प्रहरीधरहरा—अध्ययन संस्करण जून २०२०

यस अङ्‌कमा अगस्त ३-३०, २०२० का अध्ययन लेखहरू छन्‌।

“तपाईँको नाम पवित्र पारियोस्‌”

अध्ययन लेख २३: अगस्त ३-९, २०२०। सम्पूर्ण मानिस र स्वर्गदूत कुन महत्त्वपूर्ण विवादमा मुछिएका छन्‌? यो विवाद यत्तिको महत्त्वपूर्ण हुनुको कारण के हो? अनि यो विवाद सुल्झाउने सन्दर्भमा हाम्रो भूमिका कस्तो छ? यी प्रश्‍नहरू र यस विवादसित सम्बन्धित अन्य प्रश्‍नहरूको जवाफ थाह पायौँ भने यहोवासितको हाम्रो सम्बन्ध अझ बलियो बनाउन सक्नेछौँ।

“तपाईँको नामको डर मान्‍न मेरो हृदयलाई एकाग्र पार्नुहोस्‌”

अध्ययन लेख २४: अगस्त १०-१६, २०२०। यस लेखमा हामी भजन ८६:११, १२ मा दाउदले यहोवालाई प्रार्थना गर्दा भनेका शब्दहरूबारे छलफल गर्नेछौँ। यहोवाको नामको डर मान्‍नुको अर्थ के हो? हामीले किन त्यस महान्‌ नामको श्रद्धा गर्नुपर्छ? अनि परमेश्‍वरको नामको डर मान्दा हामी कसरी गलत काम गर्ने प्रलोभनमा फस्नदेखि जोगिनेछौँ?

पाठकहरूको प्रश्‍न

के “पवित्र शक्‍तिको फल”-का पक्षहरू गलाती ५:२२, २३ मा उल्लिखित गुणहरू मात्र हुन्‌?

“म आफै मेरा भेडाहरूलाई खोज्नेछु”

अध्ययन लेख २५: अगस्त १७-२३, २०२०। वर्षौँसम्म वफादार भई यहोवाको सेवा गरेका कोही-कोही किन मण्डलीबाट टाढिन्छन्‌? तिनीहरूबारे परमेश्‍वर कस्तो महसुस गर्नुहुन्छ? यस लेखमा हामी यी प्रश्‍नहरू विचार गर्नेछौँ। साथै बाइबलकालीन समयमा यहोवाले आफूबाट केही समयको लागि टाढिएका सेवकहरूलाई मदत गर्नुभएको तरिकाबाट हामी के सिक्न सक्छौँ भनेर पनि छलफल गर्नेछौँ।

“मकहाँ फर्क”

अध्ययन लेख २६: अगस्त २४-३०, २०२०। मण्डलीसित सङ्‌गत गर्न छोडेकाहरू यहोवाकहाँ फर्केको उहाँ चाहनुहुन्छ। “मकहाँ फर्क” भन्‍ने यहोवाको निम्तो स्विकार्न चाहनेहरूलाई प्रोत्साहन दिन हामी धेरै कुरा गर्न सक्छौँ। यस लेखमा हामी तिनीहरूलाई यहोवाकहाँ फर्कन कसरी मदत दिन सक्छौँ भनेर छलफल गर्नेछौँ।