सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कार्बन मोनोअक्साइड—मौन हत्यारा

कार्बन मोनोअक्साइड—मौन हत्यारा

कार्बन मोनोअक्साइड—मौन हत्यारा

बेलाइतका ब्यूँझनुहोस्‌! लेखकद्वारा

घर न्यानो बनाउन प्रयोग गरिने हिटरहरूको गडबडीले गर्दा निस्कने कार्बन मोनोअक्साइडका कारण बेलाइतमा वर्षेनी ५० जना जति मानिस मर्छन्‌। लण्डन हाजर्ड सेन्टर ट्रस्टको रिपोर्टअनुसार “काम गर्ने ठाउँ र घरलाई विषाक्‍त गर्ने एस्बेस्टोसपछि दोस्रो प्रमुख कारण कार्बन मोनोअक्साइड हो।” कार्बन मोनोअक्साइड भनेको के हो?

कार्बन मोनोअक्साइड भनेको एक प्रकारको ग्यास हो। सवारी साधन वा ताप उत्पन्‍न गर्ने उपकरणमा कोइला अथवा प्राणी अवशेषको ग्यास राम्ररी नबल्दा यो ग्यास निस्कन्छ। यो रंगरहित, गन्धरहित र स्वादरहित हुन्छ। त्यसोभए, यसले कसरी ज्यान लिन्छ त?

रातो रक्‍त कोषिकाहरूले शरीरका तन्तुहरूसम्म जीवनदायी अक्सिजन पुऱ्‍याउँछन्‌। रातो रक्‍त कोषिकाहरूले अक्सिजनभन्दा कार्बन मोनोअक्साइडलाई सजिलै सोस्ने हुँदा रगत विषाक्‍त हुन्छ। शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि कार्बन मोनोअक्साइडले शरीरमा बिगार गर्न थाल्छ। थोरै मात्रामा भए पनि लामो समयसम्म कार्बन मोनोअक्साइडको असर परिरह्‍यो भने दिमागले सधैंको लागि काम गर्न छोड्‌नसक्छ। टाउको दुख्ने, झुम्म हुने, कमजोर हुने, रिंगटा लाग्ने, वाकवाक लाग्ने र मुर्छा पर्ने जस्ता लक्षणहरू देखा पर्छन्‌ अनि गम्भीर अवस्थामा नाडीको ढुकढुकी मन्द हुने, अचेत हुने अनि श्‍वासप्रश्‍वाससम्बन्धी समस्या हुने गर्छ। यदि कुनै व्यक्‍तिलाई यसले एक्कासि असक्‍त पाऱ्‍यो भने मस्तिष्कमा अक्सिजन कमी भएर मृत्यु हुने अवस्थासम्म पुग्नुअगावै तुरुन्त अक्सिजन दिइहाल्नुपर्छ र कृत्रिम श्‍वासप्रश्‍वास गराइहाल्नुपर्छ।

कार्बन मोनोअक्साइडको खतराबाट कसरी बच्न सकिन्छ? सबै उपकरणहरू राम्ररी जडान गर्नुहोस्‌ र विशेषज्ञलाई नियमित तवरमा जाँच्न लगाउनुहोस्‌। यदि आगोको ज्वाला निलो नभई पहेंलो छ भने केही गडबडी छ र त्यसबाट कार्बन मोनोअक्साइड निस्कन सक्छ भनेर सतर्क भइहाल्नुहोस्‌। घरमा प्रयोगको लागि आजभोलि विभिन्‍न प्रकारका कार्बन मोनोअक्साइड सूचक पाइन्छन्‌। कार्बन मोनोअक्साइड निष्कासन गर्ने उपकरणहरूलाई कहिल्यै हल्कासित लिनुहुँदैन। (g00 12/08)

[पृष्ठ ३१-मा भएको चित्र]

राम्ररी नबलेको ज्वाला

[पृष्ठ ३१-मा भएको चित्र]

सामान्य ज्वाला

[पृष्ठ ३१-मा भएको चित्र]

घरमा प्रयोगका लागि आजभोलि विभिन्‍न प्रकारका कार्बन मोनोअक्साइड सूचक पाइन्छन्‌