सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युद्धको चपेटामा पर्नेहरूको एउटा अर्को रूप

युद्धको चपेटामा पर्नेहरूको एउटा अर्को रूप

युद्धको चपेटामा पर्नेहरूको एउटा अर्को रूप

“आजका युद्धहरू पहिलेका भन्दा भिन्‍न छन्‌। . . . सेनाहरूभन्दा सर्वसाधारण जनताहरू” नै बढी युद्धको सिकार भइरहेका छन्‌ भनी सं.रा. रेडियोद्वारा प्रसारित कार्यक्रम “पर्सपेक्टिभ”-मा बताइएको थियो। उदाहरणका लागि, प्रथम विश्‍वयुद्धको दौडान पाँच प्रतिशत सर्वसाधारण जनताको मृत्यु भएको थियो। तथापि, दोस्रो विश्‍वयुद्धको दौडान सर्वसाधारण जनताहरूको मृत्यु ४८ प्रतिशतले वृद्धि भयो। अनि अहिले चाहिं, “युद्धको सिकार हुने प्रायः सबै अर्थात्‌ ९० प्रतिशत सर्वसाधारण जनता र त्यसमाथि पनि धेरैजसो स्त्री, केटाकेटी र वृद्धहरू छन्‌।”

हातहतियारसहित युद्धका चपेटामा परेका केटाकेटीहरूको मदतको लागि सं.रा. महासचिवका विशेष प्रतिनिधि ओलारा ओटुनुको भनाइअनुसार, “हातहतियारसहितको युद्धमा १९८७ देखि यता झन्डै बीस लाख केटाकेटीहरूको मृत्यु भइसकेको छ।” त्यसको अर्थ, विगत १२ वर्षमा प्रति दिन ४५० जना भन्दा बढी केटाकेटीहरूको मृत्यु भयो! यसबाहेक, त्यसै अवधिमा ६० लाख भन्दा बढी केटाकेटीहरू सिकिस्त घाइते वा अपांग भए।

श्री ओटुनेले बताएअनुसार सं.रा.-ले केटाकेटीहरूलाई युद्धको सिकार हुनबाट बचाउने एउटा तरिका शान्ति क्षेत्रहरू घोषणा गरेर हो। “बच्चाहरू धेरै हुने इलाका जस्तै स्कूल, अस्पताल र खेल्ने ठाउँहरू युद्ध निषेधित क्षेत्र घोषणा गर्नुपर्छ।” तथापि, सं.रा. रेडियोअनुसार “सर्वप्रथम त युद्धहरू हुन नदिनु नै” सर्वसाधारण जनताहरूलाई युद्धको सिकार हुनबाट बचाउने प्रभावकारी माध्यम हो। निस्सन्देह, युद्धको सिकार हुनदेखि बचाउन युद्ध नै रोक्नुपर्छ। तर के त्यो कहिल्यै सम्भव छ?

मानिसजाति युद्धमा मुछिएको धेरै वर्ष भइसकेकोले थुप्रैको विचारमा मानिसहरू कहिल्यै पनि युद्धबाट मुक्‍त हुन सक्दैनन्‌। तथापि, यहोवाले युद्धहरू रोक्नुहुनेछ भनी परमेश्‍वरको वचन बाइबलले बताउँछ। त्यहाँ यसो भनिएको छ: “पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ।” (भजन ४६:९) यो कहिले हुनेछ त? विश्‍वभरि शान्ति ल्याउने परमेश्‍वरको प्रतिज्ञा पूरा हुनेछ भनी तपाईं कसरी ढुक्क हुन सक्नुहुन्छ? तपाईं यी प्रश्‍नहरूको जवाफ पाउन चाहनुहुन्छ भने कृपया यस पत्रिकाका पृष्ठ ५ मा दिइएका प्रकाशकहरूसित पत्राचार गर्नुहोस्‌ वा तपाईं नजिकैको यहोवाका साक्षीहरूको राज्यभवनमा सम्पर्क राख्नुहोस्‌। तपाईंले केही बेहोर्नुपर्ने छैन र चन्दा पनि दिनुपर्दैन, तर सुस्पष्ट जवाफ पाउनुहुनेछ।

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

UN PHOTO 156450/J. Isaac