सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं सर्वोत्तम शिक्षा कहाँ पाउन सक्नुहुन्छ?

तपाईं सर्वोत्तम शिक्षा कहाँ पाउन सक्नुहुन्छ?

तपाईं सर्वोत्तम शिक्षा कहाँ पाउन सक्नुहुन्छ?

“मूर्तिकारले एक टुक्रा संगमरमरलाई सुन्दर आकार दिएझैं, शिक्षाले मानिसलाई आकार दिन्छ।”—जोसेफ एडिसन, सन्‌ १७११.

के तपाईंले स्कूलमा पढ्‌नुभयो? धेरै मानिसहरूले पढ्यौं भन्लान्‌ तर सबैको जवाफ त्यो हुँदैन। हामी २१ औं शताब्दीमा प्रवेश गरिसक्दा पनि करोडौं बालबालिकाहरूले स्कूलमा पढ्‌न पाइरहेका छैनन्‌। यो कुनै नौलो कुरा होइन, त्यसैले अहिले पनि झन्डै एक अरब वयस्कहरू निरक्षर छन्‌।

यद्यपि, राम्रो शिक्षा सबैको आधारभूत आवश्‍यकता हो। आज धेरैले शिक्षालाई सर्वसाधारणले प्राप्त गर्न नसक्ने सौखको रूपमा नभई सबै बालबालिका एवम्‌ जवानहरूको हक हो भन्छन्‌। तर आवश्‍यक स्रोत र साधनविना कसरी राम्रो शिक्षा सम्भव हुन्छ र? पर्याप्त पुस्तक, योग्य शिक्षक अनि यथेष्ट स्कूल नै छैनन्‌ भने के गर्ने?

वास्तवमा, सबैलाई सहभागी हुन प्रोत्साहित गर्ने, आफू वरपरको संसारबारे अझ विस्तृत ज्ञान दिने तथा जीवनमा आमूल परिवर्तन ल्याउनसक्ने आध्यात्मिक मूल्यमान्यताहरू सिकाउने गुणस्तरीय शिक्षा मानिसले कहाँ पाउनसक्छ? नैतिकतासम्बन्धी फाइदाजनक स्तरहरूलाई जोड दिने, गुणस्तरीय जीवन यापन गर्न सिकाउने अनि भविष्यको लागि एउटा ठोस आशा प्रदान गर्ने त्यस्तो कुन शिक्षा छ र? के त्यस्तो शिक्षा सबैका लागि उपलब्ध छ?

सर्वोत्तम शिक्षाको आधार

सुन्दा अचम्म लाग्ला तर गुणस्तरीय शिक्षा सबैका लागि उपलब्ध छ भनी हामी निर्धक्कसँग भन्‍नसक्छौं। किनकि गुणस्तरीय शिक्षाको अधार तयार गर्ने शक्‍तिशाली शैक्षिक सामग्री उपलब्ध छ। मान्यता प्राप्त यो “पाठ्यपुस्तक” पूर्ण तथा आंशिक रूपमा संसारका २,२०० भन्दा धेरै भाषामा उपलब्ध छ। हो, पृथ्वीमा भएका सबैले आफूले बुझ्न सक्ने भाषामा यो पुस्तक पढ्‌न सक्छन्‌। यो कुन पुस्तक हो?

यो अहिलेसम्म लेखिएका पुस्तकहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण पुस्तक बाइबल हो र यसले व्यापक प्रशंसा पाएको छ। बीसौं शताब्दीको सुरुतिरका विद्वान्‌ विलियम लिअन ल्फेप्सले यस्तो लेखे: “बाइबलबारे पूर्ण ज्ञान हुनेलाई साँचो अर्थमा शिक्षित व्यक्‍ति भन्‍न सकिन्छ। अन्य कुनै ज्ञान वा संस्कृति चाहे जतिसुकै व्यापक वा मनोहर किन नहोस्‌ . . . त्यसले बाइबलको स्थान लिन सक्दैन।”

बाइबल लगभग १,६०० वर्षको दौडान लेखिएका पुस्तकहरूको सँगालो हो। पुस्तकहरूको महत्त्वपूर्ण पुस्तकालयबारे ल्फेप्स्‌ अझ थप्छन्‌: “संसारका सबै पुस्तकहरू एकातिर राख्ने हो भने पनि हाम्रो विचार, बुद्धि, दर्शन, साहित्य, कला, आदर्शहरू धेरै हदसम्म बाइबलबाट लिइएका हुन्छन्‌। . . . मेरो विचारमा कलेजको ज्ञान भएर बाइबलको ज्ञान नहुनुभन्दा कलेजको ज्ञानै नभए पनि बाइबलको ज्ञान हुनु धेरै मूल्यवान्‌ हुन्छ।”

आज विश्‍वव्यापी रूपमा यहोवाका साक्षीहरूको मसीही समुदायले बाइबल आधारित अभूतपूर्व शैक्षिक कार्य सञ्चालन गरिरहेका छन्‌। यो शिक्षा पढ्‌नु तथा लेख्नुमा मात्र सीमित छैन। तर यसले मानसिक एवम्‌ नैतिक विकास गर्न मदत दिन्छ। यसले बितेको समयभन्दा भविष्यमा आउने समय अझ राम्रो छ भन्‍ने ठोस आशा प्रदान गर्दै भविष्यप्रति मानिसहरूलाई सकारात्मक दृष्टिकोण राख्न मदत गर्छ।

कृपया यसपछिको लेख पढेर जीवनको लागि शिक्षा कार्यक्रमबारे जानकारी लिनुहोस्‌। (g00 12/22)