प्रहरीधरहरा—अध्ययन संस्करण मे २०२०

यस अङ्‌कमा जुलाई ६—अगस्त २, २०२० का अध्ययन लेखहरू छन्‌।

अन्तको समयमा “उत्तरका राजा”

अध्ययन लेख १९: जुलाई ६-१२, २०२०। “उत्तरका राजा” र “दक्षिणका राजा”-बारे दानिएलले गरेको भविष्यवाणी अहिले पनि पूरा भइरहेको प्रमाणहरू हामी प्रशस्तै देख्छौँ। हामी किन यसमा पक्का हुन सक्छौँ? अनि हामीले यो भविष्यवाणी राम्ररी बुझ्नु किन महत्त्वपूर्ण छ?

अन्तको समयमा प्रतिद्वन्द्वी राजाहरू

“उत्तरका राजा” र “दक्षिणका राजा”-बारे गरिएको भविष्यवाणी र अरू भविष्यवाणीहरू एउटै समयावधिमा पूरा हुन्छन्‌। यी भविष्यवाणीहरूले यस युगको अन्त चाँडै हुनेछ भनी कसरी देखाउँछ?

अहिले “उत्तरका राजा” को हुन्‌?

अध्ययन लेख २०: जुलाई १३-१९, २०२०। अहिले “उत्तरका राजा” को हुन्‌ र तिनको विनाश कसरी हुनेछ? यस प्रश्‍नको जवाफ थाह पाउँदा हाम्रो विश्‍वास अझ बलियो हुन्छ र यसले निकट भविष्यमा हामीले सामना गर्नुपर्ने परीक्षाहरूको लागि तयार हुन मदत गर्छ।

के तपाईँ परमेश्‍वरले दिनुभएका उपहारहरूप्रति कृतज्ञ हुनुहुन्छ?

अध्ययन लेख २१: जुलाई २०-२६, २०२०। यस लेखले यहोवाप्रति र उहाँले दिनुभएका केही उपहारप्रति हाम्रो कृतज्ञता बढाउन मदत गर्नेछ। साथै परमेश्‍वरको अस्तित्वमाथि शङ्‌का गर्नेहरूसित तर्क गर्न हामीलाई मदत गर्नेछ।

हाम्रो आँखाले नदेख्ने धनप्रति कृतज्ञ भएको देखाउनुहोस्‌

अध्ययन लेख २२: जुलाई २७—अगस्त २, २०२०। यसअघिको लेखमा हामीले परमेश्‍वरबाट पाएका विभिन्‍न उपहारहरूबारे छलफल गऱ्‍यौँ, जुन हामी आफ्नो आँखाले देख्न सक्छौँ। यस लेखमा हाम्रो आँखाले नदेख्ने धनबारे चर्चा गर्नेछौँ र ती कुराहरूप्रति कृतज्ञ भएको कसरी देखाउन सक्छौँ भनेर विचार गर्नेछौँ। यसले ती धनहरूको स्रोत यहोवा परमेश्‍वरप्रतिको हाम्रो कृतज्ञता पनि बढाउनेछ।