सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अनौठो चिहान

अनौठो चिहान

अनौठो चिहान

इक्वेडरका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

इक्वेडरको राजधानी क्वीटोको उत्तरमा पर्ने इबारा शहरमा एउटा अनौठो चिहान छ— एल सिमेन्टेरियो डे लोस पोबरेस (गरिबहरूको चिहान)। यो किन अनौठो छ? यस चिहानको बाहिरको पर्खालमा कोरिएका चित्रहरू वाच टावर सोसाइटीको प्रकाशनबाट सीधै लिइएका हुन्‌! a चित्रको बीचमा प्रेरित यूहन्‍ना देखाइएको छ र यो प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तकको पृष्ठ ७ बाट लिइएको हो। यूहन्‍नाको माथि स्पेनी भाषामा यो पद लेखिएको छ: “परमेश्‍वरको राज्य . . . धार्मिकता, शान्ति र आनन्द हो। रोमी १४:१७.” त्यसको बायाँतिर मत्ती ११:२८ का शब्दहरू लेखिएका छन्‌: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।” यो न्यु वर्ल्ड ट्रान्सलेसन-बाट उद्धृत गरिएको हो। निस्सन्देह, यस चिहानको पर्खालले परमेश्‍वरको वचनतिर मानिसहरूको ध्यान आकर्षित गर्छ।

[फुटनोट]

a कानुनी आवश्‍यकता पूरा गर्न वाच टावर प्रकाशनका कुनै पनि लेख वा चित्र छाप्नुअघि अनुमति लिनुपर्छ र यसको श्रेय वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिल्भेनियालाई दिनुपर्छ।