सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाँझो भूमिलाई फलदायी बनाउने

बाँझो भूमिलाई फलदायी बनाउने

बाँझो भूमिलाई फलदायी बनाउने

भारतका ब्यूँझनुहोस्‌! लेखकद्वारा

भारतको उत्तरी प्रान्त लदाखलाई कसरी हामी अझ बढी उत्पादनशील बनाउनसक्छौं? अवकाशप्राप्त सिभिल इन्जिनियर सेवांग नोर्फेलको मनमा त्यो प्रश्‍न खेलिरहेको थियो। उच्च हिमाली पहाडका प्राकृतिक हिमनदीहरू कम वर्षा हुने र किसानहरूलाई खेती गर्न चाहिने अप्रिल महिनामा नबगेर जून महिनामा बग्न थाल्छ। नोर्फेलले आफ्नो प्रश्‍नको राम्रो जवाफ भेट्टाए: कम उचाइमा कृत्रिम नदीहरू बनाउने जहाँबाट वर्षको सुरुतिर नै हिउँ पग्लन थाल्छ।

भारतीय खबर पत्रिका द वीक-अनुसार नोर्फेल तथा तिनको टोलीले नदीको मार्ग बदल्न ७० वटा निकास भएको २०० मिटर लामो कुलो बनाउने तयारी गरे। त्यहाँबाट पानी बिस्तारै नियन्त्रित ढंगमा तलतिर बगेर तल्लो भागमा बनाइएको सुरक्षा पर्खालमा पुग्नुअघि जम्छ। हिउँ बिस्तारै कृत्रिम हिमनदीमा परिणत भएर पूरै पर्खाल ढाक्नेछ। चारैतिर पहाड भएकोले अप्रिलमा तापक्रम बढेपछि मात्र हिमनदी पग्लन्छ र सिंचाइको निम्ति पानी अत्यन्तै खाँचो परेको बेला आपूर्ति हुन्छ।

कृत्रिम हिमनदी बनाउने विचार के सफल भयो? साँच्चै भन्‍ने हो भने, नोर्फेलको विचार यति व्यावहारिक साबित भयो कि लदाखमा त्यस्ता दसवटा हिमनदीहरू निर्माण भइसक्यो र अरू पनि बनाउने योजना छ। त्यस्तै एउटा १,३७२ मिटरको उचाइमा बनाइएको हिमनदीले झन्डै ३ करोड ४० लाख लिटर पानी उत्पादन गर्छ। अनि यसको मूल्य? “कृत्रिम हिमनदी बनाउन झन्डै दुई महिना लाग्छ र ८०,००० रुपियाँ (१,८६० अमेरिकी डलर) खर्च हुन्छ र यो खर्च पनि प्रायजसो श्रमिकहरूको ज्याला हो” भनी द वीक पत्रिका बताउँछ।

मानिसको प्रतिभा सही ढंगमा प्रयोग गरेको खण्डमा निश्‍चय पनि लाभदायी साबित हुनसक्छ। मानिसजातिले परमेश्‍वरको स्वर्गीय राज्यअन्तर्गत के के गर्नसक्छ, कल्पना गर्नुहोस्‌! बाइबल यस्तो प्रतिज्ञा गर्छ: “उजाड़ र निर्जल–भूमि हर्षित हुनेछ। मरूभूमि रमाउनेछ। वसन्तको फूलझैं त्यो फक्रनेछ। . . . उजाड़-स्थानमा पानी फूटेर निस्कनेछ, र मरूभूमिमा खोलाहरू बग्नेछन्‌।” (यशैया ३५:१, ६) हाम्रो पृथ्वीलाई सुन्दर बनाउने काममा भाग लिन पाउनु कस्तो आनन्दमय हुनेछ! (g01 4/8)

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

Arvind Jain, The Week Magazine