सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययनका लागि सुझाव

सिकेको कुरा सम्झन चित्रहरू कोर्नुहोस्‌

सिकेको कुरा सम्झन चित्रहरू कोर्नुहोस्‌

हामीमध्ये धेरैजसोलाई आफूले पढेको कुरा सम्झिरहन गाह्रो लाग्छ। तर हामी येसुले सिकाउनुभएको धेरैजसो कुरा सम्झिरहन सक्छौँ किनकि उहाँ उदाहरणहरू चलाएर सिकाउनुहुन्थ्यो। उहाँले भन्‍नुभएका कुराहरू पढ्‌दा हाम्रो दिमागमा चित्र कोरिन्छ र ती कुराहरू सम्झिरहन सक्छौँ। त्यसोभए पढेका कुराहरू सम्झिरहन हामी के गर्न सक्छौँ? पढ्‌दै जाँदा सँगसँगै चित्रहरू कोर्न सक्छौँ।

कसै-कसैले कुनै नयाँ कुरा सिक्दा त्यसलाई चित्रमा उतार्छन्‌। तिनीहरू जटिल किसिमको होइन तर सरल चित्रहरू कोर्छन्‌। यसो गर्दा तिनीहरूले सिकेको कुरा सम्झिरहन सकेका छन्‌। चित्र कोर्दा केवल शब्दहरू मात्र होइन बरु पढेका कुराहरूको मूल भाव पनि सम्झन सकेको तिनीहरूले अनुभव गरेका छन्‌। विशेषगरि वृद्धहरूले यस्तो तरिका अपनाएर पढ्‌दा सिकेको कुरा सम्झिरहन सकेका छन्‌।

अर्को चोटि अध्ययन गर्दा चित्र कोर्न प्रयास गर्नुभए कसो होला? यसो गर्दा पढेको कुरा कत्तिको सम्झिन सक्नुभयो, त्यो पनि याद गर्नुहोस्‌।