सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवालाई हामी के उपहार दिन सक्छौँ?

यहोवालाई हामी के उपहार दिन सक्छौँ?

येसुले एक चोटि यसो भन्‍नुभयो: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।” (प्रेषि. २०:३५) यो आधारभूत सत्य यहोवासितको हाम्रो सम्बन्धमा लागू हुन्छ। किन? यहोवाले हामीलाई धेरै उपहार दिनुभएको छ, जसले गर्दा हामी आनन्दित हुन सकेका छौँ। तर यहोवालाई उपहार दिएर हामी अझ धेरै आनन्दित हुन सक्छौँ। यहोवालाई हामी के उपहार दिन सक्छौँ? हितोपदेश ३:९ यसो भन्छ: “आफूसित भएका अनमोल कुराहरू यहोवालाई दिएर उहाँको आदर गर।” हामीसित भएका “अनमोल कुराहरू” के-के हुन्‌? यसमा हाम्रो समय, सिप, बल अनि भौतिक सम्पत्तिहरू पर्छन्‌। साँचो उपासनालाई अघि बढाउन हामीले यस्ता स्रोतसाधनहरूको प्रयोग गर्दा हामीले यहोवालाई उपहार दिइरहेका हुन्छौँ अनि यसले हामीलाई अपार आनन्द दिन्छ।

हाम्रो भौतिक सरसम्पत्तिबाट यहोवालाई उपहार दिन नबिर्सनको लागि हामी के गर्न सक्छौँ? प्रेषित पावलले कोरिन्थीहरूलाई अनुदान दिन “केही छुट्ट्याएर राख्नू” भन्‍ने सल्लाह दिए। (१ कोरि. १६:२) तपाईँको इलाकामा अनुदान दिन सक्ने तरिकाहरूबारे थप जानकारी पाउन चाहनुहुन्छ भने के गर्न सक्नुहुन्छ? कृपया तल दिइएको पेटी हेर्नुहोस्‌।

सबै देशमा अनलाइन अनुदान दिने सुविधा छैन। तर अनुदानको वेबपेजमा अनुदान दिन सकिने अन्य तरिकाबारे जानकारी पाउन सक्नुहुन्छ। कुनै-कुनै देशको वेबपेजमा अनुदानसम्बन्धी अक्सर सोधिने प्रश्‍नहरूको जवाफ दिने लेख पनि पाउन सक्नुहुन्छ।