सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“पृथ्वीमा अत्यधिक चाप”—के यसको कुनै समाधान छ?

“पृथ्वीमा अत्यधिक चाप”—के यसको कुनै समाधान छ?

“पृथ्वीमा अत्यधिक चाप”—के यसको कुनै समाधान छ ?

सन्‌ १९६० मा पृथ्वीको जनसंख्या ३ अरब पुग्यो। सन्‌ २००० मा त्यसको ठीक दोब्बर भएको थियो। भ्यानकुभर सन अखबारका अनुसार “जनसंख्याको भेल यति बढिरहेको छ कि हरेक सेकेन्डमा ५ जना नयाँ शिशुको जन्म हुन्छ।” हाल विश्‍वमा एक करोडभन्दा धेरै मानिस बसोबास गर्ने २३ वटा महानगरहरू छन्‌ र सन्‌ २०२५ भित्र विश्‍व जनसंख्या १० अरब पुग्ने अनुमान छ!

यस्तो वृद्धिले पृथ्वीको नाजुक इकोसिस्टममा पुऱ्‍याउने क्षतिप्रति वैज्ञानिकहरू चिन्ता व्यक्‍त गर्छन्‌। विश्‍वका हरेक नयाँ नागरिकलाई खाना, पानी र बास चाहिन्छ र जनसंख्या वृद्धि हुँदा वस्तुको उपभोग बढ्‌छ र जति वस्तुको उपभोग बढ्‌छ उत्तिनै फोहोर मैला पनि बढ्‌छ। ठूलठूला शहरहरूको अनियन्त्रित वृद्धिलाई नियन्त्रण गर्नु नै एउटा चुनौती हो। सन पत्रिकाअनुसार यस्ता ठूलठूला शहरहरूले शहरी क्षेत्रबाहिरका भूभागहरूका स्रोत तथा साधनहरूको ‘उपभोग’ गर्छन्‌ र विषाक्‍त पदार्थहरू पनि प्रशस्तै निष्कासन गर्छन्‌।’

“पृथ्वीमा अत्यधिक चाप” भन्‍ने नामाकरण गरिएको समस्याको के कुनै सामाधान छ? खुसीको कुरा, परमेश्‍वरले मानव गतिविधिमा हस्तक्षेप गर्नुहुनेछ भनी बाइबल प्रतिज्ञा गर्छ। उहाँले कसरी यस्तो गर्नुहुनेछ र नतिजा के हुनेछ, थाह पाउनुहोस्‌। यसबारे तपाईंले ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक पढेर थाह पाउन सक्नुहुन्छ। थप जानकारीको लागि हामी तपाईंलाई निम्न कुपन भरेर यहाँ दिइएको ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने ठेगानामा पठाउन अनुरोध गर्छौं। (g01 4/22)

ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकबारे मलाई थप जानकारी पठाइदिनुहोस्‌।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।