सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अनुसन्धानका लागि सुझाव

अनुसन्धानका लागि सुझाव

केटाकेटीका लागि सामग्री

आमाबुबाले छोराछोरीलाई यहोवाबारे सिकाउने ठूलो जिम्मेवारी पाएका छन्‌। (एफि. ६:४) आमाबुबालाई मदत गर्न यहोवाको सङ्‌गठनले विभिन्‍न सामग्री तयार पारेको छ। तपाईँ ती सामग्रीहरू आफ्ना छोराछोरीलाई तालिम दिन कसरी प्रयोग गर्न सक्नुहुन्छ?

  • JW.ORG मा केटाकेटीका लागि तयार पारिएका भिडियोहरू र अभ्यास सामग्रीहरू उपलब्ध छन्‌। a यस्ता सामग्रीहरूमा तिनीहरूले लेख्न वा चित्र कोर्न सक्छन्‌। यी सामग्रीहरू भेट्टाउन बाइबलको शिक्षा > केटाकेटी/किशोरकिशोरी भन्‍ने भागमा जानुहोस्‌।

  • उपयुक्‍त सामग्री रोज्नुहोस्‌। “केटाकेटी”-अन्तर्गत तपाईँ आफ्ना छोराछोरीको लागि सुहाउँदा सामग्रीहरू रोज्न सक्नुहुन्छ। यस्ता सामग्रीहरू jw.org को ‘खोज्ने’ ठाउँमा “पारिवारिक उपासना सामग्री” टाइप गरेर खोज्नुहोस्‌।

  • यी सामग्रीहरूबाट छोराछोरीसित छलफल गर्नुहोस्‌। छोराछोरीलाई भुलाउनको लागि मात्रै भिडियोहरू वा अभ्यास सामग्रीहरूको प्रयोग नगर्नुहोस्‌। बरु ती सामग्रीहरूबाट छोराछोरीसित छलफल गर्नुहोस्‌ र तिनीहरूलाई यहोवाको साथी बन्‍न मदत गर्नुहोस्‌।

a JW लाइब्रेरी-मा केटाकेटीका लागि भिडियो र लेखहरू पनि उपलब्ध छन्‌।