सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययनका लागि सुझाव

अध्ययनका लागि सुझाव

“नयाँ के थपियो” प्रभावकारी ढङ्‌गमा कसरी प्रयोग गर्ने?

JW लाइब्रेरी र jw.org को “नयाँ के थपियो” भागमा हालै प्रकाशित सामग्रीहरू देखा पर्छ। नयाँ-नयाँ सामग्रीहरू पाइरहन यो भाग कसरी प्रयोग गर्न सक्नुहुन्छ?

JW लाइब्रेरी

  • “शृङ्‌खलाबद्ध लेखहरू”-अन्तर्गत कुनै नयाँ लेख आएपछि त्यो “नयाँ के थपियो” भागमा देखा पर्छ। त्यो नयाँ लेख पढ्‌न अपडेट चिन्ह थिच्नुहोस्‌। अपडेट भएको शृङ्‌खलाबद्ध लेख थिच्नुभयो भने मितिअनुसार सबैभन्दा नयाँ लेख सूचीको माथि देखा पर्छ।

  • पत्रिकाजस्ता धेरै पाना भएका प्रकाशनहरू एक चोटिमा पढेर नसिद्धिन सक्छ। पढेर नसिद्धिउन्जेल त्यस पत्रिकालाई “मन पर्ने प्रकाशन”-मा राख्नुहोस्‌ र पढ्‌न सकेपछि त्यहाँबाट हटाउन सक्नुहुन्छ।

JW.ORG

केही विषयवस्तु जस्तै, समाचार र घोषणाहरू jw.org वेबसाइटमा मात्र देखा पर्छ, JW लाइब्रेरी-मा देखा पर्दैन। नयाँ लेखहरू पढ्‌नका लागि jw.org वेबसाइटको “नयाँ के थपियो” भाग नियमित रूपमा हेर्नुहोस्‌।