सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको राज्यबारे सत्य कुरा

परमेश्‍वरको राज्यबारे सत्य कुरा

येसुले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो, “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम पवित्र पारियोस्‌। तपाईँको राज्य आओस्‌। तपाईँको इच्छा जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌।” (मत्ति ६:९, १०) परमेश्‍वरको राज्य भनेको के हो? यसले के गर्छ? अनि हामीले किन यो राज्य आओस्‌ भनेर प्रार्थना गर्नुपर्छ?

परमेश्‍वरको राज्यको राजा येसु हुनुहुन्छ।

लुका १:३१-३३: “तिमीले उहाँको नाम येसु राख्नू। उहाँ महान्‌ हुनुहुनेछ र सर्वोच्च परमेश्‍वरका छोरा कहलाइनुहुनेछ अनि यहोवा परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। उहाँले राजाको रूपमा याकुबको घरानामाथि सधैँभरि शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”

येसुको शिक्षाको सार परमेश्‍वरको राज्य थियो

मत्ति ९:३५: “सारा सहर र गाउँहरू घुम्दै येसुले तिनीहरूको सभाघरमा सिकाउनुभयो र राज्यको सुसमाचार प्रचार गर्नुभयो। उहाँले हरप्रकारका रोगबिमार पनि निको पार्नुभयो।”

परमेश्‍वरको राज्य कहिले आउनेछ भनेर थाह पाउने केही चिन्हहरू येसुले चेलाहरूलाई बताउनुभयो।

मत्ति २४:७: “किनकि जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ अनि ठाउँठाउँमा अनिकाल र भूकम्प हुनेछ।”

आज येसुका चेलाहरूले यस राज्यबारे संसारभरि नै प्रचार गर्दै छन्‌।

मत्ति २४:१४: “अनि सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।”