जीवनी
अनमोल ख्रिष्टियन सम्पदा पाएकोले म फस्टाउन सकेँ
नाइजेरियामा गृह युद्ध चर्किरहेको थियो। हामी मध्यरातमा नाइजर नदीको किनारामा पुग्यौँ। यो तेज धारले बग्ने झन्डै १.६ किलोमिटर चौडा नदी थियो। त्यसैले नाइजर नदी पारि जान ज्यानको खतरा मोल्नुपर्ने थियो। तर हामीले एक चोटि होइन, धेरै चोटि त्यस्तो खतरा मोल्नुपऱ्यो। म कसरी त्यस्तो अवस्थामा पुगेँ? त्यो बताउनुअघि मेरो परिवार र मेरो विषयमा केही बताउँछु।
सन् १९१३ मा मेरो बुबा जोन मिल्जले २५ वर्षको उमेरमा न्यु योर्क सहरमा बप्तिस्मा गर्नुभएको थियो। त्यतिबेला बप्तिस्मा भाषण भाइ रसलले दिनुभएको थियो। केही समयपछि बुबा ट्रिनिडाड जानुभयो र त्यहीँ उहाँको विवाह भयो। मेरी आमा कन्स्टान्स फार्मर असाध्यै जोसिलो बाइबल स्टुडेन्ट हुनुहुन्थ्यो। आमाबुबा दुवैको आशा स्वर्ग जाने थियो। बुबाले उहाँको साथी विलियम आर. ब्राउनलाई “सृष्टिसम्बन्धी फोटो-चलचित्र” (अङ्ग्रेजी) देखाउन मदत गर्नुभयो। उहाँहरू मिलेर धेरै चोटि त्यो चलचित्र देखाउनुभयो। पछि १९२३ मा ब्राउन दम्पतीलाई पश्चिम अफ्रिकामा खटाइयो। तर बुबा र आमाले भने ट्रिनिडाडमै सेवा गरिरहनुभयो।
आमाबुबाले हामीलाई असाध्यै माया गर्नुहुन्थ्यो
हामी नौ छोराछोरी थियौँ। मेरो जेठो दाइ जन्मिनुहुँदा वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीको अध्यक्ष भाइ रदरफोर्ड हुनुहुन्थ्यो। त्यसैले आमाबुबाले दाइको नाम रदरफोर्ड राख्नुभयो। मेरो जन्म डिसेम्बर ३०, १९२२ मा भयो। त्यतिबेला द गोल्डन एज (अहिले ब्यूँझनुहोस्!) पत्रिकाको सम्पादक क्लेटन जे. वुडवर्थ हुनुहुन्थ्यो। त्यसैले आमाबुबाले मेरो नाम वुडवर्थ राख्नुभयो। उहाँहरूले हामी सबैलाई आधारभूत शिक्षा दिनुभयो। तर उहाँहरूले खासगरि आध्यात्मिक लक्ष्यमा जोड दिनुभयो। आमाको एउटा खुबी भनेको उहाँ धर्मशास्त्रबाट तर्क गर्दै एकदमै चित्तबुझ्दो ढङ्गमा सिकाउन सक्नुहुन्थ्यो। बुबा भने हामीलाई रमाइलो तरिकामा हावभावका साथ बाइबलका कथाहरू सुनाउनुहुन्थ्यो।
उहाँहरूको प्रयासले परिणाम राम्रो भयो। हामी पाँच भाइमध्ये तीन जना गिलियड स्कुल गयौँ। मेरा बहिनीहरूमध्ये तीन जनाले पनि धेरै वर्षसम्म ट्रिनिडाड र टोबागोमा अग्रगामी सेवा गरे। आमाबुबाको शिक्षा र असल उदाहरणद्वारा उहाँहरूले हामीलाई ‘यहोवाको भवनमा रोपिदिनुभयो।’ उहाँहरूको प्रोत्साहन पाएर हामी यहोवाको भवनमा रहन र ‘परमेश्वरको आँगनमा फस्टाउन’ सक्यौँ।—भज. ९२:१३.
प्रचारकार्यसित सम्बन्धित गतिविधिको लागि भाइबहिनी हाम्रो घरमा आइरहनुहुन्थ्यो। अग्रगामीहरू हाम्रो घरमा भेला हुन्थे र क्यानाडाबाट ट्रिनिडाड आउनुभएका मिसनरी भाइ जर्ज यङबारे अक्सर कुरा गर्थे। आमाबुबा पनि उहाँहरूको पुरानो अग्रगामी साथी ब्राउन दम्पतीबारे खुसी हुँदै कुरा गर्नुहुन्थ्यो। किनभने यतिबेला ब्राउन दम्पती पश्चिम अफ्रिकामा हुनुहुन्थ्यो। यस्तो माहोलले गर्दा म १० वर्षको उमेरमै प्रचारकार्यमा भाग लिन जुरमुरिएँ।
सुरु-सुरुका गतिविधि
त्यतिबेलाका हाम्रा पत्रिकाहरूमा झूटो धर्म, लोभी व्यापारजगत् र घिनलाग्दो राजनीतिको पर्दाफास गर्दै कडा सन्देश छापिएको हुन्थ्यो। यसले गर्दा १९३६ मा ट्रिनिडाडका पादरीहरूले कार्यवाहक गभर्नरलाई वाच टावरका सबै प्रकाशनमाथि प्रतिबन्ध लगाउन उक्साए। हामीले प्रकाशनहरू लुकायौँ तर ती रहुन्जेल वितरण गर्न भने छोडेनौँ। हामी पर्ची र सूचना-पाटीहरू भिरेर सहरमा लस्करै हिँड्थ्यौ र साइकल ऱ्यालीहरू गर्थ्यौँ। टुनापुना सहरका साक्षीहरूको साउन्ड कार समूहसित मिलेर हामी अति दुर्गम इलाकाहरूसम्म प्रचार गर्न जान्थ्यौँ। एकदमै रमाइलो हुन्थ्यो! यस्तो आध्यात्मिक वातावरणमा हुर्कन पाएकोले मैले १६ वर्षको उमेरमा बप्तिस्मा गरेँ।
परिवारबाट पाएको आध्यात्मिक सम्पदा र केटाकेटी छँदाको अनुभवले ममा मिसनरी बन्ने इच्छा जाग्यो। सन् १९४४ मा आरूबा जाँदा पनि त्यो इच्छा मरेको थिएन। त्यहाँ म भाइ एडमन्ड डब्ल्यु. कमिङस्सित प्रचार गएँ। सन् १९४५ को स्मरणार्थ उत्सवमा १० जनालाई भेला गराउन पाउँदा हामी असाध्यै खुसी भयौँ। त्यसपछिको साल आरूबा टापुमा पहिलो मण्डली स्थापना भयो।
केही समयपछि मैले सँगै काम गर्ने ओरिस विलियम्सलाई अनौपचारिक साक्षी दिएँ। उनले आफ्नो धार्मिक आस्थालाई सही साबित गर्न निकै तर्क गरिन्। तर अध्ययन गर्दै जाँदा उनले बाइबलले वास्तवमा के सिकाउँछ भनेर सिकिन् र जनवरी ५, १९४७ मा बप्तिस्मा गरिन्। केही समयपछि हाम्रो मायाप्रीति बस्यो र हामीले विवाह गऱ्यौँ। उनले नोभेम्बर १९५० मा अग्रगामी सेवा सुरु गरिन्। ओरिसको साथ पाएपछि मेरो जीवन झनै फस्टायो।
नाइजेरियाको रमाइलो सेवा
सन् १९५५ मा हामीले गिलियड स्कुलको निम्तो पायौँ। त्यस स्कुलमा उपस्थित हुन ओरिस र मैले जागिर छोड्यौँ, घर र सरसम्पत्ति बेच्यौँ अनि आरूबाबाट बिदाबारी भयौँ। जुलाई २९, १९५६ मा हामी गिलियडको २७ औँ कक्षाबाट स्नातक भयौँ र हामीलाई नाइजेरिया खटाइयो।
ती दिनहरू सम्झँदै ओरिसले भनिन्: “मिसनरी जीवनमा आइपर्ने उतारचढाव सहन यहोवाको शक्तिले मदत गर्न सक्छ। मेरो श्रीमान् मिसनरी बन्न चाहनुहुन्थ्यो तर म छोराछोरी जन्माएर परिवार बसाल्न चाहन्थेँ। सुसमाचार प्रचार गर्नु अत्यन्तै जरुरी छ भन्ने बुझेपछि मैले आफ्नो सोचाइ परिवर्तन गरेँ। गिलियड स्कुलबाट स्नातक हुने बेलासम्म त म मिसनरी बन्न तयार भइसकेकी थिएँ। क्वीन मेरी जहाज चढेर यात्रा थाल्न लाग्दा भाइ नोरसित काम गर्ने वर्थ थोर्न्टनले हाम्रो बिदाबारी गर्नुभयो। उहाँले अब हामी बेथेल सेवा गर्नेछौँ भनेर बताउनुभयो। यो सुनेपछि मैले लामो सुस्केरा हाल्दै “हत्तेरिका” भनेँ। तर बेथेलमा म चाँडै घुलमिल भएँ र बेथेल मन पर्न थाल्यो। त्यहाँ मैले विभिन्न असाइनमेन्ट पाएँ। सबैभन्दा रमाइलो कामचाहिँ रिसेप्सनिस्टको थियो। मलाई मानिसहरू मन पर्छ अनि रिसेप्सनमा काम गर्दा नाइजेरियाका भाइबहिनीसित प्रत्यक्ष सम्पर्क हुन्थ्यो। थुप्रै भाइबहिनी थकित, धुलोमैलो र भोक-प्यासले चूर भएर बेथेल आइपुग्थे। ती भाइबहिनीको लागि केही गरिदिँदा मलाई असाध्यै खुसी लाग्थ्यो। यहाँ गरिने सबै सेवा पवित्र सेवा हो। त्यसैले मैले निकै सन्तुष्ट र खुसी महसुस गरेँ।” हो, हामीले पाएको हरेक असाइनमेन्टले हामीलाई फस्टाउन मदत गऱ्यो।
सन् १९६१ मा ट्रिनिडाडमा एउटा पारिवारिक जमघटमा भाइ ब्राउनले अफ्रिकाको केही रोचक अनुभव सुनाउनुभयो। त्यसपछि मैले नाइजेरियामा भइरहेको वृद्धिबारे बताएँ। भाइ ब्राउनले मलाई अङ्कमाल गर्दै बुबालाई यसो भन्नुभयो: “जोनी, तिमी अफ्रिकासम्म पुगेनौ तर वुडवर्थ त पुग्यो है!” यो सुनेपछि बुबाले भन्नुभयो: “वर्थ बाबु, अझ राम्रो गर्दै जाऊ!” आध्यात्मिक हस्तीहरूबाट यस्तो प्रोत्साहन पाएपछि आफ्नो सेवाको काम राम्ररी पूरा गर्ने चाहना अझै बढ्यो।
सन् १९६२ मा मैले गिलियडको ३७ औँ कक्षामा १० महिने थप प्रशिक्षणको सुअवसर पाएँ। त्यतिबेलाको नाइजेरिया शाखाको निरीक्षक भाइ विल्फ्रेड गुच * (त्यहाँका खुला बसहरू) अधिवेशन आउँथे। यी बसहरूमा प्रायजसो रोचक भनाइहरू लेखिएका हुन्थे। जस्तै: “थोपा थोपा पानी मिलेर समुद्र बन्छ।”
गिलियडको ३८ औँ कक्षामा उपस्थित हुनुभयो। त्यसपछि उहाँलाई इङ्गल्यान्ड खटाइयो। अनि नाइजेरिया शाखाको सुपरिवेक्षण गर्ने जिम्मा मेरो काँधमा आइपऱ्यो। भाइ ब्राउनले जस्तै मैले पनि धेरै यात्रा गरेँ। यसले गर्दा नाइजेरियाका भाइबहिनीलाई राम्ररी चिन्न र असाध्यै माया गर्न थालेँ। विकसित देशका मानिसहरूको तुलनामा त्यहाँका भाइबहिनी गरिब थिए तर आनन्दित र सन्तुष्ट देखिन्थे। यसले अर्थपूर्ण जीवन भनेको पैसा वा भौतिक कुरामा निर्भर हुँदैन भनेर छर्लङ्गै पाऱ्यो। अवस्था गाह्रो भए पनि तिनीहरू सभामा आउँदा सफा, चिटिक्क र मर्यादित देखिन्थे! तिनीहरूमध्ये धेरैजसो लरी र बोलेकाजास्-मायो भनाइ सोह्रै आना सही छ! हरेक व्यक्तिको प्रयासले योगदान पुऱ्याउँछ अनि हामीले पनि अलिकता योगदान पुऱ्याउन सक्यौँ। सन् १९७४ मा नाइजेरियाका प्रकाशकहरूको सङ्ख्या एक लाख पुग्यो; अमेरिकापछि एक लाख प्रकाशक भएको दोस्रो देश नाइजेरिया बन्यो। यहाँ आध्यात्मिक गतिविधि फस्टायो!
यस्तो वृद्धि भइरहेको बेला १९६७ देखि १९७० सम्म नाइजेरियामा गृहयुद्ध पनि चर्किरहेको थियो। त्यसैले नाइजर नदीको बायाफ्रा इलाकामा बस्ने हाम्रा भाइहरू महिनौँसम्म शाखा कार्यालयसित सम्पर्कविहीन भए। तर जसरी पनि तिनीहरूलाई आध्यात्मिक भोजन पुऱ्याउनै पर्ने थियो। त्यसैले सुरुमा बताइएझैँ हामीले प्रार्थना गर्नुका साथै यहोवामा भरोसा राख्दै धेरै चोटि नाइजर नदी तऱ्यौँ।
नाइजर नदी तर्नु कत्ति खतरनाक थियो भनेर मलाई अझैसम्म याद छ; गोली हान्न तम्तयार सिपाहीहरू, रोगव्याधि तथा अन्य खतराको सामना गर्नुपर्थ्यो। सिपाहीहरूको आँखा छलेर जानुपर्ने खतरा त छँदै थियो, अझ त्यसमाथि बायफ्रा इलाका भएर जानु झनै खतरा थियो। एकरातको कुरा हो, म यात्रुहरूलाई ओसारपसार गर्ने डुङ्गा चढेर नाइजर नदीपारि आसाबादेखि ओनिचासम्म गएर आनुगु सहरका निरीक्षकहरूलाई प्रोत्साहन दिएँ। अर्को चोटिचाहिँ आबाका एल्डरहरूलाई ढाडस दिन गएको थिएँ र त्यो इलाकामा राती कसैले बत्ती बाल्न नपाउने हुँदा निस्पट्ट अन्धकार थियो। पोर्ट हार्कोर्ट भन्ने सहरमा हामीले प्रार्थना गरेर हतार-हतार सभा टुङ्ग्याउनुपऱ्यो किनभने संघीय सेना बायाफ्राका सिपाहीहरूलाई छिचोलेर आइसकेका थिए।
ती सभाहरू अत्यावश्यक थिए किनभने हाम्रा प्यारा भाइहरूलाई यहोवाले मायालु चासो राख्नुहुन्छ भन्ने आश्वासनको खाँचो थियो। तिनीहरूलाई तटस्थता र एकताबारे सल्लाह पनि चाहिएको थियो। यस्तो भीषण द्वन्द्वको बेला नाइजेरियाका भाइहरू दृढ रहे। तिनीहरूले जातीय घृणालाई माथ गर्ने उत्कृष्ट प्रेम देखाए अनि ख्रिष्टियन एकता कायमै राखे। यस्तो कठिन घडीमा हाम्रा भाइहरूलाई साथ दिन पाउनु साँच्चै ठूलो सुअवसर थियो!
सन् १९६९ मा न्यु योर्कको याङ्की रङ्गशालामा आयोजित “पृथ्वीमा शान्ति” विषयको अन्तरराष्ट्रिय सम्मेलनमा मिल्टन जि. हेन्सेल अध्यक्ष हुनुहुन्थ्यो। उहाँको सहायकको रूपमा काम गर्दा मैले धेरै कुरा सिक्न पाएँ। मेरो लागि यो समय-सुहाउँदो तालिम थियो किनभने १९७० मा हामीले नाइजेरियाको लागोसमा “निगाह पाएका मानिसहरू” अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्नुपरेको थियो। त्यतिबेला गृहयुद्ध भर्खरै सिद्धिएको थियो तर यहोवाको आशिष् पाएर हामीले सफलतापूर्वक सम्मेलन सम्पन्न गर्न सक्यौँ। यो १७ वटा भाषामा अनुवाद गरिएको र १ लाख २१ हजार १ सय २८ जना उपस्थित भएको ऐतिहासिक सम्मेलन थियो। भाइ नोर, भाइ हेन्सेल र अरू पाहुनाहरू अमेरिका र इङ्गल्यान्डबाट हवाईजहाज चार्टर गरेर आउनुभएको थियो। त्यतिबेला पेन्तिकोसपछिकै सबैभन्दा ठूलो सङ्ख्यामा बप्तिस्मा भएको थियो—३ हजार ७ सय ७५ जना! यतिबेला जति व्यस्त म अरू बेला कहिल्यै भएको थिइनँ। प्रकाशकहरूको सङ्ख्यामा भएको यो वृद्धि कुनै चानचुने वृद्धि थिएन, त्यो साँच्चै उल्लेखनीय थियो!
नाइजेरियामा बिताएको ३० वर्षभन्दा लामो समयको दौडान मैले कहिलेकाहीँ पश्चिम अफ्रिकामा परिभ्रमण निरीक्षक र प्रान्तीय निरीक्षकको रूपमा सेवा गर्ने मौका पाएँ। मिसनरीहरूले व्यक्तिगत तवरमा चासो र प्रोत्साहन पाउँदा त्यसको निकै कदर गरे। तिनीहरू कसैको पनि बेवास्ता गरिएको छैन भनेर आश्वासन दिन पाउँदा मलाई असाध्यै खुसी लाग्थ्यो। यो कामबाट मैले के सिकेँ भने मानिसहरूलाई फस्टाउन मदत गर्न अनि यहोवाको सङ्गठनको बल र एकता कायम गर्न व्यक्तिगत चासो देखाउनुपर्छ।
हामीले गृहयुद्ध र बिमारीले गर्दा भोग्नुपरेका समस्याहरू यहोवाको मदत पाएर मात्र सामना गर्न सक्यौँ। यहोवाले आशिष् दिनुभएको कुरा सधैँ प्रस्टै देखिन्थ्यो। यसबारे ओरिसले यसो भनिन्:
“हामीलाई दुई-चार चोटि औलो लाग्यो। एकचोटि मेरो श्रीमान् बेहोस हुनुभएकोले उहाँलाई लागोसको अस्पतालमा लैजानुपऱ्यो। अब उहाँ बाँच्नुहुन्न होला भनेर डाक्टरहरूले मलाई भने। तर धन्न! उहाँ निको हुनुभयो। होस आएपछि उहाँले नर्सलाई परमेश्वरको राज्यबारे बताउनुभयो। नवाम्बवे नाम गरेका ती नर्सले बाइबलको सन्देशप्रति चासो देखाएका थिए। त्यसैले हामी उहाँलाई भेट्न गयौँ। उहाँले सत्य स्विकार्नुभयो र पछि आबामा एल्डरको रूपमा सेवा गर्नुभयो। मैले पनि धेरै जनालाई, कट्टर मुसलमानहरूलाई समेत सत्य सिकाएर यहोवाको समर्पित सेवक बन्न मदत गर्न सकेँ। नाइजेरियाका मानिसहरूलाई चिन्दा, उनीहरूलाई माया गर्दा अनि उनीहरूको संस्कृति, रहनसहन र भाषालाई पनि माया गर्दा हामीले अपार आनन्द महसुस गऱ्यौँ।”
विदेशी भूमिको असाइनमेन्टमा फस्टाउन चाहन्छौँ भने फरक रहनसहन भएका भाइबहिनीलाई माया गर्नुपर्छ भनेर यस्ता अनुभवहरूबाट सिक्यौँ।
नयाँ असाइनमेन्टहरू
नाइजेरिया बेथेलमा सेवा गरेपछि १९८७ मा हामीलाई क्यारेबियनको सुन्दर टापु सेन्ट लुशियामा क्षेत्रमा सेवा गर्ने मिसनरीको रूपमा खटाइयो। यो असाइनमेन्ट रमाइलो थियो तर नयाँ चुनौतीहरू पनि थिए। अफ्रिकाको समस्या भनेको एक जना पुरुषले थुप्रै पत्नी राखेका हुन्थे तर यहाँ सेन्ट लुशियामा चाहिँ पुरुष र स्त्री विवाह नगरी सँगै बस्थे। परमेश्वरको वचनको शक्तिले गर्दा हाम्रा थुप्रै बाइबल विद्यार्थीले आवश्यक छाँटकाँट गरे।
उमेर चढ्दै गएपछि हाम्रो तागत पनि घट्दै गयो। त्यसैले २००५ मा परिचालक निकायले हामीलाई ब्रूक्लिनस्थित मुख्यालयमा रहेर सेवा गर्ने मायालु प्रबन्ध मिलाइदियो। यहोवाले मलाई ओरिस दिनुभएकोमा उहाँलाई दिनदिनै धन्यवाद चढाउँछु। दुःखको कुरा, २०१५ मा उनी मृत्युको चिर निद्रामा परिन्। उनलाई गुमाउँदाको पीडा म शब्दमा व्यक्त गर्न सक्दिनँ। उनी असाध्यै राम्रो सहयोगी र मायालु पत्नी थिइन्। हामीले ६८ वर्ष सँगै बितायौँ र उनीप्रतिको मेरो माया कहिल्यै कम भएन। वैवाहिक जीवनमा र मण्डलीमा आनन्दित रहने सूत्र हामीले फेला पाऱ्यौँ—शिरत्वको आदर गर्ने, एकअर्कालाई खुला मनले क्षमा दिने, नम्र भइरहने र पवित्र शक्तिको फल फलाउने।
निराश हुने परिस्थिति आइपर्दा आफूले गरेका त्यागहरूमा पछुतो नमानी अघि बढिरहन हामीले यहोवाको बाटो हेऱ्यौँ। विभिन्न छाँटकाँट गर्नुपर्दा परिणाम झनै राम्रो भएको अनुभव गऱ्यौँ। अनि सबैभन्दा उत्तम कुरा त हामीले पाउन बाँकी नै छ!—यसै. ६०:१७; २ कोरि. १३:११.
ट्रिनिडाड र टोबागोमा मेरा आमाबुबा र अरूले गरेको कामलाई यहोवाले आशिष् दिनुभयो। त्यसैले हालको तथ्याङ्कअनुसार त्यहाँ ९ हजार ८ सय ९२ जनाले साँचो उपासना गरिरहेका छन्। आरूबामा म सुरुमा गएको मण्डलीलाई बलियो बनाउन थुप्रैले मेहनत गरे। त्यस टापुमा अहिले १४ वटा मण्डली फस्टाइरहेका छन्। नाइजेरियामा चाहिँ प्रकाशकहरूको सङ्ख्यामा वृद्धि भएर ३ लाख ८१ हजार ३ सय ९८ पुगेको छ। सेन्ट लुशिया टापुमा अहिले यहोवाको राज्यको पक्षमा खडा हुनेहरू ७ सय ८३ जना छन्।
अहिले मेरो उमेर ९० वर्ष नाघिसक्यो। यहोवाको घरमा रोपिएकाहरूबारे भजन ९२:१४ यसो भन्छ: “बुढेसकालमा पनि तिनीहरू फल्दोफुल्दो हुनेछन्; तिनीहरू फुर्तिला र ताजा रहनेछन्।” यहोवाको सेवामा यति लामो समय बिताउन पाएकोमा म कृतज्ञ छु। मैले पाएको अनमोल ख्रिष्टियन सम्पदाले गर्दा यहोवाको सेवामा आफ्नो पूरै जीवन अर्पण गर्न उत्प्रेरित भएँ। यहोवाले मलाई अटल प्रेम देखाउनुभएर ‘मेरा परमेश्वरको आँगनमा फस्टाउन’ दिनुभएको छ।—भज. ९२:१३.
^ अनु. 18 ब्यूँझनुहोस्! (अङ्ग्रेजी) मार्च ८, १९७२, पृष्ठ २४-२६ हेर्नुहोस्।