सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रतिक्रिया

पाठकहरूका प्रतिक्रिया

पाठकहरूका प्रतिक्रिया

जलबिन्दु “विश्‍वदर्शन[मा]” मैले “अन्धोपनको चेताउनी” विषयक लेख पढें। (नोभेम्बर २२, १९९९ [अंग्रेजी]) छ वर्षअघि मेरो आँखामा जलबिन्दु भएको पत्ता लाग्यो। तपाईंको लेखले बताएझैं जलबिन्दु भएका थुप्रै मानिसले कुनै पीडा महसुस गर्दैनन्‌। तथापि, दिनहुँ आँखामा औषधी हाले तापनि मेरो आँखा र टाउको बेला बेलामा असाध्यै दुख्छ। यो लेख पढेर कतै सबैले जलबिन्दु हुँदा कुनै पीडा हुँदैन भन्‍ने निष्कर्षमा पो पुग्ने हुन्‌ कि?

एच. एम. जापान

हाम्रो छोटो छलफलमा यो गम्भीर रोगबारे गहन वर्णन गरिएको थिएन। “जलबिन्दु—दृष्टि खोस्ने रोग!” शीर्षकको मे ८, १९८८, अंग्रेजी अंकमा प्रकाशित अत्यन्तै विस्तृत लेख थियो र त्यसमा बताइएअनुसार कोही कोही बिरामीहरूले निकै पीडा महसुस गर्छन्‌।—सम्पादक।

बीसौं शताब्दी म “२० औं शताब्दी—आमूल परिवर्तनहरूको युग” (जनवरी ८, २०००) विषयक लेखहरूको श्रृंखलाबारे लेख्दैछु। हामीले २० औं शताब्दीमा भोगेको कठिन समयबारे तपाईंहरूले प्रस्तुत गर्नुभएको सुस्पष्ट जानकारीबाट म निकै प्रभावित भएँ। हिंसाले कसरी मानिसहरूलाई बिस्तार बिस्तारै विनाश गर्दैछ भनेर पनि मैले बुझ्न सकें। यस्तो राम्रो काम गरिरहनुभएकोमा म तपाईंहरूलाई बधाई दिन चाहन्छु।

डब्ल्यु. जि., पोर्टो रिको

अन्धविश्‍वास म यहोवाको साक्षी होइन तर मैले तपाईंहरूका प्रकाशनहरू पढ्‌न थालेको दुई वर्ष भइसक्यो। म तपाईंहरूलाई “के भाग्यले तपाईंको जीवन नियन्त्रण गर्छ?” (अक्टोबर ८, १९९९) र “अन्धविश्‍वास—किन यस्तो खतरनाक?” (डिसेम्बर  ८, १९९९) भन्‍ने लेखहरूको लागि धन्यवाद दिन चाहन्छु। मेरो पारिवारिक वातावरणले गर्दा म भाग्य र अन्धविश्‍वासमा विश्‍वास गर्थें। तर मेरो विचारमा साँचो मसीहीधर्मबारे तपाईंहरूले बताउनुभएको कुरा सत्यजस्तो लाग्छ।

एन. डि., फ्रान्स

अन्धविश्‍वाससम्बन्धी लेखहरू मलाई पटक्कै मन परेन। म रोमन क्याथोलिक भक्‍त हुँ र तीमध्ये एउटा लेखमा यात्रुहरूले “क्रसको चिह्न बनाउनुलाई” अन्धविश्‍वास भनिएको थियो। क्याथोलिकहरू सुरक्षित यात्राको लागि प्रार्थना गर्दा त्यसो गर्ने गर्छन्‌। यो हाम्रो विश्‍वासको केन्द्रविन्दु हो र यसलाई अन्धविश्‍वास भन्‍नु पटक्कै मिल्दैन।

एस. डब्ल्यु., संयुक्‍त राज्य

धेरै मानिसहरूले धार्मिक श्रद्धाको कुनै मतलब नराखी क्रस चिह्न बनाउने गर्छन्‌। एक जना अस्ट्रेलियाली फुटबल खेलाडीलाई क्रस चिह्न बनाउनुको कारण सोध्दा तिनले यसो भने: “खै के थाह, एउटा अन्धविश्‍वास न हो।” यो चलनमा सुरुदेखि नै अन्धविश्‍वासको आभास हुनु कुनै अचम्मलाग्दो कुरा होइन। “द क्याथोलिक इन्साइक्लोपीडिया” यसो भन्छ: “प्रारम्भिक कालदेखि नै अन्धकारका आत्माहरू विरुद्ध भूत निकाल्न र प्रेतात्मा भगाउन क्रसको चिह्न बनाउने चलन थियो।”—सम्पादक।

अपांग बालक रोजी मेजरको कथाले मेरो मुटु छोयो। (“कठिनाइको बावजूद परमेश्‍वरमा भरोसा राख्न सिक्यौं,” नोभेम्बर २२, १९९९, [अंग्रेजी अंक]) हामी शहरमा बस्थ्यौं तर हाम्री जेठी छोरीमा शहरले पारेको नकारात्मक प्रभाव मलाई मन परेन। त्यसकारण, हामी ग्रामीण इलाकामा बसाइँ सऱ्‍यौं। सबै कुरा राम्रै चलिरहेको थियो तर अचानक वर्षेनी ५६,००० डलर कमाइ हुने मेरो जागिर गुमाउनुपऱ्‍यो। अहिले ग्रामीण इलाकामा तीन छोराछोरीको परिवार धान्‍नुका साथै कर्जा तिर्नु परिरहेको छ। हामीले भोगिरहेको तनाउको त कुरै नगरौं! तर रोजी मेजरको कथा पढिसकेपछि हाम्रो आर्थिक समस्या केही होइनजस्तो लाग्यो र म लाजले भुतुक्क भएँ। परमेश्‍वरको मदत चाहिने मानिसहरू धेरै छन्‌! के म प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिकाको ग्राहक बन्‍नसक्छु?

एम. एफ., संयुक्‍त राज्य

यो पाठकको आग्रह पूरा गर्न पाएकोमा हामी खुसी छौं।—सम्पादक।