सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“मैले परमेश्‍वरमाथि भरोसा गर्नुपर्छ”

“मैले परमेश्‍वरमाथि भरोसा गर्नुपर्छ”

“मैले परमेश्‍वरमाथि भरोसा गर्नुपर्छ”

निम्न पत्र क्यानाडाको एडमन्टन, अलबर्टास्थित यहोवाका साक्षीहरूको राज्यभवनमा छोडिएको थियो।

“प्रिय सन्देशवाहक:

“म यो पत्र सायद अनजानमै मेरो जीवनमा चमत्कार गरिदिने व्यक्‍तिलाई धन्यवाद दिन लेख्दैछु।

“केही हप्ताअघि मेरो श्रीमान्‌ र मेरो चर्काचर्की झगडा भइरहेको थियो। मैले यस्तो भनेको मात्र थिएँ, “यस्तो ठूलो कुरा बिर्सन सक्छु कि सक्दिनँ, मलाई थाह छैन।” त्यति नै बेला ढोकामा घण्टी बज्यो। अरू कोही नभएर यहोवाका साक्षीहरू थिए र लुक्न पनि ढिलो भइसकेको थियो।

“मैले ढोका खोल्नु त खोलें तर उनीहरूले भनेका कुरामा ध्यान दिने हालतमै म थिइनँ। तर मलाई ‘केटाकेटी’ र ‘परिवार’ शब्दहरू भनेको चाहिं याद छ। अनि उक्‍त व्यक्‍तिले पारिवारिक आनन्दको रहस्य नामक पुस्तक देखाए। त्यस पुस्तकको शीर्षक देखेपछि म रुन थालें र रोक्नै सकिनँ। तिनले मलाई हेर्दै मेरो समय लिएकोमा माफी माग्दै पुस्तक दिएर गए।

“के चमत्कार भयो त? के गर्ने थाह नहुँदा चिन्ता गर्नुपर्दैन किनभने परमेश्‍वरलाई थाह छ भन्‍ने सम्झौटा। मैले परमेश्‍वरमाथि भरोसा गर्नुपर्छ। उहाँले सन्देशवाहकसमेत पठाउनुहुन्छ। धन्यवाद।”

पारिवारिक आनन्दको रहस्य पुस्तकले तपाईंको परिवारको प्रत्येक सदस्यलाई फाइदा पुऱ्‍याउनसक्छ। यसमा भएका केही निर्देशनमूलक अध्यायहरू हुन्‌, “आफ्नो परिवारलाई विनाशकारी प्रभावहरूबाट बचाउनुहोस्‌,” “आफ्नो परिवारमा शान्ति कायम राख्नुहोस्‌” र “परिवारलाई हानि गर्ने समस्याहरूसित तपाईं विजयी हुन सक्नुहुन्छ।”

तपाईं यस १९२ पृष्ठे पुस्तकबारे थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने कृपया यो कुपन भरेर त्यसमा उल्लिखित ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएको ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पठाउनुहोस्‌। तपाईंको समस्याहरू समाधान गर्न र सृष्टिकर्ताको सुरुको उद्देश्‍यअनुसार आनन्ददायी पारिवारिक जीवन बिताउन खास सल्लाहहरू पाउनुहुनेछ।

पारिवारिक आनन्दको रहस्य पुस्तकबारे मलाई थप जानकारी पठाइदिनुहोस्‌।

◻ कृपया निःशुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।