सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एसियामा अझै ठूलठूला भवनहरू निर्माण हुँदैछन्‌

एसियामा अझै ठूलठूला भवनहरू निर्माण हुँदैछन्‌

एसियामा अझै ठूलठूला भवनहरू निर्माण हुँदैछन्‌

“एक समय सबैभन्दा अग्ला गगनचुम्बी भवनहरू भनेर चिनिएका विश्‍व व्यापार केन्द्रका ४१९ मिटर अग्ला भवनहरूभन्दा पनि अग्ला छवटा गगनचुम्बी भवनहरू बनाउने योजना बनिरहेको छ” भनेर द वल स्ट्रीट जर्नल उल्लेख गर्छ। “ती जम्मै एसियामै बनाउने योजना छ।” यसबाहेक जर्नल-ले यसो भन्छ: “ठूलठूला भवनहरू बनाउने झन्डै २० वर्ष पुरानो मोह अझ पनि यथावतै छ।”

यी अग्ला भवनहरूले कोरिया, चीन र ताइवानका गगनलाई चुम्नेछन्‌। “हाम्रो मानव मस्तिष्कमा आकाश छुने इच्छा निकै तीव्र छ,” भनेर मलेशियाको क्वालालम्पुरस्थित हाल संसारको सबैभन्दा अग्लो जुम्ल्याहा पेट्रोनास टावरहरूका योजनाकार सिजर पेली बताउँछन्‌। “बाबेलको धरहरा निर्माण भएदेखि नै आकाशसम्मै छुने अतुलनीय भवन निर्माण गर्ने इच्छा रहेको छ।”

इन्जिनियरहरू सुरक्षाका थप उपायहरू अपनाउँदैछन्‌। त्यसमा हरेक १० देखि १२ तलाभित्र एउटा खुल्ला “आश्रय तलाहरू” राख्नु, एउटा बलियो खाली ठाउँ, त्यो खाली ठाउँलाई बाहिरी खम्बाहरूसित जोड्‌ने वा भवनको चारैतिर ढाक्ने बीमहरू अनि आगलागी हुँदा भाग्नको लागि थुप्रै मानिसहरू अटाउन भवनको तलतिर झन्‌-झनै फराकिलो हुँदै जाने धेरैभन्दा धेरै आपत्‌कालीन भऱ्‍याङहरू बनाइनु यसमा समावेश छ।

अहिले विश्‍वमा ३०० मिटरभन्दा अग्ला बसोबास गर्न उपयुक्‍त भवनहरू झन्डै दुई दर्जनजति छ र तीमध्ये आधाजसो त एसियामै पर्छन्‌। “यद्यपि विशेषज्ञहरू ६० तले भवनभन्दा ठूला संरचनाहरूको आवश्‍यकतै छैन भन्‍ने कुरामा सहमत छन्‌,” भनेर जर्नल उल्लेख गर्छ। (g02 6/22)

[पृष्ठ १८-मा भएको चित्र]

यी ४५२ मिटर अग्ला पेट्रोनास भवनहरू विश्‍वकै सबैभन्दा अग्ला भवनहरू हुन्‌

[पृष्ठ १८-मा भएको तालिका/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

भवनको उचाइमा एन्टेनाबाहेक सजावटको लागि बनाइएको चुच्चो भाग पनि समावेश छ।

काफ्रेको पिरामिड, गिजा, इजिप्ट १४३ मिटर सा.यु.पू. २५००

इफेल टावर, पेरिस, फ्रान्स ३०० मिटर १८८९

टी एण्ड सी टावर, काउसियुङ, ताइवान ३४८ मिटर १९९७

बैंक अफ चाइना, हंगकंग, चीन ३६९ मिटर १९८९

एम्पायर स्टेट बिल्डिङ, न्यु योर्क, संयुक्‍त राज्य ३८१ मिटर १९३१

सियर्स टावर, सिकागो, संयुक्‍त राज्य ४४२ मिटर १९७४

पेट्रोनास टावर, क्वालालम्पुर, मलेशिया ४५२ मिटर १९९७

साङ्‌घाइ वर्ल्ड फाइनान्सियल सेन्टर, साङ्‌घाइ, चीन ४६० मिटर (सन्‌ २००७ को लागि प्रस्तावित)

ताइपे फाइनान्सियल सेन्टर, ताइपे, ताइवान ५०८ मिटर (सन्‌ २००३ सम्ममा निर्माण गर्न सिद्धिने)

[स्रोत]

All sketches: Courtesy SkyscraperPage.com