सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जूवा—एउटा विश्‍वव्यापी मोह

जूवा—एउटा विश्‍वव्यापी मोह

जूवा—एउटा विश्‍वव्यापी मोह

स्कटल्याण्डमा हुर्केका जोन सधैं आफूलाई चिट्ठा परेको सपनामा हराइरहेका हुन्थे। तिनी यसो भन्छन्‌, “म हरेक हप्ता चिट्ठा किन्थें। हुन त त्यो चिट्ठाको मूल्य खासै धेरै पर्दैनथ्यो तर मेरा सारा आशाहरू भने यसैमा अल्झिएका थिए।”

जापानका काजुशिगे घोडदौड भनेपछि हुरुक्कै हुन्थे। “साथीहरूसित दौडमा बाजी थाप्नुको रमाइलो अर्कै हुन्थ्यो र कहिलेकाहीं त म थुप्रै पैसा पनि जित्थें” भनेर तिनी सम्झन्छन्‌।

अस्ट्रेलिया निवासी लिन्डा यसो भन्छिन्‌, “बिङ्‌गो मलाई सबैभन्दा मन पर्ने खेल थियो। मेरो यो बानीको कारण हरेक हप्ता लगभग २,३०० रूपैयाँ खर्च भए तापनि जित्दा प्राप्त हुने रोमाञ्चकता मलाई असाध्यै मन पर्थ्यो।”

जोन, काजुशिगे र लिन्डाले जूवालाई त्यत्ति हानिकारक मनोरञ्जनको रूपमा हेर्दैनथिए। संसारभरका करोडौं मानिसहरूले पनि यस्तै दृष्टिकोण राख्छन्‌। सन्‌ १९९९ को आमसर्वेक्षणअनुसार दुई तिहाइ अमेरिकीहरूले जूवालाई स्वीकार्य ठाने। सन्‌ १९९८ मा अमेरिकी जुवाडेहरूले कानूनी मान्यताप्राप्त जूवामा लगभग ३९ खरब रूपैयाँ खर्च गरे र यो उनीहरूले चलचित्रको टिकट, रेकर्ड गरिएको संगीत, खेलकुद, रमाइला पार्कहरू र भिडियो गेमहरूमा खर्च गरेको कुल रकमभन्दा पनि बढी हो।

हालसालै गरिएको अध्ययनअनुसार, बितेको एक वर्षभित्रमा ८० प्रतिशतभन्दा बढी अस्ट्रेलियालीहरूले कम्तीमा पनि एक पटक जूवा खेलेका थिए भने ४० प्रतिशतले त हरेक हप्ता जूवा खेलेको पाइयो। यस देशका वयस्कहरूले जूवामा हरेक वर्ष औसतन ३१,००० रूपैयाँभन्दा बढी खर्च गर्छन्‌ र यो रकम युरोपेली वा अमेरिकीहरूले खर्च गर्नेभन्दा दोब्बर हो। यसरी उनीहरूले आफूलाई संसारकै सबैभन्दा लग्गू जुवाडेहरू प्रमाणित गरेका छन्‌।

थुप्रै जापानीहरू पिनबलसँग मिल्दोजुल्दो खेल पाचिङ्‌कोको कुलतमा फसेका छन्‌ र तिनीहरूले यस खेलमा हरेक वर्ष खरबौं अमेरिकी डलरको बाजी थाप्छन्‌। ब्राजिलमा हरेक वर्ष जूवामा कम्तीमा पनि ३ खरब १२ अरब रूपैयाँ खर्च गरिन्छ र यसमध्ये अधिकांश रकम चिट्ठा किन्‍नमा खर्च गरिन्छ। तर चिट्ठामा मरिहत्ते गर्ने ब्राजिलियनहरू मात्र होइनन्‌। पब्लिक गेमिङ्‌ इन्टरनेशनल-ले हालसालै गरेको अनुमानअनुसार “१०२ वटा देशमा ३०६ किसिमका चिट्ठा” पाइन्छन्‌। हो, सारा संसार नै जूवाप्रति मोहित भएको छ र कसै-कसैको विचारमा जूवा एउटा यस्तो मोह हो जसले मानिसहरूलाई रातारात मालामाल बनाउँछ।

पब्लिक गेमिङ्‌ रिसर्च इन्स्टिच्युटका प्रतिनिधि शारन शार्पको भनाइअनुसार सन्‌ १९६४ देखि १९९९ सम्ममा संयुक्‍त राज्य अमेरिकामा चिट्ठाको बिक्री बापत “राज्यको बजेटको लागि ९७ खरब ५० अरब रूपैयाँ राजस्व संकलन भयो र सन्‌ १९९३ देखि यता राजस्वको सबैभन्दा प्रमुख स्रोत यही नै भएको छ।” यो पैसाको अधिकांश हिस्सा जनशिक्षा कार्यक्रम, आरक्षण क्षेत्रहरूको संरक्षण र सार्वजनिक रंगशालाको विकासको लागि छुट्याइयो। जूवा उद्योग प्रमुख रोजगारदाता पनि हो र अस्ट्रेलियामा मात्रै यसले ७,००० भन्दा बढी जूवाघरहरूमा लगभग १,००,००० मानिसहरूलाई रोजगार प्रदान गरेको छ।

त्यसकारण जूवाका पक्षधरहरू कानूनी मान्यताप्राप्त जूवाले मनोरञ्जन प्रदान गर्नुका साथै रोजगारको सिर्जना गर्छ, राजस्व बढाउँछ र कमजोर आर्थिक अवस्थालाई उकास्छ भन्‍ने तर्क गर्छन्‌।

त्यसैकारण थुप्रै व्यक्‍तिहरू यस्तो प्रश्‍न गर्छन्‌, ‘जूवा खेल्नुमा के खराबी छ र?’ अर्को लेखमा पाउनुहुने यस प्रश्‍नको जवाफले जूवाप्रतिको तपाईंको दृष्टिकोण नै परिवर्तन गरिदिन सक्छ। (g02 7/22)

[पृष्ठ ३-मा भएको चित्र]

जोन

[पृष्ठ ३-मा भएको चित्र]

काजुशिगे

[पृष्ठ ३-मा भएको चित्र]

लिन्डा