सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“यथार्थ र व्यवहारिक निर्देशनपुस्तक”

“यथार्थ र व्यवहारिक निर्देशनपुस्तक”

“यथार्थ र व्यवहारिक निर्देशनपुस्तक”

गत सालको ग्रीष्म ऋतुमा आर्कानस डेमोक्राट ग्याजेट-ले वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित थुप्रै पुस्तकहरूको समीक्षा गऱ्‍यो। त्यसमध्ये एउटा पुस्तकबारे यसो भने: “युवा जनहरूका प्रश्‍न भन्‍ने पुस्तकमा धार्मिक झुकाउ भए तापनि परिवारहरूको निम्ति यो यथार्थ र व्यवहारिक निर्देशनपुस्तक हो। . . . 

“यस पुस्तकले आफ्ना पाठकहरूलाई नैतिक र भावनात्मक राम्रा सल्लाहहरू दिन्छ। उदाहरणका लागि, लेखकहरूले सबै युवायुवतीहरू आमाबाबुको प्रतिबन्धबाट मुक्‍त हुन चाहन्छन्‌ भनेर बुझेका छन्‌ तर यसले युवायुवतीहरूलाई निम्न सल्लाह दिन्छ:

“ ‘के तपाईं अझ बढी स्वतन्त्रता र जिम्मेवारी चाहनुहुन्छ? कुरा मात्र होइन काम पनि गरेर देखाउनुहोस्‌। आमाबाबुले अह्राउनुहुने हरेक कामलाई गम्भीरतापूर्वक लिनुहोस्‌।’

“कमै आमाबाबुलाई जत्तिखेर पनि आफू व्यक्‍तिगत तवरमा जवाफदेही छु भन्‍ने सिद्धान्त र जवानहरूलाई आफू र अरूलाई आदर गर्नु भनेको मनपर्छ। यस पुस्तकले सधैं बाइबलबाटै सुझाउहरू दिए तापनि यो व्यवहारिक कुराहरूमा आधारित छ। . . . विशेष गरी, आत्मसम्मानको लेख अत्यन्तै प्रभावकारी छ किनभने थुप्रै युवाहरूले आफ्नो अचाक्ली प्रशंसा गर्नु राम्रो हो भन्‍ने गलत धारणा राख्छन्‌।”

यसरी पुस्तकबाट उद्धरण गरिसकेपछि त्यस लेखले अझ यसो भन्यो: “आत्म-सम्मान गर्नु एक प्रकारको घमण्ड हो भन्‍ने सानातिना सुझाउहरू र नम्रता, मसीही जीवनको महत्त्वपूर्ण भाग हो भन्‍ने जस्ता कुराहरू आजकालका जवानहरूलाई तिनीहरूको मित्र वा सल्लाहकारहरूले दिने लोकप्रिय मनोवैज्ञानिक मदत विपरीत छन्‌।”

युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ पुस्तकबारे तपाईं थप जानकारी चाहनुहुन्छ भने, तपाईंको इलाकामा बस्ने हाम्रा एक जना प्रतिनिधि तपाइँकहाँ पठाउन हामी खुसी हुनेछौं। चाहनुहुन्छ भने, यो कुपन भरेर दिइएको ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पठाउनुहोस्‌।

◻ तपाईंहरूको एक जना प्रतिनिधि मकहाँ पठाइदिनुहोस्‌।

◻ कृपया निःशुल्क गृह बाइबल अध्ययनको लागि मकहाँ कोही पठाइदिनुहोस्‌।