सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तपाईंहरूले मेरै जिन्दगीबारे लेख्नुभयो!”

“तपाईंहरूले मेरै जिन्दगीबारे लेख्नुभयो!”

“तपाईंहरूले मेरै जिन्दगीबारे लेख्नुभयो!”

वर्षौंको दौडान ब्यूँझनुहोस्‌!-ले विभिन्‍न रोगहरूबारे लेखहरू प्रकाशित गरेको छ। हो, ब्यूँझनुहोस्‌! स्वास्थ्यसम्बन्धी पत्रिका होइन त्यसैले यसले कुन उपचार कुनभन्दा बेस भनेर बताउँदैन। तैपनि, कुनै रोगबारे बताउँदा यस पत्रिकाले बिरामी र तिनको स्याहार गर्ने मानिसहरूको लाभको निम्ति समस्याको व्याख्या, त्यसका कारणहरू बताउनुका साथै धर्मशास्त्रीय तथा व्यावहारिक सल्लाह दिने प्रयत्न गर्छ।

उदाहरणका लागि, जुलाई ८, १९९८ को अंकमा “फाइब्रोमाइलजियालाई बुझ्ने र त्यसको सामना गर्ने” भन्‍ने लेख प्रकाशित गरिएको थियो र संसारका विभिन्‍न भागबाट यस लेखबारे थुप्रै प्रतिक्रिया प्राप्त भयो। वास्तवमा लेख प्रकाशित भएको निकै महिना बितिसक्दा पनि प्रशंसाका पत्रहरू प्राप्त भइरहे। एक महिलाले यस्तो लेखिन्‌, “मलाई आफ्नो शरीरलाई थिचिरहेको पहाडै हटेजस्तो लागिरहेको छ।” अर्को एक महिलाले यस्तो लेखिन्‌, “तपाईंहरूले मेरै जिन्दगीबारे लेख्नुभयो! अब मलाई यस रोगसँग सामना गर्ने तरिका थाह भयो।”

पेसेवरहरूले पनि यस लेखको मूल्यांकन गरे। संयुक्‍त राज्य अमेरिकाको आर्थराइटिस फाउन्डेसनका वरिष्ठ उपाध्यक्षले यस्तो लेखे: “फाइब्रोमाइलजियासम्बन्धी लेख सन्तुलित, पूर्ण र राम्रो थियो। बाइबलका पदहरू उद्धृत गर्नुका साथै यो र अन्य कुनै पनि रोगको सामना गर्न विश्‍वास हुनु जरुरी छ भन्‍ने तथ्य समावेश गर्नुभएकोमा पनि म प्रशंसा व्यक्‍त गर्न चाहन्छु।”

अन्य थुप्रै पत्रहरू प्राप्त भए। केही पत्रहरूको अंश यसप्रकार छन्‌:

“मेरो डाक्टरले मलाई यस विषयमा पाएजति सबै लेखहरू पढ्‌न प्रोत्साहन दिएका थिए। मैले पढेका लेखहरूमध्ये तपाईंहरूको सबैभन्दा राम्रो छ।”—एल. आर.

‘थुप्रैले मलाई मेरो रोगबारे सोधेका छन्‌। अक्सर म तिनीहरूलाई पर्चा दिने गर्छु। अबचाहिं म तिनीहरूलाई ब्यूँझनुहोस्‌!-को यस लेख देखाउन सक्छु। साँच्चै यो लेखजस्तो सान्त्वनादायी लेख अन्य कुनै पनि छैन!—के. के.

‘यस लेखबाट मैले म बेकारको होइन रहेछु तर यहोवाको नजरमा अझै मूल्यवान्‌ रहेछु भन्‍ने आश्‍वासन पाएँ।’—डि. सी.

“पहिलो चोटि मलाई म कस्तो अवस्थाबाट गुज्रिरहेको छु भनेर कसैले बुझेजस्तो लाग्यो।”—सि. एच.

‘यस्तो दुःख म एक्लैले सहनुपरेको होइन रहेछ भनी जानेर ढाडस पाएँ।’—सि. ए.

‘पहिलाजति आफूले गर्न नसक्दा असाध्यै दिक्क लाग्छ। यो पत्रिका म आफ्नो पलङसँगै राख्नेछु ताकि प्रोत्साहनको खाँचो पर्दा बारम्बार पढ्‌न सक्नेछु।’—के. बि.

‘अहिलेसम्म मैले आफ्नो दुखाइलाई सकेसम्म मिचेर सकेजति गरें तर त्यसले मलाई पछारी छाड्यो। मलाई तपाईंहरूको सुझाउ बेस लाग्यो।’—एम. सि.

“म १४ वर्षकी भएँ र म १२ वर्षको उमेरमा फाइब्रोमाइलजिया भएको पत्ता लाग्यो। यहोवाले हाम्रो पनि ख्याल राख्नुहुन्छ भनेर थाह पाउँदा मेरो गहभरि आँसु भयो। कृपया यस्तो प्रोत्साहनदायी लेखहरू छाप्न नछोड्‌नुहोस्‌!”—के.ए.एम.