मायालु ईश्वरको आशिष् सधैँभरि पाउन सक्नुहुन्छ
के तपाईँ संसार युद्ध, हिंसा र झैझगडामुक्त भएको हेर्न चाहनुहुन्छ?
के तपाईँ रोगबिमार, दुःखकष्ट र मृत्यु नहोस् भन्ने इच्छा गर्नुहुन्छ?
के तपाईँ जीवन तनाव र चिन्तामुक्त भएको चाहनुहुन्छ?
के तपाईँ प्राकृतिक प्रकोपको कुनै खतरा नभएको ठाउँमा बस्न इच्छुक हुनुहुन्छ?
यो सुन्दर पृथ्वी सृष्टि गर्नुहुने मायालु ईश्वरले मानिसजातिलाई सुखशान्तिले भरिएको र सधैँभरि बाँच्न सकिने जीवन दिने प्रतिज्ञा गर्नुभएको छ। यो सपना मात्र होइन।
यसपछिका लेखहरूमा यी विषयहरूबारे छलफल गरिएको छ:
सृष्टिकर्ताले हामीलाई माया गर्नुभएको कसरी देखाउनुहुन्छ?
ईश्वरको वचनमा के लेखिएको छ?
भविष्यवक्ताहरूले ईश्वरका प्रतिज्ञाहरूबारे के बताए?
ईश्वरले हामीलाई अहिले र भविष्यमा आनन्दित हुन कसरी मदत गर्नुहुन्छ?
ईश्वरले हाम्रो ख्याल राख्नुहुन्छ भनेर कसरी देखाउनुभएको छ, सुरुमा बुझौँ।