सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अन्तको समयमा प्रतिद्वन्द्वी राजाहरू

अन्तको समयमा प्रतिद्वन्द्वी राजाहरू

यस चार्टमा उल्लेख गरिएका केही भविष्यवाणी एउटै समयावधिमा हुने घटनाहरू हुन्‌। ती सबैले हामी “अन्तको समय”-मा बाँचिरहेका छौँ भनेर प्रशस्त प्रमाण दिन्छ।—दानि. १२:४.

  • शास्त्रपद(हरू) प्रका. ११:७; १२:१३, १७; १३:१-८, १२

    भविष्यवाणी “जङ्‌गली जनावर” धेरै वर्षसम्म पृथ्वीमा डुलिहिँड्‌छ। अन्तको समयमा यसको सातौँ टाउकोलाई चोट लाग्छ। पछि, टाउकोमा लागेको त्यो चोट निको हुन्छ र “पूरै पृथ्वी” त्यस जङ्‌गली जनावरको पछि लाग्छ। सैतान त्यही जङ्‌गली जनावर चलाएर “बाँकी रहेका ती सन्तानसित लडाइँ गर्न” जान्छ।

    पूर्ति जलप्रलयपछि यहोवाविरुद्ध खडा हुने मानव सरकारहरू देखा पर्छन्‌। धेरै वर्षपछि पहिलो विश्‍वयुद्धको बेला बेलायती साम्राज्य असाध्यै कमजोर हुन्छ। संयुक्‍त राज्य अमेरिकाको साथ पाएपछि यो फेरि बलियो हुन्छ। विशेषगरि अन्तको समयमा सैतान पृथ्वीका सबै सरकार प्रयोग गरेर परमेश्‍वरका जनहरूलाई सताउँदै छ।

  • शास्त्रपद(हरू) दानि. ११:२५-४५

    भविष्यवाणी अन्तको समयमा उत्तरका राजा र दक्षिणका राजाबीचको दुस्मनी।

    पूर्ति जर्मनी र एङ्‌ग्लो-अमेरिकी शक्‍तिबीच होडबाजी चल्छ। इ.सं. १९४५ मा सोभियत सङ्‌घ र यसका समर्थकहरू उत्तरका राजाको रूपमा देखा पर्छन्‌। इ.सं. १९९१ मा सोभियत सङ्‌घको पतन हुन्छ अनि पछि रूस र यसका समर्थकहरू उत्तरका राजाको रूपमा देखा पर्छन्‌।

  • शास्त्रपद(हरू) यसै. ६१:१; मला. ३:१; लुका ४:१८

    भविष्यवाणी मसीही राज्य स्थापना हुनुअघि ‘बाटो तयार पार्न’ यहोवा आफ्नो “दूत” पठाउनुहुन्छ। यो समूह “नम्रहरूलाई सुसमाचार सुनाउन” थाल्छ।

    पूर्ति इ.सं. १८७० देखि चार्ल्स टेज रसल र तिनका सहयोगीहरू बाइबलले वास्तवमा सिकाउने सत्य कुरा बुझाउन जोडतोडका साथ लाग्छन्‌। परमेश्‍वरका सेवकहरूले प्रचार गर्नु महत्त्वपूर्ण छ भनेर तिनीहरू इ.सं. १८८१ मा बुझ्छन्‌। तिनीहरू “१,००० प्रचारक चाहियो” र “प्रचार गर्न अभिषिक्‍त”-जस्ता लेखहरू प्रकाशित गर्छन्‌।

  • शास्त्रपद(हरू) मत्ति १३:२४-३०, ३६-४३

    भविष्यवाणी शत्रुले गहुँको बीचमा सामा छर्छ र बाली काट्‌ने बेला नहोउन्जेल दुवैलाई सँगै बढ्‌न दिइन्छ; त्यसपछि गहुँ र सामा छुट्ट्याइन्छ।

    पूर्ति इ.सं. १८७० देखि साँचो ख्रिष्टियन र झूटा ख्रिष्टियनबीचको भिन्‍नता झन्‌झन्‌ प्रस्ट हुँदै जान्छ। अन्तको समयमा साँचो ख्रिष्टियनहरूलाई जम्मा गरिन्छ र तिनीहरूलाई झूटा ख्रिष्टियनहरूबाट अलग्गै छुट्ट्याइन्छ।

  • शास्त्रपद(हरू) दानि. २:३१-३३, ४१-४३

    भविष्यवाणी फलाम र माटो मिसिएका खुट्टाहरू विभिन्‍न धातु मिलेर बनेको मूर्तिको भाग हो।

    पूर्ति माटोले एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिले प्रभुत्व जमाएको इलाकामा बसोबास गर्ने आम जनतालाई बुझाउँछ, जो ती सरकारहरूविरुद्ध आन्दोलन गर्छन्‌। यस्ता आन्दोलनहरूले यस विश्‍वशक्‍तिको फलामरूपी शक्‍तिलाई कमजोर बनाउँछ।

  • शास्त्रपद(हरू) मत्ति १३:३०; २४:१४, ४५; २८:१९, २०

    भविष्यवाणी “गहुँ” जम्मा गरेर “भण्डारमा” राखिन्छ अनि “विश्‍वासी र बुद्धिमान्‌ दास”-लाई “घरका अरू दासहरू”-माथि नियुक्‍त गरिन्छ। “राज्यको . . . सुसमाचार सारा पृथ्वीभरि प्रचार” हुन थाल्छ।

    पूर्ति इ.सं. १९१९ मा विश्‍वासी दासलाई परमेश्‍वरका जनहरूमाथि नियुक्‍त गरिन्छ। त्यस समयदेखि बाइबल स्टुडेन्ट्‌स प्रचारकार्यलाई तीव्र गतिमा अघि बढाउँछन्‌। आज यहोवाका साक्षीहरू २०० भन्दा बढी मुलुकमा प्रचार गर्छन्‌ अनि १,००० भन्दा बढी भाषामा बाइबलआधारित सामग्री तयार पार्छन्‌।

  • शास्त्रपद(हरू) दानि. १२:११; प्रका. १३:११, १४, १५

    भविष्यवाणी “जङ्‌गली जनावरको मूर्ति” बनाउन र त्यसमा “सास हाल्न” दुई वटा सिङ भएको जङ्‌गली जनावरले प्रमुख भूमिका खेल्छ।

    पूर्ति एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिले राष्ट्र सङ्‌घ स्थापना गर्न प्रमुख भूमिका खेल्छ। यो सङ्‌गठनलाई अरू राष्ट्रहरूले पनि समर्थन गर्छन्‌। पछि गएर उत्तरका राजा पनि राष्ट्र सङ्‌घमा सहभागी हुन्छन्‌ तर इ.सं. १९२६ देखि १९३३ सम्म मात्र। राष्ट्र सङ्‌घले विश्‍वशान्ति ल्याउन सक्छ भनेर मानिसहरू विश्‍वास गर्छन्‌, जुन कुरा वास्तवमा परमेश्‍वरको राज्यले मात्र गर्न सक्छ। मानिसहरू संयुक्‍त राष्ट्र सङ्‌घबारे पनि यस्तै विश्‍वास गर्छन्‌।

  • शास्त्रपद(हरू) दानि. ८:२३, २४

    भविष्यवाणी एउटा क्रूर शासक ‘घोर विध्वंस मच्चाउँछ।’

    पूर्ति एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिले घोर विध्वंस मच्चाएको छ। उदाहरणको लागि, दोस्रो विश्‍वयुद्धको बेला संयुक्‍त राज्य अमेरिकाले आफ्नो र बेलायतको शत्रुमाथि दुई वटा आणविक बम खसाल्दा पहिला कहिल्यै नभएको विनाश भयो।

  • शास्त्रपद(हरू) दानि. ११:३१; प्रका. १७:३, ७-११

    भविष्यवाणी “चहकिलो रातो रङ्‌गको” दस वटा सिङ भएको जङ्‌गली जनावर अगाध खाडलबाट निस्कन्छ र त्यो आठौँ राजा हो। दानिएलको किताबमा यस राजालाई “उजाड पार्ने घृणित कुरा” भनिएको छ।

    पूर्ति दोस्रो विश्‍वयुद्धको बेला राष्ट्र सङ्‌घ निष्क्रिय अवस्थामा पुग्छ। युद्धपछि संयुक्‍त राष्ट्र सङ्‌घ “खडा” हुन्छ। राष्ट्र सङ्‌घलाई जस्तै संयुक्‍त राष्ट्र सङ्‌घलाई पनि परमेश्‍वरको राज्यलाई दिनुपर्ने महिमा दिइन्छ। संयुक्‍त राष्ट्र सङ्‌घले धर्मलाई आक्रमण गर्नेछ।

  • शास्त्रपद(हरू) १ थिस्स. ५:३; प्रका. १७:१६

    भविष्यवाणी राष्ट्रहरू “शान्ति र सुरक्षा”-को घोषणा गर्छन्‌ अनि “दस वटा सिङ” र “जङ्‌गली जनावरले” “वेश्‍यालाई” आक्रमण गर्छन्‌ र त्यसलाई नाश गर्छन्‌। त्यसपछि राष्ट्रहरूको विनाश हुनेछ।

    पूर्ति राष्ट्रहरूले शान्ति र सुरक्षा छाएको दाबी गर्लान्‌। तब संयुक्‍त राष्ट्र सङ्‌घलाई समर्थन गर्ने राष्ट्रहरूले झूटा धार्मिक सङ्‌गठनहरूको विनाश गर्नेछन्‌। यो घटना महासङ्‌कष्टको सुरुवात हुनेछ। महासङ्‌कष्टको अन्तमा आरमागेडोनको युद्ध हुँदा सैतानको संसारका बाँकी भाग विनाश हुनेछ।

  • शास्त्रपद(हरू) इज. ३८:११, १४-१७; मत्ति २४:३१

    भविष्यवाणी गोगले परमेश्‍वरका जनहरूको देशमाथि आक्रमण गर्छ। त्यसपछि स्वर्गदूतहरूले ‘चुनिएका जनहरूलाई’ जम्मा गर्छन्‌।

    पूर्ति उत्तरका राजाले पृथ्वीका अरू सरकारहरूसित मिलेर परमेश्‍वरका जनहरूलाई आक्रमण गर्छ। यो आक्रमण सुरु भएको केही समयपछि बाँकी अभिषिक्‍त जनलाई स्वर्गमा जम्मा गरिन्छ।

  • शास्त्रपद(हरू) इज. ३८:१८-२३; दानि. २:३४, ३५, ४४, ४५; प्रका. ६:२; १६:१४, १६; १७:१४; १९:२०

    भविष्यवाणी “सेतो घोडा”-मा “सवार हुने”-ले गोग र त्यसको सेनालाई विनाश गरेपछि “आफ्नो विजययात्रा पूरा” गर्छ। “जङ्‌गली जनावर”-लाई “अग्निकुण्डमा” हुऱ्‍याइन्छ अनि विशाल मूर्तिलाई धुलोपिठो पारिन्छ

    पूर्ति परमेश्‍वरको राज्यमा शासन गरिरहनुभएका राजा येसुले परमेश्‍वरका जनहरूलाई बचाउनुहुन्छ। उहाँले १,४४,००० सह-शासक अनि स्वर्गदूतहरूको सेनासित मिलेर राष्ट्रहरूको गठबन्धन अर्थात्‌ सैतानको संसारको सबै राजनैतिक प्रणालीको विनाश गर्नुहुन्छ।