सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययनको लागि सुझाव

अध्ययनको लागि सुझाव

के तपाईँलाई हाम्रा भाइबहिनीको जीवनी पढ्‌न मन पर्छ?

हरेक बिहान एउटा जीवनी पढ्‌ने गरेका एक दम्पती यसो भन्छन्‌: “जीवनीहरू पढेर हामीले निकै प्रोत्साहन पाएका छौँ र आनन्दित हुन सकेका छौँ। अनि ती भाइबहिनीजस्तै हामी पनि जस्तोसुकै परिस्थितिमा वफादार रहन सक्छौँ भनेर बुझ्न सक्यौँ।” यस्तै अनुभव गरेकी एक बहिनीले यस्तो लेखिन्‌: “जीवनीहरूले मेरो मन छोएको छ र मैले धेरै सान्त्वना पाएकी छु। हाम्रा भाइबहिनीले अर्थपूर्ण जीवन बिताइरहेका छन्‌। उहाँहरूको अनुभव पढ्‌दा अझ सक्रिय भई यहोवाको सेवामा लाग्न उत्प्रेरित भएकी छु र छोराछोरीलाई पनि पूर्ण-समय सेवा गर्ने लक्ष्य राख्न मदत गर्न सकेकी छु।”

जीवनीहरूले तपाईँलाई अर्थपूर्ण लक्ष्यहरू राख्न, कमीकमजोरीसित लड्‌न र कठिन परीक्षाहरू आनन्दित भई सहन मदत गर्छ। यस्ता जीवनीहरू तपाईँ कहाँ पढ्‌न सक्नुहुन्छ?

  • jw.org वा JW लाइब्रेरी-मा “यहोवाका साक्षीहरूको अनुभव” भन्‍ने शृङ्‌खलाबद्ध लेखहरू हेर्नुहोस्‌।

  • प्रहरीधरहरा अनलाइन लाइब्रेरी-मा “यहोवाका साक्षीहरूको अनुभव” खोज्नुहोस्‌।