सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययनका लागि विषयहरू

दबाब आउँदा कसरी साहसी हुन सक्छौँ?

दबाब आउँदा कसरी साहसी हुन सक्छौँ?

यर्मिया ३८:१-१३ पढ्‌नुहोस्‌। भविष्यवक्‍ता यर्मिया अनि नपुंसक एबेद-मेलेकबाट साहसी हुनेबारे के सिक्न सक्छौँ, विचार गर्नुहोस्‌।

प्रसङ्‌ग राम्ररी केलाउनुहोस्‌। यहोवाको सन्देश घोषणा गर्न यर्मियाले कसरी साहस देखाए? (यर्मि. २७:१२-१४; २८:१५-१७; ३७:६-१०) मानिसहरूले कस्तो प्रतिक्रिया देखाए?—यर्मि. ३७:१५, १६.

अझ खोतल्नुहोस्‌। यर्मियालाई कस्तो दबाब आएको थियो? (jr-E पृ. २६-२७ अनु. २०-२२) पुरातन समयका इनारहरू कस्ता हुन्थे? (it-1-E पृ. ४७१) हिलैहिलो भएको इनारमा हुँदा यर्मियालाई कस्तो लागेको थियो होला? एबेद-मेलेकले किन साहस देखाउनुपरेको हुन सक्छ?—w१२ १०/१ पृ. ३२ अनु. २-३.

सिक्न सकिने पाठहरू विचार गर्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌:

  • ‘यस विवरणबाट यहोवा आफ्ना वफादार सेवकहरूलाई जोगाउनुहुन्छ भन्‍नेबारे म के सिक्न सक्छु?’ (भज. ९७:१०; यर्मि. ३९:१५-१८)

  • ‘मैले कस्ता अवस्थाहरूमा साहस देखाउनुपर्ने हुन सक्छ?’

  • ‘दबाब आउँदा पनि साहसी भई सही कुरा गर्न म अहिल्यैदेखि के गर्न सक्छु?’ (w११-E ३/१ पृ. ३०) a

a अध्ययन गर्ने सन्दर्भमा थप जानकारीको लागि जुलाई २०२३ अङ्‌कको प्रहरीधरहरा-मा भएको “अध्ययनका लागि सुझाव” हेर्नुहोस्‌।