पाठकहरूका प्रतिक्रिया
पाठकहरूका प्रतिक्रिया
बिरामी आमाबुबा “युवा जनहरू सोध्छन् . . . मेरो मुमा किन बिरामी भइरहनुभएको होला?” (अगस्त ८, १९९९) विषयक लेखले मेरो हृदय छोयो। आफ्ना बिरामी प्रिय जनहरूको हेरविचार गर्नुपरेको मैले मात्र होइन, अरू थुप्रै रहेछन् भनेर मैले सोचेकै थिइनँ। मेरो बज्यै हामीसित बस्नुहुन्छ र उहाँ ओछ्यानमै थला पर्नुभएको चार महिना भइसक्यो। मलाई उहाँको हेरविचार गर्न झ्याउ लाग्न थाल्नुका साथै थकित महसुस गर्न थालेकी थिएँ। मैले त्यस लेख पढेर आवश्यक बल प्राप्त गरें। यहोवाको समर्थन पाउँदैछु भनेर यो लेखले मलाई निर्धक्क बनायो।
जे. पि., फिलिपिन्स
त्यस लेखबाट मैले निकै सान्त्वना पाएँ। निराशाबाट पीडित मेरी आमालाई मदत गर्न मैले बल पाएँ। परिस्थितिलाई अझ व्यवहारिक भएर हेर्न तथा समानुभूति, समझ र चतुऱ्याइँ देखाउनु भन्ने सुझाउहरू प्रयोग गर्न सकें।
जि. एल., इटाली
यो लेख असाध्यै ठीक समयमा पाएँ। मलाई क्यान्सर भएको छ र मेरो छोरा मसँगै बस्छ। मेरो कारण मेरो छोराको एकदमै बेहाल भएकोले उसलाई कसरी सान्त्वना दिने, मैले केही सोच्नै सकेकी थिइनँ। त्यस लेखमा उनको भावनाहरू एकदमै सही ढंगमा व्यक्त गरिएको थियो। ती लेखहरू जवानहरूको निम्ति मात्र होइनन्। यी त हामी सबैको जीवनबारे हुन्।
आर. जी., जर्मनी
यस लेखले मलाई आध्यात्मिक तवरमा सक्रिय रहन कत्तिको महत्त्वपूर्ण छ भनेर बुझ्न मदत गऱ्यो। आफ्नो जीवन परमेश्वरको राज्यमा केन्द्रित गरेर मात्र बिरामी व्यक्तिलाई मदत गर्न सकिने कुरा मैले बुझें।
पि. ई., अस्ट्रिया
भऱ्याङको प्रयोग गर्दा होसियारी “भऱ्याङको प्रयोग—के तपाईं यसको जाँच गर्नुहुन्छ?” (सेप्टेम्बर ८, १९९९) लेखको निम्ति धन्यवाद। म हालै भऱ्याङबाट खसें र घुँडाको शल्यचिकित्सा गर्नु पऱ्यो। तपाईंहरूले दिनुभएको दसवटा सुझाउ मलाई साह्रै मन पऱ्यो र अर्कोपटक भऱ्याङ चलाउँदा यसलाई याद राख्नेछु।
डि. एन., मेक्सिको
सतावटबाट बचेको मैले भर्खरै “मृत्युको मुखमा पनि परमेश्वरको सेवा गर्दै” (सेप्टेम्बर ८, १९९९) शीर्षक भएको लेख पढी सिध्याएँ। अंगोलाका भाइहरूले १७ वर्षभन्दा लामो समयसम्म धैर्य धारण गरेको कारण कुनै समय आध्यात्मिक तवरमा बाँझो भन्ठानिएको भूमिले अहिले प्रचुर मात्रामा आशिष् पाइरहेको छ!
आर. वाइ., जापान