सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रतिक्रिया

पाठकहरूका प्रतिक्रिया

पाठकहरूका प्रतिक्रिया

लुगाहरू “हामीले लगाउने लुगाहरू—के यसले कुनै फरक पार्छ?” भन्‍ने विषयमा केही कुरा लेख्न चाहन्छु। (मार्च ८, १९९९) तपाईंहरूले ‘ठीक ठीक समयमा भोजन उपलब्ध’ गर्न गर्नुभएको प्रयासको लागि निकै मूल्यांकन गर्छु। (मत्ती २४:४५) तर त्यस लेखमा कुनै कुनै टिप्पणीहरू व्यक्‍तिगत विचारधाराजस्तो लाग्यो। भनौं भने, “तपाईंको मनपर्ने चलचित्र वा खेलाडी . . .-को चित्र भएको टिसर्ट लगाउँदा तपाईं नायक नायिकाको उपासना अर्थात्‌ मूर्तिपूजातर्फ ढल्किरहनु भएको छ भनी देखाउनसक्छ।” भन्‍ने वाक्यांश निराधार हो। बाइबलको आज्ञा नतोडिकनै कुनै खेलाडी मन पराउन वा तिनको प्रशंसा गर्न सकिन्छ।

एम. डी., फ्रान्स

हामीलाई यस्ता खुलस्त टिप्पणीहरू मन पर्छ तर यसको मतलब लुगा र पहिरन यस्तै हुनुपर्छ भनेर नियम बनाउन खोजेका होइनौं। हाम्रो लेखले पाठकहरूलाई आफैले ‘सरल भई’ लुगाको छनौट गर्ने प्रोत्साहन दिएको छ। (१ तिमोथी २:९, १०) टिसर्ट लगाउने सन्दर्भमा गरेको टिप्पणी कुनै सिद्धान्त नभई त्यस्तो खालको लुगा लगाउँदा लगाउने व्यक्‍तिलाई नै हानि हुनसक्छ भन्‍ने जानकारी दिएको मात्र हो। अरूको सीप अथवा कलाको प्रशंसा गर्नुमा कुनै खराबी नभए तापनि बाइबलका सिद्धान्तअनुसार नचल्ने त्यस्ता व्यक्‍तिहरूको जीवनशैली तथा नैतिकताको प्रशंसा गरेको झल्किने लुगा लगाउनु बुद्धिमानी होला र?—सम्पादक।

मुमाबुबालाई पत्र “तिनीहरूका मुमाबुबालाई विशेष पत्र” विषयक लेख पढेर मैले निकै प्रोत्साहन पाएँ। (अप्रिल ८, १९९९) मैले पनि आफ्नो मुमाबुबालाई त्यस्तै चिठी लेख्नुपर्ने हो। उहाँहरूले मसीही सभाहरू धाउन, क्षेत्र सेवकाईमा नियमित तवरमा भाग लिन तथा पाहुना सत्कार गर्न राम्रो उदाहरण बसाल्नुभयो। मेरो बुबा सेवकाई सेवक हुनुभएकोले मण्डलीका कार्यभारहरूमा व्यस्त रहनुहुन्थ्यो। तथापि, उहाँले हाम्रो मनोरञ्जनको पनि ख्याल राख्नुहुन्थ्यो। त्यसकारण हामीले आफ्ना साथीहरूले जस्तो रमाइलो गर्न पाएनौं भनेर कहिल्यै खल्लो महसुस गरेनौं। उहाँ मसीही अधिवेशनबाट घर फर्किरहनुभएको बेला ट्राफिक दुर्घटनामा परेर बित्नुभयो अनि त्यसपछि हाम्रो जीवननै उथलपुथल भयो। तर परमेश्‍वरको राज्यलाई प्रथम स्थान दिने उहाँको जीवनशैली अनि मुमाको विश्‍वास सम्झँदा मैले यहोवाको सेवा गरिरहने हौसला पाएकी छु।

एस. के., जापान

केटाकेटीहरू संकटमा “केटाकेटीहरू संकटमा—तिनीहरूलाई कसले बचाउनेछ?” भन्‍ने मे ८, १९९९ मा छापिएको लेखप्रति म गहिरो मूल्यांकन व्यक्‍त गर्न चाहन्छु। मेरो विचारमा बाल दुर्व्यवहारबारे लेखिएको यो लेखले जनसाधारणलाई पक्कै झक्‌झकाउने छ। केटाकेटीहरूलाई बचाउनु हाम्रो दायित्व हो। तपाईंहरूले यस्तो राम्रो कामलाई कायमै राख्न सकून्‌।

पि. पि., इटालीको रोम शहरस्थित बाल परिषद्‌को कार्यालयबाट

एक्काइसौं शताब्दीको संघारमा पनि थुप्रै बालबच्चाहरू दासझैं काम गरिरहेका र अरूको हत्या गर्न प्रयोग गरिएका छन्‌ भन्‍ने कुरा पत्याउनै गाह्रो छ। त्यसमाथि पनि तिनीहरूमध्ये थुप्रैले अत्युत्तम जीवन पाउने आशा नै राख्न सक्दैनन्‌ भन्‍ने कुरा स्वीकार्न झनै कठिन छ। फेरि एक चोटि ब्यूँझनुहोस्‌! पत्रिकाले संसारका बालबच्चाहरूको दुरावस्थालाई हुबहु उतारेको छ।

एस. आर. बी., ब्राजिल

मैले विवाह गरेर ३६ वर्षपछि अहिले पारपाचुके गरेकी छु। मेरा पतिले (गैरमसीही) मेरा प्यारा छोरीहरूलाई वर्षौंसम्म यौन दुर्व्यवहार गरेको कुरा थाह पाएँ। यो कुरा थाह पाएपछि म एकदमै विचलित भएँ। यस्तो यौन दुर्व्यवहारमा परेकाहरूमध्ये निर्दोषहरूले भोग्ने पीडा कसैले पनि बुझ्नसक्दैन। त्यसैले यस्तो महामारीबारे तपाईंहरूले लेख्नुभएकोमा म यहोवालाई धन्यवाद चढाउँछु।

एन. एम., संयुक्‍त राज्य