सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कफीले तपाईंको कोलेस्ट्रोलको मात्रा बढाइरहेको त छैन?

कफीले तपाईंको कोलेस्ट्रोलको मात्रा बढाइरहेको त छैन?

कफीले तपाईंको कोलेस्ट्रोलको मात्रा बढाइरहेको त छैन ?

ब्राजिलका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

नेदरल्याण्ड्‌सको भाकिनिंगिन कृषि विश्‍वविद्यालयका अनुसन्धानकर्ताहरू भन्छन्‌, नछानेको कफी पिउँदा तपाईंको शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्‌छ।

यहाँ विशेष गरी ध्यान दिनुपर्ने शब्द हो, “नछानेको।” किन? वैज्ञानिक अनुसन्धान गर्ने नेदरल्याण्ड्‌सको एउटा संगठनको समाचारपत्रिका, रिसर्च रिपोर्ट-अनुसार कफीको दानामा हुने काफेस्टोल भन्‍ने तत्त्वले शरीरमा कोलेस्ट्रोल बढाउँछ। धूलो कफीमा तातो पानी खन्याउँदा काफेस्टोल निख्रिन्छ। मिहिन कफीको धूलो दुई तीन चोटि पानीमा उमाल्दा, टर्किश कफी वा कागतको फिल्टरको सट्टा धातुको फिल्टर प्रयोग गरिने फ्रेन्च कफीमा पनि यस्तै हुन्छ। कागतको फिल्टर प्रयोग गरेको छैन भने काफेस्टोल निख्रिंदैन।

चार मिलिग्राम जति काफेस्टोल हुनसक्ने एक कप नछानिएको कफीले शरीरमा एक प्रतिशत जति कोलेस्ट्रोलको मात्रा बढाउन सक्छ। एस्प्रेसो पनि कागतको फिल्टरबिना नै तयार गरिने हुँदा यसमा पनि काफेस्टोल हुन्छ। तथापि, तपाईंले सानो कपमा कफी पिउनुभयो भने कोलेस्ट्रोलको मात्रा त्यति बढ्‌दैन। एस्प्रेसो कम पिउनुभयो भने काफेस्टोल पनि प्रति कप एक वा दुई मिलिग्राम जति मात्र हुन्छ। तर सानो कपमै पाँच कप एस्प्रेसो पियो भने शरीरमा कोलेस्ट्रोल मात्रा २ प्रतिशतले बढ्‌नसक्छ भनी रिसर्च रिपोर्ट चेताउनी दिन्छ।

महत्त्वपूर्ण कुरा के हो भने कागतको फिल्टर प्रयोग गरेर तयार पारेको कफीमा काफेस्टोल हुँदैन।