विश्वदर्शन
विश्वदर्शन
विश्वका झन्डै एक तिहाइ मानिस टिबीद्वारा संक्रमित
विश्वको झन्डै एक तिहाइ जनसंख्या अर्थात् १ अरब ८६ करोड मानिसहरू सन् १९९७ मा टिबी रोगद्वारा संक्रमित थिए भनी ४० भन्दा धेरै राष्ट्रका ८६ स्वास्थ्यकर्मीहरूको एक समूहले बतायो। त्यस वर्ष १८ लाख ७० हजार मानिसहरू टिबीका कारण मरे भने ७९ लाख ६० हजार नयाँ रोगीहरू पत्ता लागेको अनुमान विश्व स्वास्थ्य संघद्वारा छानिएको यस समूहको छ। द जर्नल अफ दी अमेरिकन मेडिकल एसोसिएसन-मा छापिएको यस अध्ययनमा “कुल टिबी रोगीहरूमध्ये आठ प्रतिशत २२ मुलुकमा पाइएका थिए भने आधाभन्दा बढी त ५ वटा दक्षिणपूर्वी एशियाली मुलुकहरूमा पाइएको” भनिएको थियो। उक्त अध्ययनअनुसार “अफ्रिकाका १० मुलुकहरूमध्ये ९ वटामा त सबैभन्दा धेरै टिबी संक्रमण अर्थात् प्रत्येक व्यक्तिमा टिबी भएको पाइयो।” एच आइ भी संक्रमण दर बढी भएका केही मुलुकहरूमा टिबीका कारण मर्नेहरूको दर ५० प्रतिशतभन्दा धेरै थियो। यी मुलुकहरूमा टिबी “नियन्त्रण न्यून” भएकोले पनि टिबी संक्रमण दर यसरी बढेको हो। यस अध्ययनका लेखकहरूले यस वर्ष टिबीका ८४ लाख नयाँ रोगीहरू देखापर्ने अनुमान गरेका छन्। अधिकांश व्यक्तिहरू यस रोगद्वारा संक्रमित भए तापनि रोगले गर्दा कहिल्यै थलाचाहिं परेका छैनन्। तथापि, बिरामी कुपोषित भएमा वा रोग प्रतिरोध क्षमता कमजोर भएमा जीवाणु निष्क्रिय भए तापनि सक्रिय हुनसक्छन् भनी त्यही अध्ययन उल्लेख गर्छ।
निन्द्राले लट्ठिएका चालक अनि जँड्याहा चालक
“अत्यधिक मद्यपान गर्दा जस्तो परिणाम हुन्छ, पर्याप्त मात्रामा नसुत्दा पनि त्यस्तै हुनसक्छ” भनी द न्यु योर्क टाइम्स बताउँछ। स्टानफोर्ड युनिभर्सिटीले राती निदाउन नसकेकोले दिनमा झपझपी निन्द्राले छोप्ने गरेका ११३ जना मानिसहरूले जनाउने प्रतिक्रियालाई नियममा राखिएका ८० जनाको एउटा समूहसित दाँजेर एउटा गहन विश्लेषण गरेको थियो। तिनीहरूले देखाउने प्रतिक्रिया निर्क्योल भइसकेपछि यो दोस्रो समूहका व्यक्तिहरूलाई अल्कोहलको मात्र ८०% भएको रक्सी पिउन दिइयो। “ती दुई समूहले व्यक्त गर्ने प्रतिक्रियासम्बन्धी सातवटा परीक्षणहरू गरिएको थियो। उक्त परीक्षणमा रगत र रक्सीको मात्रा [.०८] प्रतिशत हुनेहरूको तुलनामा दिउँसो निद्राले झुल्नेहरूको क्षमता धेरै कम हुने गरेको पत्ता लाग्यो। मतलब, यसरी दिनमा निद्राले झुल्नेहरू अत्यन्त जँड्याहाहरू जत्तिकै हुनसक्छन्। यसकारण, तिनीहरूले १६ वटा प्रान्तहरूमा सवारी हाँक्न पाउँदैनन्” भनी टाइम्स रिपोर्ट गर्छ। प्रमुख विश्लेषक डा. नेल्सन बि. पोएलअनुसार यो विश्लेषणबाट निद्रा लागेको बेला सवारी हाँक्दा हुने खतरा प्रस्टिन्छ।
‘टिभीबिना सक्दिनँ!’
एकान्त टापुमा केही समय बिताउनुपऱ्यो भने तपाईं आफूसित के लानुहुन्छ? उक्त प्रश्न जर्मनीका २,००० किशोरकिशोरीलाई सोधिएको थियो। तिनीहरूमध्ये धेरैजसोले टिभी सेट अनि रेडियोलगायत सिडीहरू र रेकर्ड गर्न सकिने क्यासेट चक्काहरू सबैभन्दा महत्त्वपूर्ण रहेको बताए भनी वेस्टफालिश्ख रुन्डश्खाउ अखबार रिपोर्ट गर्छ। भोजन तथा पेयपदार्थले दोस्रो स्थान पायो भने परिवार तथा साथीहरू तेस्रो स्थानमा परे। एक जना १३ वर्षको केटाले आफूसँगै लान मन परेको कुराबारे यसो भने: “म टिभीबिना रहन सक्दिनँ।” उक्त प्रश्न सोधिएका एक तिहाइ केटाकेटीहरूले मात्र आफूसित चक्कू, कुटो र करौंतीजस्ता कामलाग्ने औजारहरू लैजाने कुरा बताए। मात्र ०.३ प्रतिशतले बाइबल पनि लैजाने कुरा उल्लेख गरे। यस प्रश्नमा भाग लिने सबैभन्दा कान्छी सात वर्षकी केटीले यसो भनिन्: “म मेरी आमालाई मात्र लान्छु। उहाँ मसितै हुनुभयो भने केही समस्या हुँदैन।”
केटाकेटी अनि धार्मिक क्रियाकलाप
“के केटाकेटीहरूले धार्मिक क्रियाकलापमा भाग लिइरहेका छन्?” भनी क्यानेडियन सोसियल ट्रेन्ड्स-को नयाँ अंकमा सोधिएको थियो। क्यानाडाको तथ्यांकअनुसार “क्यानाडामा १२ वर्षमुनिका एक तिहाइ अर्थात् ३६% भन्दा बढी बच्चाहरूले महिनाको एकपटक धार्मिक क्रियाकलापमा भाग लिएको पाइयो भने अधिकांशले चाहिं हप्तैपिच्छे भाग लिंदा रहेछन्। अनि अरू २२% चाहिं एकदम कम मात्रामा भाग लिने भए तापनि कम्तीमा पनि वर्षको एक पटकचाहिं भाग लिंदा रहेछन्।” तथापि, “बच्चाहरूले नियमित तवरमा धार्मिक क्रियाकलापमा भाग लिने कुरा तिनीहरू कुन धर्मसित सम्बन्धित छन्, त्यसमा भरपर्दो रहेछ। . . . थुप्रै अवलोकनकर्ताहरूले एंग्लिकन तथा युनाइटेड चर्चजस्ता मुख्य धार्मिक सम्प्रदायका केटाकेटीहरूको साप्ताहिक उपस्थित एकदम कम भएको (१८%) रिपोर्ट गर्छन्। हप्तामा २२ प्रतिशत जति मात्र उपस्थिति भएकोले रोमन क्याथोलिक बच्चाहरूले चाहिं अलि राम्रो गरेको पाइयो। जबकि, ४४ प्रतिशत मुसलमान केटाकेटीहरूले हप्तैपिच्छे धार्मिक क्रियाकलापमा भाग लिएको पाइयो। तर “यो सर्वेक्षण गरिएको अघिल्लो वर्ष सबैभन्दा धेरै अनुपस्थित हुनेहरू (३९%) पनि मुसलमान धर्मका केटाकेटीहरू नै थिए।”