सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनले पत्ता लगाएको ध्वनि प्रदूषणको समाधान

तिनले पत्ता लगाएको ध्वनि प्रदूषणको समाधान

तिनले पत्ता लगाएको ध्वनि प्रदूषणको समाधान

“म खेलौना उत्पादन गर्ने कम्पनीमा काम गर्छु। यो एकोहोरो गरिरहनुपर्ने काम भएकोले त्यहाँका कामदारहरूलाई संगीत सुन्‍ने अनुमति दिइएको छ। मसँगै काम गर्ने एक जना सहकर्मी एकदमै पतित संगीत सुन्‍न रुचाउँछन्‌। मेरै विभागमा काम गर्ने अरू दुई जना कामदारलाई पनि त्यस्तो खालको संगीत मन पर्छ। तर मेरोलागि भने त्यस्तो संगीत दिनहुँ आठ घण्टा सुनिरहनु एउटा परीक्षा नै थियो।

“त्यस जागिरबाट मैले पाएका फाइदाहरूलाई विचार गरें। एउटा त, मेरी सुपरिवेक्षकले यहोवाका साक्षीहरूको जिल्ला अधिवेशन र पूर्ण-समय सेवकाईमा लागेकाहरूको विशेष सभामा जानु पर्दा मलाई सधैं बिदा दिन्थिन्‌। साथै, काम गर्ने ठाउँ पनि नजिकै थियो र त्यसले गर्दा मैले क्षेत्र सेवकाईमा पनि धेरै समय बिताउन पाउँथें।

“मैले ती सहकर्मीहरूलाई भेटेर हुनसक्छ भने अर्कै प्रकारको संगीत सुन्‍न वा अलि कम आवाज गरेर सुन्‍न नम्रतासाथ आग्रह गरें। तर तिनीहरूले सुपरिवेक्षकलाई मेरो विषयमा पोल लगाइदिए। सुपरिवेक्षकले मलाई आफ्नो कार्यालयमा बोलाइन्‌। तिनले भनिन्‌: ‘श्‍यारोन, तिमीले यस कम्पनीलाई आफ्नो धर्ममा परिवर्तन गर्न सक्दिनौ। हाम्रा कामदारहरूले आफूलाई जे मनपर्छ, त्यही सुन्‍न सक्छन्‌।’

“त्यसपछि मैले म आफ्नै क्यासेट प्लेयर र हेडफोन ल्याउन सक्छु कि भनी सोधें। तिनले अनुमति दिइन्‌। मैले द वाचटावर-का अडियो रेकर्डहरू ल्याएँ। यसो गरेको कारण मैले त्यस्ता अस्वास्थ्यकर संगीत सुन्‍नु परेको छैन। ती क्यासेटहरू सुन्दा मैले आफ्नो आध्यात्मिकतालाई बलियो राख्ने मदत पनि पाएकी छु।”—श्‍यारोन क्वानको वृत्तान्तमा आधारित। (g02 12/08)