२ के हामी आफैले गर्दा दुःखकष्ट भोग्नुपरेको हो?
यस विषयमा किन चासो राख्नुपर्छ?
यदि दुःखकष्टको कारण हामी आफै हौँ भने त्यसलाई कम गर्ने क्षमता पनि हामीसित हुनुपर्ने हो।
यसबारे सोच्नुहोस्:
दुःखकष्टको निम्न कारणहरूको लागि मानिस कुन हदसम्म जिम्मेवार छ?
-
दुर्व्यवहार
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार प्रत्येक ४ जना पुरुषमा १ जनाले बाल्यकालको कुनै न कुनै बेला शारीरिक दुर्व्यवहार भोगेका हुन्छन् भने प्रत्येक ३ जना महिलामा १ जनाले शारीरिक वा यौन दुर्व्यवहार (वा दुवै) जीवनको कुनै न कुनै समयमा भोगेकी हुन्छिन्।
-
वियोग
विश्व स्वास्थ्य सङ्गठनले विश्व स्वास्थ्य तथ्याङ्क २०१८ मा यस्तो प्रकाशित गरेको थियो: “सन् २०१६ मा संसारभर लगभग ४ लाख ७७ हजार जनाको हत्या गरिएको थियो।” साथै त्यो वर्ष थप १ लाख ८० हजार मानिस युद्ध र द्वन्द्वमा मारिए भनेर अनुमान गरिन्छ।
-
स्वास्थ्य समस्या
न्याशनल जियोग्राफिक पत्रिकाको एउटा लेखमा फ्रान स्मिथले यस्तो लेखिन्: “एक अरबभन्दा धेरै मानिसले धूम्रपान गर्छन् र सुर्तीलाई मृत्युको यी पाँच प्रमुख कारणसम्म पुऱ्याउने कारक तत्त्व मानिन्छ: मुटु रोग, मस्तिष्कघात, श्वासप्रश्वासमा सङ्क्रमण, दीर्घकालीन अवरोधक फोक्सो रोग र फोक्सोको क्यान्सर।”
-
सामाजिक असमानता
मनोचिकित्सक जेय वाट्स यसो भन्छिन्: “गरिबी, सामाजिक असमानता, जातीय र लैङ्गिक भेदभाव, निकालाबास अनि प्रतिस्पर्धी मनोभावले मानसिक तनाव बढाउँछ।”
थप जानकारी पाउनुहोस्
jw.org/ne मा परमेश्वरले किन पृथ्वी सृष्टि गर्नुभयो? भिडियो हेर्नुहोस्।
बाइबल के भन्छ?
दुःखकष्टको पछाडि मानिसको ठूलो हात छ।
दुःखकष्टको लागि तानासाही सरकारहरू पनि धेरै हदसम्म दोषी छन्, जसले आफ्नो जनताको हित गर्ने वाचा गरे तापनि तिनीहरूको जीवन झनै कष्टकर बनाइदिएका छन्।
‘एउटाले अर्कोलाई दबाएर मानिसले आफैलाई हानि पुऱ्याइरहेको छ।’—उपदेशक ८:९.
दुःखकष्ट कम गर्न सकिन्छ।
बाइबल सिद्धान्तहरूले स्वास्थ्य राम्रो बनाउन र अरूसित सुमधुर सम्बन्ध गाँस्न मदत गर्छ।
“शान्त हृदयले शरीर स्वस्थ बनाउँछ तर डाहले हड्डी गलाउँछ।”—हितोपदेश १४:३०.
“हरकिसिमको कटुता, रिस, क्रोध, चिच्याउने बानी र दुर्वचनका साथै हानि गर्ने सबै कुरा त्याग।”—एफिसी ४:३१.