घृणाको चपेटामा परेकाहरू जताततै छन्
संसारभरि धेरै मानिस घृणाको सिकार भइरहेका छन्।
समाचार अनि सामाजिक सञ्जालमा घृणाकै चर्चा-परिचर्चा छ। मानिसहरू इन्टरनेट, चिठीपत्र वा अन्य माध्यम प्रयोग गरेर फरक जात वा राष्ट्रका मानिसहरूप्रति घृणा व्यक्त गर्छन्। धेरै मानिस पूर्वाग्रह, भेदभाव, धम्की अनि गिल्लाको सिकार भएका छन् र थुप्रै ठाउँमा सार्वजनिक सम्पत्ति तोडफोड भएका छन्। घृणा र अमानवीय व्यवहार जताततै बढ्दो छ!
घृणामाथि विजय हासिल गर्न सम्भव छ र संसारभरि लाखौँले त्यसै गरिरहेका छन्। यो कुनै काल्पनिक कुरा होइन। यस पत्रिकामा घृणामाथि कसरी विजय हासिल गर्न सकिन्छ भनेर चर्चा गरिएको छ।