सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिचय

परिचय

संसारभरि नै लाखौँ मानिसलाई मानसिक स्वास्थ्य समस्याले सताएको छ। जुनसुकै उमेर, आर्थिक स्तर, शैक्षिक योग्यता, जाति र धर्मका मानिसहरूले विभिन्‍न मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन्‌। मानिसहरूलाई के-कस्ता मानसिक स्वास्थ्य समस्या हुन्छन्‌ अनि त्यसले तिनीहरूलाई कस्तो असर पुऱ्‍याउँछ? यस पत्रिकामा उपयुक्‍त उपचार अपनाउनुको फाइदाबारे अनि त्यस्ता बिरामीहरूले बाइबलबाट कस्तो लाभ उठाउन सक्छन्‌ भन्‍नेबारे छलफल गरिएको छ।