अध्ययनका लागि विषयहरू
वफादार मानिसहरू आफ्नो भाकल पूरा गर्छन्
न्यायकर्ता ११:३०-४० पढ्नुहोस् अनि यिप्तह र तिनकी छोरीबाट भाकल पूरा गर्नेबारे के सिक्न सक्छौँ, बुझ्नुहोस्।
प्रसङ्ग राम्ररी केलाउनुहोस्। वफादार इस्राएलीहरू आफूले यहोवालाई गरेको भाकललाई कसरी हेर्थे? (गन्ती ३०:२) यिप्तह र तिनकी छोरीले यहोवामाथि भरोसा राखेको कसरी देखाए?—न्याय. ११:९-११, १९-२४, ३६.
अझ खोतल्नुहोस्। यिप्तहले यहोवालाई कस्तो भाकल गरे र तिनको त्यो भाकलको अर्थ के थियो? (w१६.०४ पृ. ७ अनु. १२) भाकल पूरा गर्न यिप्तह र तिनकी छोरीले कस्ता त्यागहरू गरे? (w१६.०४ पृ. ८ अनु. १४-१६) आज ख्रिष्टियनहरूले पनि कस्ता वाचाहरू गर्छन्?—w१७.०४ पृ. ५-८ अनु. १०-१९.
सिक्न सकिने पाठहरू विचार गर्नुहोस्। आफैलाई सोध्नुहोस्:
-
‘समर्पणको वाचा पूरा गर्न मलाई केले मदत गर्छ?’ (w२०.०३ पृ. १३ अनु. २०)
-
‘तनमनले यहोवाको सेवा गर्न म कस्ता त्यागहरू गर्न सक्छु?’
-
‘विवाह वाचा पूरा गर्ने आफ्नो सङ्कल्प म कसरी बलियो बनाउन सक्छु?’ (मत्ति १९:५, ६; एफि. ५:२८-३३)