मैले उसलाई कसरी इन्कार गर्ने?
युवा जनहरू सोध्छन् . . .
मैले उसलाई कसरी इन्कार गर्ने?
“यही गर्मी महिनाको कुरा हो, मेरो मण्डलीको एक जना भाइले मलाई मन पराउन थालेछ। तर मलाई ऊ त्यति मन पर्दैन र म उसको चित्त दुखाउन पनि चाहन्नँ। उसको भावनालाई चोट नपुऱ्याई कसरी इन्कार गर्ने होला, म अलमल्लमा परेकी छु।”—एलिजावेथ। a
“के हामी साथी हुनसक्छौं?” के तपाईंलाई कुनै युवकले कहिल्यै यस्तो प्रश्न सोधेको छ? एउटी युवती b हुनु भएकोले मक्ख पर्दै खुसी अनि रोमाञ्चितसमेत हुनुभएको होला। तर अर्कोतर्फ, कस्तो जवाफ दिने भनी थाह नपाएर अलमल्ल पर्नुभएको पनि हुनसक्छ।
कसैले तपाईंप्रति रोमान्टिक चासो देखाउँदा तपाईंको मनमा भावनात्मक उथलपुथल हुनसक्छ। अझ विशेष गरेर तपाईंको विवाह गर्ने उमेर भइसकेको छ र तपाईं यस्ता कुराहरू सोच्नसक्ने भइसक्नुभएको छ भने त यी कुराहरूले झनै असर गर्छ। c यद्यपि, यस प्रस्तावप्रति तपाईंले देखाउने प्रतिक्रिया धेरै हदसम्म तपाईंलाई प्रस्ताव राख्ने व्यक्तिमा निर्भर हुनेछ। ऊ भावनात्मक रूपमा परिपक्व छ र तपाईं पनि ऊप्रति आकर्षित हुनुभएको छ भने जवाफ दिन त्यति गाह्रो नपर्ला। यद्यपि, सुहाउँदो जोडीमा हुनुपर्ने योग्यताहरू उसमा पटक्कै छैन भने के गर्ने? अथवा उसमा योग्यता भए तापनि तपाईंको ऊप्रति रोमान्टिक चासो नै छैन भने नि?
एउटी जवान युवतीको परिस्थितिलाई विचार गर्नुहोस् जो एक जना केटासित डेटिङ गर्दै थिइन् तर पछि गएर तिनले त्यस केटासँग जीवन बिताउन नसक्ने महसुस गरिन्। सम्बन्ध टुंग्याउनुको सट्टा तिनी त्यस केटासँग हिंड्न छोडिनन्। तिनी भन्छिन्, “मैले कसरी उसलाई इन्कार गर्ने?”
तपाईंको रोमान्टिक चासो नहुँदा
कुलपिताहरूको समयमा मानिसहरू आफ्ना आमाबाबुले रोजेको व्यक्तिसँग विवाह गर्थे। (उत्पत्ति २४:२-४, ८) पश्चिमी मुलुकहरूमा धेरैजसो मसीहीहरू आफ्नो विवाहित जोडी आफै रोज्न सक्छन्। यस सन्दर्भमा बाइबलको एउटै मात्र स्पष्ट नीति छ, मसीहीहरूले “प्रभुमा मात्र” विवाह गर्नुपर्छ।—१ कोरिन्थी ७:३९.
के यसको मतलब तपाईंलाई मन पराउने वा छोटो समयको लागि डेटिङ गरेको जुनसुकै सँगी विश्वासीसँग विवाह गर्नैपर्छ भनेको हो त? बाइबलमा उल्लेखित शुनैमको श्रेष्ठगीत २:७ नयाँ संशोधित संस्करण) यस बुद्धिमान् कुमारी केटी कसैले भावनामा बहेर निर्णय गर्न उस्काएको चाहदैनथिन्। उनको सुलेमानसँग माया बसेको थिएन किनकी उनी एउटा साधारण गोठालोलाई माया गर्थिन्।
मध्यपूर्वी गाउँमा बस्ने तरुणी गाउँले केटीको उदाहरणलाई विचार गर्नुहोस्। राजा सुलेमानले उनलाई देखे र असाध्यै मन पराउन थाले। यद्यपि, राजाले उनलाई पछ्याउने कोसिस गर्दा उनले राजालाई इन्कार मात्र गरिनन् तर राजाको सेवामा संलग्न सुसारेहरूलाई यस्तो बिन्ती गरिन्: “आफूले नचाहेसम्म प्रेमलाई नउठाओ।” (विवाह गर्नेबारे सोचिरहेकाहरूलाई यसले महत्त्वपूर्ण पाठ सिकाउँछ: तपाईं जो पायो त्यहीसँग रोमान्टिक प्रेम गर्नसक्नुहुन्न। कुनै व्यक्तिसँग केही समय डेटिङ गरिसकेपछि पनि त्यस युवकप्रति जवान युवतीको माया नबस्न सक्छ। त्यस व्यक्तिको केही कमीकमजोरीका कारण तिनको मनमा यस्ता भावनाहरू उब्जेको हुनसक्छ। अथवा तिनी ऊप्रति आकर्षित नभएकी पनि हुनसक्छ। यस्ता भावनालाई वेवास्ता गर्नु मूर्खता हुनेछ। यस्ता भावनालाई वेवास्ता गर्दैमा ती हट्दैनन्। d आफूले डेटिङ गरिरहेको युवकबारे टामाराले यसो भनिन्, “मलाई ऊसित चित्त नबुझेको कुरा सानोतिनो मात्र होइन तर ऊसँग हुँदा मलाई यी कुराहरूले निकै व्याकुल बनाउँथ्यो र चिन्तित तुल्याउँथ्यो।” यी कारणहरूले गर्दा पछि तिनले सम्बन्ध टुंग्याउनु नै असल ठानिन्।
किन इन्कार गर्न गाह्रो हुन्छ
तर कुनै युवकलाई इन्कार गर्न मुखले भने जस्तो सजिलो नहुनसक्छ। सुरुमा उल्लेखित एलिजावेथलाई जस्तै तपाईंलाई पनि उसलाई चित्त दुख्ला भन्ने डर लागेको हुनसक्छ। हो, हामी अरूको भावनाप्रति संवेदनशील हुनुपर्छ। बाइबलले मसीहीहरूलाई “सहानुभूतिको हृदय . . . धारण” गर्न र अरूले जसो गरून् भन्ने चाहन्छ, आफूले पनि त्यसै गर्न प्रोत्साहित गर्छ। (कलस्सी ३:१२; मत्ती ७:१२) तर के यसको मतलब, तपाईंले यस जवान युवकलाई निराश पार्नु वा चोट पुऱ्याउनु हुँदैन भन्ने सोचेर देखावटी माया भए पनि देखाउनुपर्छ भन्ने हो त? ढिलो र चाँडो मात्र हो, एक दिन त उसले पक्कै पनि तपाईंको भावना थाह पाइहाल्छ। तपाईंले साँचो कुरा नगरेर आलेटाले गर्नुभएको थाह पायो भने उसको चित्त झनै दुख्नसक्छ। अरूका भावनाहरूलाई चोट नपुऱ्याउने हिसाबले तपाईंले गलत व्यक्तिसँग विवाह गरिरहनुभएको हुनसक्छ। कसैप्रति दया देखाउनको लागि मात्र विवाह गर्दा त्यो विवाह बन्धनको बलियो आधार हुनसक्दैन।
तपाईंको मनमा ‘यदि मैले ऊसँग विवाह गरिनँ भने, विवाह नै गर्न पाउँदिनँ कि’ भन्ने विचार खेलिरहेको पनि हुनसक्छ। टिन पत्रिकामा प्रकाशित एउटा लेखमा बताइएअनुसार कुनै केटीले यस्तो तर्क गर्न सक्छिन्: “हुन त, मैले खोजेको जस्तो व्यक्ति ऊ होइन। तर के गर्नू? कोही त छ र म एक्लो हुन चाहन्नँ।” हो, सबैलाई कसैको साथको तीव्र चाहना हुन्छ। यद्यपि, यस चाहनालाई पूरा गर्न जोसुकैलाई आफ्नो जोडी बनाए हुन्छ भन्ने होइन। यसमा तपाईंले साँच्चै माया गर्नसक्ने र विवाहको आध्यात्मिक जिम्मेवारीहरू वहन गर्नसक्ने योग्य व्यक्ति खोज्नु समावेश छ। (एफिसी ५:३३) त्यसैले, आफूले विवाह गर्ने जोडीबारे हतारिएर निर्णय नगर्नुहोस्! धेरैले हतारमा विवाह गरेर पछि पछुताएका छन्।
जवान युवकमा गम्भीर त्रुटिहरू स्पष्ट देखेर पनि कोही कोही डेटिङ गरी नै रहन्छन्। तिनीहरू यस्तो तर्क गर्छन्, “यदि मैले उसलाई अलि समय दिएँ भने केही परिवर्तन आउला नि।” तर के यो तर्क व्यावहारिक हो? अखिर, खराब आचरण र बानीबेहोराले जरा गाडेपछि यसलाई परिवर्तन गर्न गाह्रो हुन्छ। यदि उसले एक्कासी र केही नाटकीय परिवर्तन गऱ्यो भन्दैमा त्यो परिवर्तन स्थायी हो भनेर ढुक्क हुन सकिन्छ र? करेन नाउँकी
केटीले आफूले डेटिङ गरिरहेको केटा र आफ्नो लक्ष्य एउटै नहुँदा सम्बन्ध टुटाउने निर्णय गरिन्। तिनी स्वीकार्छिन्, “यसो गर्नु गाह्रो भयो किनकी शारीरिक रूपमा म ऊप्रति आकर्षित भएकी थिएँ। तर मैले सही कुरा गरें भनेर म ढुक्क थिएँ।”जतन गरेर सम्हाल्नुहोस्
हो, कसैलाई इन्कार गर्नु सजिलो छैन। कुनै नाजुक सामान भएको बाकसलाई जस्तै परिस्थितिलाई होसियारीसाथ सम्हाल्नुपर्छ। यहाँ केही सुझाउहरू छन् र ती मदतकारी साबित हुनसक्छन्।
परिस्थितिबारे आफ्ना आमाबाबु वा मण्डलीका परिपक्व व्यक्तिसँग छलफल गर्नुहोस्। तपाईंका भावनाहरू अव्यावहारिक हुन् कि होइनन् भनेर पत्ता लगाउन सायद तिनीहरूले मदत गर्न सक्नेछन्।
स्पष्ट अनि खुलस्त हुनुहोस्। तपाईंको सोचाइबारे उसको मनमा कुनै शंका नरहोस्। “अहँ! भैगो अब कुरा नलम्ब्याऊँ” भन्ने वाक्यले धेरैलाई खिन्न बनाउँछ। आवश्यक परेमा, आफ्नो अस्वीकृती अझ खुलस्त पार्नुहोस्। जस्तै, “मलाई चासो छैन।” मनमा अलिकता भए पनि उसको लागि ठाउँ छ र तपाईंले आफ्नो मन परिवर्तन गर्नसक्नुहुन्छ भन्ने भान नपार्न होसियार हुनुहोस्। ऊप्रति तपाईंको कुनै पनि रोमान्टिक भावना छैन भनेर स्पष्ट पार्नाले उसलाई कुनै दुविधामा राख्दैन र उसलाई आफ्नो खिन्नता हटाउन सजिलो हुन्छ।
कौशलता र इमानदारीलाई सन्तुलनमा राख्नुहोस्। हितोपदेश १२:१८ भन्छ: “असावधान वचनले मानिसलाई तरवारले झैं घोच्छ।” स्पष्टसँग बोल्नु महत्त्वपूर्ण छ तर हाम्रो बोली “नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको” हुनुपर्छ।
आफ्नो निर्णयमा अटल हुनुहोस्। तपाईंले यस्तो निर्णय गर्नुको खास कारण नबुझेका तर असल मनाशाय राख्ने साथीहरूले अर्को एउटा मौका दिनुपर्ने जस्ता दबाउ देलान्। तर आखिर जीवन त तपाईंको हो असल मनशाय राख्ने साथीको होइन।
आफ्नो वचनअनुरूप काम गर्नुहोस्। पहिले तपाईंहरू दुई जना असल साथी हुनुहुन्थ्यो होला। पछि पनि यस्तै रहोस् भनेर चाहना राख्नु स्वाभाविकै हो। तर यसो गर्नु न व्यावहारिक छ न त सम्भवै छ। तपाईंप्रति ऊसँग रोमान्टिक भावनाहरू छन्। उसले पहिलेका सबै कुराहरू चटक्कै बिर्सनेछ भनेर सोच्नु के व्यावहारिक होला र? एक अर्कासित राम्रो व्यवहार गर्नु त बेस हो तर दिनहुँ फोनमा कुरा गर्ने वा कुनै सामाजिक भेटघाटहरूमा ऊसँग निकै समय बिताउने गर्नु भएमा उसको पीडा झनै बढ्नेछ। यो उसको भावनामाथि खेलवाड गर्नु सरह हो र यसो गर्नु दयालु काम होइन।
प्रेरित पावलले मसीहीहरूलाई एकअर्कासित ‘सत्य बोल्न’ आग्रह गरे। (एफिसी ४:२५) यसो गर्न गाह्रो हुनसक्छ तर यसले तपाईंहरू दुवैलाई आ-आफ्नो जीवन बिताउन मदत गर्नसक्छ। (g01 3/22)
[फुटनोटहरू]
a केही नाउँहरू परिवर्तन गरिएका छन्।
b यस लेखले जवान युवतीलाई इंगित गरे तापनि यसका सल्लाहहरू जवान युवकहरूलाई पनि लागू हुन्छ।
c उमेरै नपुगी डेटिङ गर्दा हुने खतराहरूबारे फेब्रुअरी ८, २००१ अंकमा छलफल गरिएको थियो।
d जुलाई २२, १९८८ को (अंग्रेजी) ब्यूँझनुहोस्!-मा प्रकाशित “युवा जनहरू सोध्छन् . . . छुट्टिने हो कि?” विषयक लेख हेर्नुहोस्।
[पृष्ठ १७-मा भएको ठूलो अक्षरको क्याप्सन]
तपाईं जो पायो त्यहीसँग रोमान्टिक प्रेम गर्नसक्नुहुन्न
[पृष्ठ १८-मा भएको चित्र]
आफ्ना भावनाहरू व्यक्त गर्दा स्पष्ट अनि हक्की हुनुहोस्