सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“कंगारूले जस्तै बच्चा स्याहार्ने”—ज्यानै जान सक्ने समस्याको समाधान?

“कंगारूले जस्तै बच्चा स्याहार्ने”—ज्यानै जान सक्ने समस्याको समाधान?

“कंगारूले जस्तै बच्चा स्याहार्ने”—ज्यानै जान सक्ने समस्याको समाधान?

कुरा हो, १९७९ मा कोलम्बियाको बोगोटास्थित अस्पतालको। समय नपुगी जन्मेका शिशुहरूको बाँच्ने सम्भावना एकदमै कम भएकोले एक जना कोलोम्बियाली डाक्टरले एउटा बेग्लै समाधान सोचे—“कंगारूले जस्तै बच्चा स्याहार्ने।”

समय नपुगी जन्मेका बच्चाहरूलाई जीवित राख्नु डाक्टरहरूको लागि एउटा चुनौती नै हो। जन्मदा तौल नपुगेका बच्चाहरूलाई अक्सर इन्क्युबेटरको न्यानो वातावरणमा राखिन्छ र आवश्‍यक तौल नबढेसम्म त्यहाँबाट झिकिंदैन। यद्यपि, विकासोन्मुख मुलुकहरूमा घना बस्ती, फोहोर-मैला अनि स्वास्थ्यकर्मी तथा उपकरणहरूको अभावले डरलाग्दा संक्रामक रोगहरू हुन सक्छन्‌।

कोलम्बियाका एक जना डाक्टरले एउटा यस्तो पद्धति पत्ता लगाएका छन्‌ जसद्वारा यो समस्या केही कम हुने आशा गर्न सकिन्छ। यो पद्धति के हो? जब बच्चा समय नपुगी जन्मन्छ, बच्चाको अवस्थामा आवश्‍यक सुधार नआएसम्म विशेष तरिकामा स्याहार गरिन्छ। त्यति नै बेला आमाले पनि बच्चाको स्याहारसम्बन्धी तालिम पाउँछिन्‌। बच्चाको स्वास्थ्यमा सन्तोषजनक सुधार आइसकेपछि आमा नै बच्चाहरूको लागि एक जीवित इन्क्युबेटर बन्छिन्‌। तर कसरी? आमाले आफ्नो बच्चालाई आफूसित टाँसेर अनि आफ्नो स्तनहरूको बीचमा ठाडो पारी बेरेर राख्छिन्‌। कंगारूको जस्तै थैलीमा बच्चालाई राख्दा बच्चाले सजिलै आफ्नी आमाको दूध चुस्न सक्छ र बच्चालाई पनि न्यानो हुन्छ। त्यसैले यसलाई अक्सर कंगारूले जस्तै बच्चा स्याहार्ने पद्धति भनिन्छ।

कुनै महंगो उपकरणहरूको आवश्‍यकता पर्दैन। आमाले उपयुक्‍त चोलो वा पटुकासहितको साधारण पोसाक लगाए पुग्छ। बच्चाको वजनमा सन्तोषजनक वृद्धि भएपछि आमा र बच्चा दुवै घर जान सक्छन्‌ र पछि नियमित रूपमा बच्चालाई जचाउँन मात्र अस्पताल आउनुपर्छ।

कंगारूले जस्तै बच्चा स्याहार्ने पद्धति प्रभावकारी अनि सुरक्षित छ भनी प्रारम्भिक अनुसन्धानले देखाउँछ। यसको अतिरिक्‍त, यसले बच्चा र आमाबीचको आत्मीय बन्धनलाई अझ बलियो बनाउने आशा गर्न सकिन्छ। त्यसैले यस पद्धतिलाई धेरै मुलुकहरूले अपनाएकोमा कुनै अचम्म मान्‍नुपर्दैन। मेक्सिकोमा त आमालाई चाहिने आरामलाई विचार गरेर परिवारका अन्य सदस्यहरूलाई “कंगारू पिता,” “कंगारू हजुरआमा,” अनि “कंगारू दिदी” हुनसमेत प्रशिक्षण दिइन्छ। मेक्सिकोमा कंगारूले जस्तै बच्चा स्याहार्ने कार्यक्रम सञ्चालन गरिरहेका डा. ग्वाडालुप सानटोसले ब्यूँझनुहोस्‌!-लाई यसो भने: “हामीले १९९२ देखि नै यो पद्धति प्रयोग गर्दै आएका छौं अनि यसको प्रभावकारीतालाई पनि प्रत्यक्ष देखेका छौं। अस्पतालमा थोरै इन्क्युबेटर भए पनि पुग्छ र बच्चालाई पनि अस्पतालमा धेरै समय राख्नुपर्दैन।” (g02 6/8)