सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रतिक्रिया

पाठकहरूका प्रतिक्रिया

पाठकहरूका प्रतिक्रिया

सुस्वास्थ्य “सबैका लागि सुस्वास्थ्य—के यो सम्भव छ?” (जुलाई ८, २००१) भन्‍ने श्रृंखलाबाट मैले प्राप्त गरेकी सान्त्वना र प्रोत्साहन अतुलनीय थियो। म मानसिक रोगले पीडित छु र विगतमा मैले आत्महत्या गर्ने प्रयास पनि गरिसकेकी छु। ‘आजको दिन कसरी काट्‌ने होला?’ भनी म दिनहुँ सोच्ने गर्छु। यस पत्रिकाले मलाई प्रकाश २१:४ मा यहोवाले ‘हाम्रो आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ’ भनी गर्नुभएको प्रतिज्ञाको सम्झना गराउँछ।

सि. टि., जापान (g02 2/8)

तपाईंहरूको उत्कृष्ट लेखहरूका लागि धन्यवाद। प्राकृतिक-चिकित्सकको हैसियतमा म कुनै पनि रोगबिमार नहुने दिनको प्रतीक्षामा छु। तब म अहिलेको काम छोडेर चिकित्सापछि मलाई सबैभन्दा मन पर्ने काम अर्थात्‌ खेतीपाती गर्न सक्नेछु!

बि. सि., संयुक्‍त राज्य अमेरिका (g02 2/8)

कविता “शब्दहरूमार्फत्‌ चित्र कोर्ने” (जून ८, २००१) [अंग्रेजी] लेख पढ्‌न पाउँदा मलाई धेरै खुसी लाग्यो। जागिरबाट अवकाश प्राप्त गरेपछि मैले कविता लेख्न थालेको छु र त्यसले मलाई ठूलो आनन्द र सन्तुष्टि दिन्छ।

जे. बि., बेलाइत (g02 2/8)

बच्चैदेखि मलाई लिखित शब्दहरू पढ्‌न असाध्यै मन पर्थ्यो र यसरी मैले कविता लेख्न सिकें। “सुन्दर कविता खोक्रो दिमागको उपज होइन” भनी लेख्नुभएको लागि तपाईंहरूलाई धेरै-धेरै धन्यवाद। धेरै जना मानिसहरू कविता लेख्नु भनेको कमजोरीको चिन्ह हो भन्‍ने गर्छन्‌। साहित्यिक अभिव्यक्‍तिको यो विधा अत्यन्तै सुन्दर छ र हाम्रो सृष्टिकर्ताले पनि यस्तै सोच्नुहुन्छ भन्‍ने कुरा जान्‍न पाउँदा मलाई साह्रै खुसी लाग्यो।

एम. टि., चिली (g02 2/8)

पतंग म १४ वर्षकी भएँ र “सुन्दर पतंग” (जुलाई ८, २००१) भन्‍ने लेख पढ्‌दा म निकै प्रभावित भएँ। मलाई पतंगहरू हेर्दै डरलाग्दा हुन्छन्‌ जस्तो लाग्थ्यो तर यो लेख पढेपछि अब तिनीहरूलाई हतपत मारिहाल्दिनँ!

डि. एस., संयुक्‍त राज्य अमेरिका (g02 2/8)

यो लेख पढ्‌दै गर्दा एउटा पतंग मेरो खुट्टा नजिकै आएर बस्यो। यो जत्तिको सुन्दर पतंग मैले पहिला कहिल्यै देखेकी थिइनँ! प्रकृति साँच्चै अद्‌भुत छ अनि हामीले यसलाई नियालेर हेऱ्‍यौं भने परमेश्‍वरप्रतिको हाम्रो प्रेम अझ गहिरो हुन्छ।

जि. पि., इटाली (g02 2/8)

यहोवाले बनाउनुभएका पतंगहरूको सुन्दरता र विविध प्रजातिहरूको मूल्यांकन गर्नुको साटो मलाई ती काम नलाग्ने कीराजस्तो लाग्थ्यो। यो लेख पढ्‌ने बित्तिकै मैले बगैंचामा पानी हालिरहेकी बेला एउटा सुन्दर पतंग मेरो नजिकै आयो। यहोवाको सृष्टि र त्यसबारे सोच्न मलाई प्रेरित गर्ने लेखको लागि मैले उहाँलाई धन्यवाद दिएँ।

सि. एस., संयुक्‍त राज्य अमेरिका (g02 2/8)

प्रार्थना “युवा जनहरू सोध्छन्‌ . . . के परमेश्‍वरले मेरो प्रार्थना सुन्‍नुहुनेछ?” (जुलाई ८, २००१) भन्‍ने लेखले मलाई बल प्रदान गरेको छ। यो पत्रिका म बिरामी भएर अस्पतालको ओछ्यानमा सुतिरहेकी बेला पाएँ। म राज्यभवन वा अधिवेशनमा जान सक्दिनँ थिएँ। म असाध्यै दुःखी थिएँ र आफ्ना भावनाहरूलाई वशमा राख्न सकिरहेकी थिइनँ। यहोवालाई प्रार्थना गरेपछि मेरो मन शान्त र अत्यन्तै हल्का भएको महसुस गरें। यहोवाले मलाई कहिल्यै बिर्सनुहुनेछैन भन्‍ने कुरा जान्‍न पाउँदा म ढुक्क भएकी छु।

ए. ओ., जापान (g02 2/22)

म १८ वर्षकी भएँ र म एक जना पूर्ण-समय सेवक, नियमित अग्रगामी हुँ। विगत केही महिनादेखि म निराश छु। मलाई पनि त्यस लेखमा बताइएको स्टिभले जस्तै आफ्ना समस्याहरू बताएर परमेश्‍वरलाई दुःख दिनु हुन्‍नजस्तो लाग्थ्यो। तर मैले लूका १२:६, ७ मा दिइएको सल्लाहलाई गम्भीरतासाथ विचार गरें। मेरो मन अलि शान्त भयो र आफ्नो मनको कुरा यहोवालाई पोखाउन म अग्रसर भएँ।

एम. डि., निकारागुआ (g02 2/22)