सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भारतमा माछा मार्ने चिनियाँ जालहरू

भारतमा माछा मार्ने चिनियाँ जालहरू

भारतमा माछा मार्ने चिनियाँ जालहरू

भारतका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

भारतीय उपमहाद्वीपको पश्‍चिमी छेउको २५० किलोमिटर पर भारतको दक्षिणी तटमा पहिले कोचिनको नाउँले चिनिने कोचि शहर छ। ज्वारभाटको दुवै किनारामा चिनियाँ शैलीको माछा मार्ने अनौठो केन्टिलिभर जालहरू छन्‌। त्यहाँ ती जालहरू कसरी पुगे?

सा.यु. आठौं शताब्दीदेखि त्यस प्रान्तमा चिनियाँहरू बस्थे र कुब्ला खाँको शासन अवधिमा सन्‌ १४०० भन्दाअघि चिनियाँ व्यापारीहरूले पहिलो चोटि ती जालहरू कोचिन ल्याएका थिए। कोचिनका किनारामा प्रशस्त माछा समाउन सकिन्छ। तसर्थ, अरबीहरूले चिनियाँहरूलाई त्यहाँबाट नखेदुञ्जेल तिनीहरूले माछा मार्न यी ठूलठूला जालहरू एक शताब्दीभन्दा बढी समयसम्म प्रयोग गरे।

चिनियाँहरू गएपछि जालहरू पनि हटाइयो। तर १६ औं शताब्दीको सुरुतिर पुर्तुगालीहरूले अरबीहरूलाई हराए। त्यसपछि, सम्भवतः पुर्तुगालीहरूले दक्षिणपूर्व चीनको उपनिवेश मकाऊबाट ती जालहरू पुनः कोचिनमा ल्याए।

यो माछा मार्ने चिनियाँ जाल चलाउने तरिका र डिजाइन शताब्दीयौं पुरानो भए तापनि अझै प्रयोगमा छ। अनि यसबाट थुप्रै मानिसहरूको जीविका चल्नुका साथै यसले थुप्रैलाई भोजन पनि दिइरहेको छ। वास्तवमा, एउटा जालमा मारेको माछाले सम्पूर्ण गाउँलाई खुवाउन पुग्छ। यो जाल प्रभावकारी हुनुका साथै राम्रो पनि छ। विशेष गरी, सुनौलो आकाश वा साँझको प्रकाशमा यो अत्यन्तै मनमोहक देखिन्छ।

त्यसले कसरी काम गर्छ

यी बडेमाका चिनियाँ जालहरूमा, जालको तौल र जालमा पक्रेको माछाको वजन मिलाउन आलम्ब र त्यो बराबरको तौल हुन्छ। प्रयोग नगरेको बेलामा जाल र त्यसलाई टेवा पुऱ्‍याउने फ्रेम पानीबाहिर झुण्ड्याएर राखिन्छ। बिहान सबेरै माछा मार्न सुरु गरेपछि चार/पाँच घण्टासम्म कायमै गरिन्छ। अनि जाल बिस्तारै पानीमा डुबाइन्छ। यसो गर्न जलारीले आलम्बको दुइतिरको तौल मिलाउँछ अथवा प्रमुख जलारीले जालको डण्डीलाई समात्छ। समुद्र किनार नजिकै पौडी रहेको माछा समातेर जाल बिस्तारै ५ देखि २० मिनेटको फरकमा पानीबाट निकालिन्छ। वर्षौंको अनुभवले गर्दा जलारी प्रमुखलाई कतिबेला जालमाथि तान्‍ने भनेर थाह हुन्छ।

प्रमुख जलारीले संकेत गरेपछि समूहका अन्य पाँच वा छ जना जलारीहरूले आलम्बमा झुण्ड्याइएको गह्रौं डोरी तानेर जालमाथि ल्याउँछ। जालमाथि तान्दा जालको कुनाहरू पहिलामाथि आउँछ। तसर्थ, जालको आकार कचौराजस्तो हुन्छ र माछाचाहिं भित्र हुन्छ। जलारीहरू साह्रै दंग पर्छन्‌ होला! धेरै माछा समाउन सक्यो भने तिनीहरूले खुसीयालीमा एकअर्कालाई धाप दिन्छन्‌। पछि यी माछाहरू व्यापारी, गृहणी र कहिलेकाहीं पर्यटकहरूलाई पनि बेच्छन्‌।

चिनियाँ, अरबी र पुर्तुगालीहरू आए, गए। तर ६०० वर्षअघि जस्तै चिनियाँ जालहरू कोचिको पानीमा डुबाउने र उतार्ने काम भने यथावतै छ।

[पृष्ठ ३१-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

कोचि

[स्रोत]

Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.