सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अरूप्रतिको आदर

अरूप्रतिको आदर

अरूलाई आदर देखाउनु किन महत्त्वपूर्ण छ?

अरूलाई आदर देखाउँदा तनावपूर्ण अवस्थालाई साम्य पार्न सकिन्छ र अवस्था झनै बिग्रनदेखि जोगिन्छ।

  • अनादरपूर्ण बोली अनि व्यवहारले केवल आगोमा घिउ थप्ने काम गर्छ अनि यसको नतिजा अक्सर डरलाग्दो हुन्छ। त्यसैले बाइबलले यस्तो उपदेश दिन्छ: “मीठो जवाफले रिसलाई शान्त पार्छ तर कठोर बोलीले रिस उठाउँछ।”—हितोपदेश १५:१.

  • एक महान्‌ शिक्षकले यसो भन्‍नुभयो: “हृदयमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ।” (मत्ति १२:३४) हामी आफ्नो भन्दा फरक वर्ण, जाति, राष्ट्रियता अनि सामाजिक पृष्ठभूमिका व्यक्‍तिहरूबारे अनादरपूर्ण तरिकामा बोल्छौँ भने हाम्रो हृदयमा तिनीहरूप्रति पूर्वाग्रह छ भन्‍ने देखिन्छ। यो एउटा गम्भीर समस्या हो र यसलाई सच्याउनै पर्छ।

    हालै २८ वटा देशमा ३२ हजारभन्दा धेरै जनासित एउटा सर्वेक्षण गरिएको थियो। तिनीहरूमध्ये ६५ प्रतिशतले मानिसहरू पहिलेभन्दा झन्‌ धेरै अशिष्ट भएको र एकअर्काप्रतिको आदर पनि घट्‌दै गइरहेको बताए।

तपाईँ के गर्न सक्नुहुन्छ?

सबै मानिसलाई आदर गर्नुहोस्‌। यदि कसैसित तपाईँको विचार मिल्दैन भने पनि तिनको कुन कुरासित सहमत हुन सकिन्छ, पत्ता लगाउने प्रयास गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँ तिनीप्रति बढ्‌तै आलोचनात्मक हुनुहुनेछैन।

“अरूको न्याय गर्न छोडिहाल ताकि तिमीहरूको पनि न्याय नगरियोस्‌।”—मत्ति ७:१.

अरूले तपाईँलाई जस्तो व्यवहार गरेको चाहनुहुन्छ, तपाईँ पनि तिनीहरूलाई त्यस्तै व्यवहार गर्नुहोस्‌। यदि तपाईँ अरूप्रति विचारशील हुनुहुन्छ र दयालु व्यवहार गर्नुहुन्छ भने तिनीहरूले पनि तपाईँलाई त्यस्तै व्यवहार गर्ने सम्भावना धेरै हुन्छ।

“मानिसहरूले तिमीहरूलाई जे-जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”—लुका ६:३१.

क्षमा दिनुहोस्‌। अरूले रुखो बोली बोल्दा वा नराम्रो व्यवहार गर्दा त्यसबारे मात्र सोचेर नबस्नुहोस्‌। तिनले जानाजानी त्यसो भनेका वा गरेका नहुन सक्छन्‌ भन्‍ने कुरा मनमा राख्नुहोस्‌।

“अन्तर्दृष्टि भएको मानिसले रिसलाई काबूमा राख्छ अनि दोषको वास्ता नगरेर उसले आफ्नो इज्जत बढाउँछ।”—हितोपदेश १९:११.

हामी यहोवाका साक्षीहरू के गर्दै छौँ?

हामी आफ्नो छरछिमेकमा अनि काम गर्ने ठाउँमा आदरपूर्ण व्यवहार गर्छौँ र अरूलाई पनि त्यसै गर्न सिकाउँछौँ।

हामी सबैलाई निश्‍शुल्क बाइबल अध्ययनको प्रस्ताव राख्छौँ। तर कसैलाई पनि हाम्रो विचार अनि आस्था अँगाल्न जबरजस्ती गर्दैनौँ। बरु परमेश्‍वरको वचनमा भनिएझैँ अरूप्रति “कोमल भाव र गहिरो आदर” देखाउँदै बाइबलको सन्देश सुनाउँछौँ।—१ पत्रुस ३:१५; २ तिमोथि २:२४.

हामी कसैलाई भेदभाव गर्दैनौँ बरु बाइबलको कुरा सिक्न चाहने सबै पृष्ठभूमिका मानिसहरूलाई हाम्रा कार्यक्रमहरूमा स्वागत गर्छौँ। मानिसहरूको आस्था अनि विचार हाम्रो भन्दा फरक भए पनि हामी तिनीहरूको “आदर” गर्छौँ।—१ पत्रुस २:१७.

हामी आफू बस्ने देशको सरकारको अधीनमा बस्छौँ र उच्च अख्तियारवालाहरूको आदर गर्छौँ। (रोमी १३:१) हामी नियमकानुन पालन गर्छौँ र कर तिर्छौँ। हामी राजनैतिक मामिलाहरूमा कसैको पनि पक्ष लिँदैनौँ तर यस्ता मामिलाहरूमा अरूको निर्णयको कदर गर्छौँ।