आवरण लेख | जीवन र मृत्युबारे बाइबलले के सिकाउँछ?
अलमल्लमा पार्ने एउटा प्रश्न
जीवन र मृत्युबारे थुप्रैको आ-आफ्नै धारणा छ। कसै-कसैलाई हामी मरेपछि पनि अर्कै संसारमा वा अर्कै रूप धारण गरेर बाँचिरहन्छौं भन्ने लाग्छ। कोहीचाहिं हामीले अर्को जुनी फेर्छौं भनेर विश्वास गर्छन्। अनि अरू चाहिं मरेपछि सबै खतम हुन्छ भन्छन्।
हुर्के बढेको ठाउँ वा पृष्ठभूमिअनुसार मरेपछि हामीलाई के हुन्छ भन्ने प्रश्नको जवाफ व्यक्तिपिच्छे फरक-फरक हुन सक्छ। त्यसोभए धेरैलाई अलमल्लमा पारेको यो प्रश्नको सही जवाफ दिने के कुनै भरपर्दो स्रोत छ?
शताब्दियौंदेखि धर्मगुरुहरूले मानिससँग अमर आत्मा हुन्छ भनेर सिकाउँदै आएका छन्। संसारका मुख्य धर्महरू जस्तै: ईसाई, हिन्दू, यहूदी, मुस्लिम र अरू धर्मका धर्मावलम्बीहरू अमर आत्माको शिक्षामा विश्वास गर्छन्। मानिस मरेपछि आत्मा मृत शरीरलाई छोडेर आत्मिक संसारमा बाँचिरहन्छ भनेर तिनीहरू विश्वास गर्छन्। अर्कोतर्फ, बौद्ध धर्मावलम्बीहरू भने पुनर्जन्म र निर्वाण वा मुक्ति पाउने कुरामा विश्वास गर्छन्।
यस्ता शिक्षाहरूको प्रभावले गर्दा विश्वका थुप्रै मानिस मृत्यु भनेको अर्कै संसारमा प्रवेश गर्ने माध्यम हो भनेर विश्वास गर्छन्। मृत्यु भनेको जीवन चक्रको एउटा महत्त्वपूर्ण भाग हो र यो दैवकै लीला हो भनेर तिनीहरू सोच्छन्। तर बाइबलले यस विषयमा के भन्छ? कृपया यसपछिको लेख पढ्नुहोस्। बाइबलले दिने जवाफले तपाईंलाई छक्कै पार्नेछ।