सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रतिक्रिया

पाठकहरूका प्रतिक्रिया

पाठकहरूका प्रतिक्रिया

घृणा भर्खरै मेरो दाइ मलाई भेट्‌न आउनुभयो। उहाँ आफूलाई कट्टरपन्थी भन्‍नुहुन्थ्यो भन्‍ने कुरा मलाई थाह थिएन। उहाँले विभिन्‍न जातिबारे कुरा गर्नुभयो र तिनीहरूप्रति तीव्र घृणा व्यक्‍त गर्नुभयो। म उहाँलाई मदत गर्न चाहन्थें तर कसरी कुरा सुरु गर्ने भनेर मलाई थाह थिएन। मैले सेप्टेम्बर ८, २००१ को “घृणाको चक्र तोड्‌दै” भन्‍ने लेख पाउँदा मलाई यो मेरो प्रार्थनाको जवाफ हो जस्तो लाग्यो।

एल. बि., संयुक्‍त राज्य अमेरिका (g02 3/22)

तपाईंहरूले जे लेख्नुभयो, त्यो एक जना विवेकशील मानिसले स्वीकार्नै नसक्ने कुरा थियो। तपाईंहरूले यसो भन्‍नुभएको थियो: “असिद्ध मानिसहरू खराब झुकाउ अनि खोटसहित जन्मेका हुन्छन्‌ भनेर बाइबलले पनि स्वीकार्छ। (उत्पत्ति ६:५; व्यवस्था ३२:५) निस्सन्देह, यी शब्दहरू सबै मानिसहरूलाई लागू हुन्छ।” तर यी शास्त्रपदहरू त निश्‍चित समय र ठाउँका दुई विशेष वर्गका मानिसहरूलाई सम्बोधन गरेर लेखिएका थिए। यो कुरा कुनै पनि हालतमा सबै मानिसहरूलाई लागू हुन सक्दैन।

डि. सि., चेक गणतन्त्र (g02 3/22)

“ब्यूँझनुहोस्‌!” जवाफ दिन्छ: हो, जलप्रलयअघिका मानिसहरू र इस्राएल राष्ट्रलाई यी शब्दहरूले विशेष अर्थ राख्थे। तथापि, “सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमारहित हुनगएका छन्‌” भनेर बाइबलले बारम्बार स्पष्ट पारेको छ। (रोमी ३:२३; ५:१२; अय्यूब १४:४; भजन ५१:५) त्यसैकारण, इस्राएलीहरू र जलप्रलयअघिका मानिसहरूलाई मानव असिद्धताको उदाहरणको रूपमा मात्र उल्लेख गरिएको हो।

दैनिकी “दैनिकी—भरपर्दो साथी” (सेप्टेम्बर ८, २००१) भन्‍ने लेख पाउँदा म कत्ति खुसी भएँ, त्यो तपाईंहरूलाई थाहै छैन। म २० वर्षकी भएँ र मैले ११ वर्षकी हुँदादेखि नै दैनिकी लेख्दै आएकी छु। मैले गरेका ख्यालठट्टा, किशोरावस्थाका उतारचढाउ, मेरा कविता, मेरो संकोच र मेरो बप्तिस्माको दिन र त्यस दिन मैले महसुस गरेका भावनाहरूसमेत पढ्‌दा म कस्तो महसुस गर्छु होला भनी तपाईं कल्पना गर्न सक्नुहुन्छ।

एल. सि., इटाली (g02 3/22)

म बाल दुर्व्यवहारको सिकार भएकी कारण मेरो दैनिकीले मलाई आफैलाई राम्रोसँग चिन्‍न र भावनात्मक पीडासँग डट्‌न मदत गरेको छ। मैले आध्यात्मिकतामा प्रगति गर्न सकेकी छु।

इ. एल., संयुक्‍त राज्य अमेरिका (g02 3/22)

प्रार्थना “युवा जनहरू सोध्छन्‌ . . . प्रार्थनाले मलाई कसरी मदत गर्नसक्छ?” (अगस्त ८, २००१) भन्‍ने लेखको लागि तपाईंहरूलाई धन्यवाद छ। प्रार्थनाले थुप्रै युवाहरूलाई कसरी आफ्ना समस्याहरू सामना गर्न मदत गरेको छ भन्‍ने कुरा पढ्‌दा यहोवासामु अझ खुलस्त भएर कुरा गर्न मैले प्रोत्साहन पाउँछु।

डि. बि., इटाली (g02 3/22)

यस लेखले मलाई परमेश्‍वरसँग घनिष्ठ सम्बन्ध राख्नुपर्छ भन्‍ने कुरा बुझ्न मदत गऱ्‍यो। मेरो जस्तो सोह्र वर्षे उमेरमा यो काम असाध्यै गाह्रो हुन्छ। थुप्रै प्रलोभन र साथीहरूको दबाउ सहनुपर्छ। कुनै तरिकाबाट एउटा बाइबल पाउन सक्छु कि भनेर म सोचिरहेकी छु।

एम. ए., संयुक्‍त राज्य अमेरिका

ब्यूँझनुहोस्‌!जवाफ दिन्छ: हाम्रो पाठकलाई भेट्‌न र तिनलाई एउटा बाइबल दिनको लागि यहोवाका साक्षीहरूको प्रबन्ध गरिएको थियो। (g02 3/22)

मलाई जवान पलको भनाइ मन पऱ्‍यो जसले आफूले परमेश्‍वरसँग मनोशान्ति मागेको कुरा बताए। मेरो दैनिक जीवनमा र मैले गर्नु पर्ने निर्णयहरूमा सन्तुलित हुन मदत पाऊँ भनी म सधैं यहोवालाई बिन्ति गर्छु। म अब उप्रान्त मनोशान्ति पनि माग्नेछु। हाम्रा युवाहरूबाट हामी थुप्रै कुराहरू सिक्नसक्छौं। म ६२ वर्षकी भएँ।

एम. पि. अस्ट्रेलिया (g02 3/22)

शब्दमा व्यक्‍त गर्नै नसकिने दुःख थेरीसा र तिनको परिवारले भोग्नु परेको दुःखको कहालीलाग्दो घटना पढ्‌दा त्यसले मेरो हृदय नै छोयो। म पनि यहोवाले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा थेरीसालाई अंकमाल गर्न पाउने दिनको प्रतीक्षामा छु भनी म उनको परिवारलाई भन्‍न चाहन्छु।

एल. टि., इटाली (g02 3/8)