केटाकेटीको खेलकुद—हिंसाको नयाँ महामारी
केटाकेटीको खेलकुद—हिंसाको नयाँ महामारी
◼ उच्च माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको समूह फुटबल खेल्न भेला हुन्छन्। खेलको अन्ततिर थप समयमा एउटा टोली विजयी हुँदा १०० जना भन्दा बढी आमाबाबु, प्रशिक्षक तथा खेलाडीहरू भनाभन गर्नुका साथै मुक्का हानाहान गरेर झगडा गर्न थाल्छन्।
◼ किशोरावस्थाभन्दा मुनिका केटाकेटीहरूको एउटा समूह केटा र केटी दुवै सामेल भएको फुटबल खेल्दैछन्। एक जना दस वर्षीय केटोले पास दिएको बललाई रोक्न नसक्दा प्रशिक्षकले उसलाई भुइँमा पछारेर दुइटै पाखुरा भाँचिदिन्छन्।
◼ लिटल लिग बेसबल टोलीका प्रशिक्षकले एक जना खेलाडीलाई बाहिर निकाल्छन्। त्यस केटोको बुबाले प्रशिक्षकलाई मार्ने धम्की दिन्छन् र फलस्वरूप ४५ दिन थुनामा बस्न पुग्छन्।
◼ केटाकेटीहरूको हिउँ हक्की खेलको अभ्यासको दौडान गेमका नियमहरू लागू गर्ने सन्दर्भमा दुई जना बुबाको चर्को भनाभन हुन्छ। एक जना बुबाले अर्कोलाई तिनका तीन जना छोराछोरीको अगाडि नै मरुन्जेल पिट्छन्।
आङै सिरिंङ पार्ने यस्ता रिपोर्टहरू आजकल दिन प्रतिदिन सामान्य हुँदै गइरहेका छन्। खेल मैदान, बास्केटबल कोर्ट, आइस रिंक र मैदानहरूमा हिंसाको यो नयाँ महामारी फैलिरहेको छ। आमाबाबु तथा प्रशिक्षकहरू हार्नुभन्दा बरु हिंसात्मक कदम चाल्न तम्सन्छन्। जुपिटर-टेकेस्टा (फ्लोरिडा) एथलेटिक एसोसिएशनका अध्यक्ष, जेफ्री लेस्ली यसो भन्छन्: “मैले के-के देखेको छु भने,
आमाबाबु आफ्ना छोराछोरीसित ठूलठूलो स्वरले कराउँछन्, अझ राम्रो खेल प्रदर्शन गर्न दबाब दिन्छन्; उत्तेजित आमाबाबुको कारण केटाकेटीहरू झगडा गर्छन्; आमाबाबुको कारण बेइज्जती सहनु परेकोले केटाकेटीहरू खेल मैदानमै . . . रुन्छन्।” तिनी अझ यसो भन्छन्: “आमाबाबुलाई नराम्रो व्यवहार गर्न लगाउने केटाकेटीहरूको खेलकुदजस्तो अरू कुनै कुरा हुँदैन।” केटाकेटीहरूलाई त्यस्तो हिंसाबाट जोगाउन कुनै-कुनै समुदायले तिनीहरूलाई आफ्ना छोराछोरीको खेलमा आउनदेखि प्रतिबन्ध लगाउन ठोस कदम चाल्नुपरेको छ।त्यस्तो अनियन्त्रित क्रोधको महामारीको परिणाम के भएको छ? फ्लोरिडास्थित नेशनल एलायन्स फर युथ स्पोर्टसका संस्थापक तथा अध्यक्ष, फ्रेड एंग यसो भन्छन्, “थुप्रै वयस्कहरूले यस्तो अपमानजनक व्यवहार देखाइरहेका छन् र तिनीहरूले युवाहरूको खेलमा प्रतिकूल असर पारिरहेका छन्, रमाइलोको सट्टा लाखौं केटाकेटीसमक्ष नराम्रो सन्देश पुऱ्याइरहेका छन्।”
हर हालतमा जित्नू
यस समस्याको जडमा कोही-कोही आमाबाबुहरू आफ्ना छोराछोरी अरू केटाकेटीभन्दा राम्रो भएर हर हालतमा जितेको हेर्न चाहन्छन्। क्यानाडास्थित बाल दुर्व्यवहार रोकथाम गर्ने संस्थानका प्रतिनिधि यसो भन्छन्: “हर हालतमा जित्ने, जसरी होस् आफू प्रभावशाली बन्ने मनोभावले आक्रमणबाट असुरक्षित मानिसहरूले दुःख भोग्ने वातावरण सृजना गर्छ। यस्ता खेलहरूमा आक्रमणबाट असुरक्षित मानिसहरू भनेको केटाकेटी हुन्।” ओन्टारियो (क्यानाडा) शारीरिक तथा स्वास्थ्य शैक्षिक संस्थानका अधिकृतले टिपोट गरेअनुसार केटाकेटीहरूमाथि यस्तो दबाब आइपर्दा “तिनीहरू सानै उमेरदेखि तनावग्रस्त हुन्छन्। अनि हुर्कंदै गएपछि तिनीहरूलाई असफलताको सामना गर्न निकै गाह्रो [हुन सक्छ]।”
आमाबाबु र अत्यन्तै जोसिला प्रशिक्षकहरूको क्रोध अक्सर जवान खेलाडीहरूमा झल्कनु कुनै अनौठो कुरा होइन। केटीहरूको भलिबल खेलको दौडान खेलाडीहरूले सात चोटि रेफ्रीमाथि हमला गरे। टेनिस म्याचबाट निकालिएकी एउटी केटीले अधिकृतको गाडी तोडफोड गरिन्। उच्च माध्यामिक विद्यालयको कुस्तीबाजले नियम भंग गरेको घोषणा गर्दा तिनले रेफ्रीको निधारमा आफ्नो निधार बजारेर अचेत हुने गरी ढालिदिए। चिकित्सा बाल मनोवैज्ञानिक तथा युवा खेलकुद मनोवैज्ञानिक डारेल बर्नेट यसो भन्छन्: “कुनै समय युवा खेलहरू भनेको खेलमा पराजय भोग्दा पनि राम्रो व्यवहार देखाउने क्षेत्र थियो। अब त्यस्तो रहेन। अब यो खेल मात्र हुन छोडिसक्यो।”
आमाबाबुले के गर्न सक्छन्
केटाकेटीलाई खेलकुदहरू मन पर्नुको कारण, खेल खेल्दा हुने रमाइलो र व्यायाम हो भन्ने कुरा आमाबाबुले बिर्सनुहुँदैन। केटाकेटीको खेलकुदलाई अत्यन्तै तनावपूर्ण गतिविधि बनाउनु अथवा तिनीहरूमाथि मौखिक दुर्व्यवहार प्रहार गर्नु भनेको यसको उद्देश्य विपरीत हो र प्रेमपूर्ण कार्य होइन। बाइबल यसो भन्छ: “आमाबाबु हो, तिमीहरूका छोराछोरीलाई कहिल्यै आक्रोशित नबनाऊ।”—एफिसी ६:४, द जेरुशलेम बाइबल।
यस सन्दर्भमा आमा वा बुबालाई आफ्नो सन्तुलन नगुमाउन कुन कुराले मदत गर्न सक्छ? सर्वप्रथम, तपाईं जवान छँदा कस्तो महसुस गर्नुहुन्थ्यो भनी विचार गर्नु मदतकारी हुन सक्छ। के तपाईं पेसेवरजस्तै खेल्न सक्नुहुन्थ्यो? के तपाईंको छोरा वा छोरीले त्यसो गरोस् भन्ने आशा गर्नु व्यावहारिक हो? आखिर, “केटाकेटीहरू कलीलै छन्।” (उत्पत्ति ३३:१३) साथै, हारजितबारे उचित दृष्टिकोण राख्ने प्रयास गर्नुहोस्। बाइबलले अनियन्त्रित प्रतिस्पर्धालाई “व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र हो” भन्छ।—उपदेशक ४:४.
चाखलाग्दो कुरा के छ भने, मेजर लिग बेसबलका भूतपूर्व खेलाडीले हारजितप्रति सही दृष्टिकोण राख्न तथा आफ्नो बच्चाले राम्रो खेल प्रदर्शन नगर्दा नरिसाउन अनि जित्दा अत्यन्तै उत्तेजित नहुन आमाबाबुलाई प्रोत्साहन दिन्छन्। जित्नु नै सबैभन्दा महत्त्पूर्ण कुराजस्तो नगरी आमाबाबुले छोराछोरीको आनन्द अनि तिनीहरूको शारीरिक सुस्वास्थ्यमा बढ्ता ध्यान दिनुपर्छ।
तसर्थ, कोही-कोही आमाबाबुहरू केटाकेटीको संगठित खेलले प्रतिस्पर्धाको हानिकारक वातावरण सृजना गर्छ भन्ने निष्कर्षमा पुगेका छन्। तथापि, यसको मतलब तिनीहरूका १ तिमोथी ४:८) खेलकुदप्रति यस्तो सन्तुलित दृष्टिकोण राखेर तपाईं आफ्ना छोराछोरीलाई हिंसाको नयाँ महामारीको सिकार हुनदेखि जोगाउन सक्नुहुन्छ। (g02 12/08)
छोराछोरी अरू केटाकेटीसित पटक्कै खेल्दैनन् भनेको होइन। उदाहरणका लागि, थुप्रै आमाबाबुहरूले आफ्ना छोराछोरीलाई सँगी विश्वासीहरूसित घरकै आँगन वा स्थानीय पार्कमा खेल्दा निकै आनन्ददायी भएको महसुस गरेका छन्। यसो गर्दा आमाबाबुले आफ्ना छोराछोरीको संगतिमाथि निगरानी राख्न सक्छन्। सपरिवार घुम्न जाँदा पनि स्वास्थ्यकर खेलकुदमा भाग लिने राम्रो मौका मिल्छ। हुन त हो, घरैमा खेल्दा र कुनै विजयी टोलीको सदस्य हुँदाको मजा एकै प्रकारको हुँदैन। तर एउटा कुरा नबिर्सनुहोस्, “शारीरिक साधन थोरैको निम्ति [मात्र] उपयोगी हुन्छ; तर [ईश्वरीय] भक्तिचाहिं . . . सबै कुराको निम्ति उपयोगी हुन्छ।” ([पृष्ठ ११-मा भएको चित्र]
खेलकुद भनेको विवादको स्रोत नभई रमाइलो हुनुपर्छ