सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सृष्टिकर्तालाई आदर गर्न चाहने संग्रहकर्ता

सृष्टिकर्तालाई आदर गर्न चाहने संग्रहकर्ता

सृष्टिकर्तालाई आदर गर्न चाहने संग्रहकर्ता

अमेरिकी मूर्तिकार तथा पुतली संग्रहकर्ता हर्मन स्ट्रेकरको एक शताब्दीअघि मृत्यु हुँदा उनले त्यतिबेला अमेरिकाकै सबैभन्दा बृहत्‌ अनि महत्त्वपूर्ण किसिम किसिमका पुतलीहरूको संकलन गरिसकेका थिए। उनको संग्रहका लगभग ५०,००० किसिमका नमुनाहरू अहिले संयुक्‍त राज्य अमेरिका, शिकागो र इलिनोइस्थित फिल्ड संग्रहालयमा सुरक्षित छन्‌। दक्षिण अमेरिकाबाट ल्याइएको एउटा प्रजातिका अति ठूलो रेसम कीरा यसको नाउँले गर्दा चर्चित भयो। श्री स्ट्रेकरले लेखेको लेपिडोपेटेरा नामक पुस्तकमा बताइएअनुसार उनलाई भोजमा निम्त्याउने वा ऋण पाउने आशामा कीराको नाउँ राखिएको होइन। a बरु, उनले सृष्टिकर्ताको नाउँ राखे। यसो गर्दा यस “अति अद्‌भुत” प्रजातिलाई हेर्ने सबैको सोचाइ परमेश्‍वरतर्फ केन्द्रित हुन्छ। श्री स्ट्रेकरको सृष्टिकर्तालाई आदर गर्ने चाहनाले हाल त्यस रेसम कीरा कपिओप्टेरिक्स जेहोभा भन्‍ने वैज्ञानिक नाउँले चिनिन्छ।

यद्यपि, श्री स्ट्रेकरका समकालीनहरूले उनले परमेश्‍वरको नाउँ प्रयोग गरेकोमा आपत्ति जनाए। एक जना आलोचकले यस्तो लेखे, “यो नाउँले सबै गम्भीर अनि अध्ययनशील मानिसहरूलाई पवित्र कुराको सम्झना दिलाउँछ।” यस आलोचकलाई श्री स्ट्रेकरले यस्तो जवाफ दिए: “यदि यस्तै हो भने त मेरो रोजाइमा म साँच्चै खुसी छु किनभने सृष्टिकर्ताबारे सोच्न उत्प्रेरित गराउने कुरा . . . राम्रो सिवाय नराम्रो त हुनैसक्दैन। पवित्र कुराहरू अर्थात्‌ सर्वोच्च परमेश्‍वरको महिमा अनि शक्‍तिको प्रमाणबारे विचार गर्नुभन्दा उत्तम कुरा अरू के होला र?” त्यसकारण, संग्रहकर्ता स्ट्रेकरले अन्तमा यसो भने: “उहाँको उदेकलाग्दा कामहरूमध्ये एउटालाई उहाँको नाउँ प्रदान गर्दा कसैले यस विषयमा आपत्ति जनाउँछ भन्‍ने कुरा मलाई पत्याउनै गाह्रो लाग्छ।”

स्ट्रेकरको भक्‍ति र सृष्टिकर्ताप्रतिको श्रद्धा उल्लेखनीय छ। आज मसीहीहरू यहोवाको महान्‌ नाउँको प्रयोग गर्दा त्यसको सम्मान गर्न सजग छन्‌। (g01 1/22)

[फुटनोट]

a श्री स्ट्रेकरको पुस्तकको पूरा शीर्षक हो लेपिडोपेटेरा, रोपालोसिरेस एण्ड हिटेरोसिरेस, इन्डिजिनस्‌, इग्जटिक; विथ डिसक्रिप्सन्स्‌ एण्ड कलर्ड इलस्ट्रेसन्स्‌ (१८७२)।

[पृष्ठ ३१-मा भएको चित्र]

हर्मन स्ट्रेकर

[स्रोत]

Herman Strecker: From the book The Passing Scene, Vol. 8/The Historical Society of Berks County

[पृष्ठ ३१-मा भएको चित्र]

(वास्तविक आकार)