो। अप्रिल २०१६ मा भाइ र बहिनी कुक छोटो समयको लागि वाल्किलको बेथेलमा फर्किनुभयो र त्यसपछि उहाँहरूलाई न्यु योर्कको ब्रूक्लिनमा सेवा गर्न खटाइयो। त्यसको पाँच महिनापछि उहाँहरू न्यु योर्कको वारविकस्थित विश्‍व मुख्यालयमा सर्नुभयो। जनवरी २०१७ मा भाइ कुकलाई परिचालक निकायको लेखन समितिको सहयोगीको रूपमा नियुक्‍त गरियो।