सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिचय

परिचय

पारिवारिक जीवन सफल बनाउने १२ रहस्य

हामीले परिवार टुक्रिएका घटनाहरू अक्सर सुन्‍ने गर्छौँ। त्यसैले पारिवारिक जीवन सफल बनाउन के गर्न सक्छौँ, त्यसबारे थाह पाउनु जरुरी छ।

  • बितेको १० वर्षमा नेपालभरिका अदालतमा ७२ हजार ८ सय ६१ परिवारका सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्‌। दस वर्षको अन्तरालमा सम्बन्धविच्छेदको मुद्दा दायर गर्नेहरूको सङ्‌ख्या लगभग छ गुणाले वृद्धि भएको देखिन्छ।

  • केही विशेषज्ञले छोराछोरी राम्ररी हुर्काउन प्रशंसा गरिरहनुपर्छ भन्छन्‌। तर केहीले चाहिँ कडा अनुशासनमा राख्नुपर्छ भन्‍ने कुरामा जोड दिन्छन्‌। त्यसैले छोराछोरीसित कस्तो व्यवहार गर्नुपर्छ भन्‍नेबारे आमाबुबा अन्योलमा छन्‌।

  • परिपक्व वयस्क हुन चाहिने कुराहरू युवायुवतीले त्यति सिकेका हुँदैनन्‌।

वास्तविक कुरा के हो भने . . .

  • वैवाहिक जीवन आनन्दित र स्थायी हुन सक्छ।

  • आमाबुबाले छोराछोरीलाई माया गर्दै अनुशासनमा राख्न सक्छन्‌।

  • युवायुवतीले परिपक्व वयस्क हुन चाहिने कुरा सिक्न सक्छन्‌।

कसरी? यस अङ्‌कको ब्यूँझनुहोस्‌!-मा पारिवारिक जीवन सफल बनाउने १२ वटा रहस्यबारे चर्चा गरिएको छ।