सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मरिसकेका मानिसहरूको लागि कस्तो आशा छ?

मरिसकेका मानिसहरूको लागि कस्तो आशा छ?

हामी कोही पनि मृत्युदेखि भाग्न सक्दैनौँ तर त्यसो भन्दैमा के मृत्यु नै सबै कुराको अन्त हो? के मरेकाहरू सधैँका लागि बिर्सिनेछन्‌? मरिसकेका मानिसहरूको लागि के कुनै आशा छ?

बाइबलले के भन्छ विचार गर्नुहोस्‌:

मरिसकेका मानिसहरू सम्झनामा रहनेछन्‌

‘चिहानमा हुनेहरू सबै बाहिर निस्किआउनेछन्‌।’—युहन्‍ना ५:२८, २९.

मरेका मानिसहरूलाई परमेश्‍वरले बिर्सनुभएको छैन; उहाँको सम्झनामा हुनेहरू फेरि जीवित हुनेछन्‌।

मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन्‌

“धर्मी र अधर्मी दुवै फेरि जीवित हुनेछन्‌।”—प्रेषित २४:१५.

अरबौँ मानिसहरूलाई फेरि जीवित पारिनेछ र तिनीहरू प्रशस्त शान्तिमा सधैँभरि बाँच्नेछन्‌।

पुनर्जीवन—एउटा वास्तविक आशा

“[परमेश्‍वरले] ताराहरूको गन्ती गर्नुहुन्छ; तिनीहरू सबैको नाम लिएर उहाँ तिनीहरूलाई बोलाउनुहुन्छ।”—भजन १४७:४.

उहाँले अरबौँ ताराहरूलाई त नाम लिएर बोलाउनुहुन्छ भने फेरि जीवित पारिने व्यक्‍तिहरूलाई पनि सम्झन सक्नुहुन्छ।