प्रहरीधरहरा—अध्ययन संस्करण नोभेम्बर २०१९

यस अङ्‌कमा डिसेम्बर ३०, २०१९–फेब्रुअरी २, २०२० सम्म पढिने अध्ययन लेखहरू छन्‌।

अन्त आउनुअघि नै बलियो मित्रता गाँस्नुहोस्‌

यर्मियाको अनुभवबाट हामी धेरै कुरा सिक्न सक्छौँ। यरुसलेमको विनाश आउनुअघिको गाह्रो समयमा बच्न तिनका साथीहरूले तिनलाई मदत गरे।

पवित्र शक्‍तिले हामीलाई कसरी मदत गर्छ?

पवित्र शक्‍तिले हामीलाई समस्याको सामना गर्न मदत गर्न सक्छ। तर त्यसबाट पूरापूर लाभ उठाउन हामीले चार वटा कदम चाल्नुपर्छ।

के तपाईँले आफ्नो “विश्‍वासको ठूलो ढाल” ठीक अवस्थामा राखिरहनुभएको छ?

हाम्रो विश्‍वासले हामीलाई ढालले जस्तै रक्षा गर्छ। आफ्नो विश्‍वासको ढाल ठीक अवस्थामा राखिरहन हामी के गर्न सक्छौँ?

लेवीको किताबबाट सिक्न सकिने पाठहरू

लेवीको किताबमा यहोवाले प्राचीन इस्राएल राष्ट्रलाई दिनुभएका नियमहरू पाइन्छ। अहिले हामी ख्रिष्टियनहरूले ती नियमहरू पालन गर्नुपर्दैन तैपनि ती नियमहरूबाट लाभ उठाउन सक्छौँ।

‘तिमीहरूले जुन काम सुरु गरेका थियौ, पूरा पनि गर’

कहिलेकाहीँ असल निर्णय गरे तापनि ती लागू गर्न गाह्रो हुन सक्छ। आफूले सुरु गरेको काम पूरा गर्न मदत गर्ने केही व्यावहारिक सुझाव विचार गर्नुहोस्‌।

के तपाईँलाई थाह थियो?

बाइबलकालीन समयमा भण्डारेहरूले के काम गर्थे?