सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रतिक्रिया

पाठकहरूका प्रतिक्रिया

पाठकहरूका प्रतिक्रिया

विश्‍वशान्ति “के विश्‍वशान्ति सपना मात्र हो?” (जून ८, २००२) लेखहरूको श्रृंखला एकदमै राम्ररी लेखिएको छ। सबै राजनीतिज्ञहरूले यो पढ्‌नैपर्ने हो। तपाईंका प्रकाशनहरूले मानिसले कुन कुरा थाह पाउनुपर्छ अनि कसरी जीवन बिताउनुपर्छ भनेर स्पष्टसित बताउँछ।

जे. एस., चेक गणतन्त्र (g02 12/22)

युवकको अग्रसरता म तपाईंहरूको पत्रिकाको कति धेरै मूल्यांकन गर्छु भनेर धेरै अघिदेखि भन्‍न चाहन्थें। अनि “तिनको अग्रसरताले इनाम पायो।” भन्‍ने लेख पढेपछि बल्ल भनिहाल्ने निर्णय गरें। (जून ८, २००२) मैले हालै स्टेलाको जस्तो अनुभव गरें। आफ्नो जीवनमा यहोवालाई प्राथमिकता दिने म जस्ता जवान मानिसहरू संसारभरि रहेछन्‌ भनेर थाह पाउँदा मेरो हृदय प्रफुल्लित हुन्छ। यस्ता अनुभवहरूले जवान तथा वृद्ध सबैलाई प्रोत्साहन दिन्छ।

एल. पी., संयुक्‍त राज्य अमेरिका (g02 12/22)

जनावरहरू “रहस्यमय हिमचितुवालाई भेट्‌नुहोस्‌” (जून ८, २००२) भन्‍ने लेख मैले भर्खरै पढ्‌न सिध्याएँ। यहोवाले सृजनुभएका सबै जनावरहरू र अझ विशेष गरी भुत्ले जनावरहरू मलाई मन पर्छ। हिमचितुवाहरूको संख्या थोरै मात्र बाँकी छ भनेर थाह पाउँदा मलाई रिस उठ्‌छ। यसबारे यहोवाले कस्तो महसुस गर्नुहुन्छ होला, सोच्नुहोस्‌ त!

डि. आर., संयुक्‍त राज्य अमेरिका (g02 12/22)

माकुराहरू “कमिलाको जस्तै भेष बदल्ने माकुरो” (मे ८, २००२) भन्‍ने लेख पढ्‌दा म चकित भएँ। यहोवा कस्तो महान्‌ सृष्टिकर्ता हुनुहुन्छ! म नयाँ संसारमा जीवन बिताउने प्रतिक्षा गर्छु जब उहाँले सृष्टि गर्नुभएका अरू थुप्रै कुराहरूबारे मैले जान्‍न सक्छु।

पि. पि., श्रीलंका (g02 12/22)

युवा जनहरू सोध्छन्‌ “युवा जनहरू सोध्छन्‌ . . . मेरो स्कूलको कसैलाई भेटें भने के गर्ने?” (मार्च ८, २००२) भन्‍ने लेख छाप्नुभएकोमा धन्यवाद छ। धेरै वर्षअघि म जवान छँदा मलाई असाध्यै लाज लाग्थ्यो र म भकभके पनि थिएँ। खास गरी स्कूलका अरू केटाकेटीहरू भेट्‌दा मलाई सेवकाईमा भाग लिन एकदमै गाह्रो लाग्थ्यो। यस लेखले अरू जवानहरूलाई निकै मदत गर्नेछ भनेर म विश्‍वस्त छु।

डब्ल्यु. टि., संयुक्‍त राज्य अमेरिका (g02 12/22)

भरपर्दो सल्लाह यस्तो प्रचुर तथा जानकारीमूलक पाठ्यसामग्री प्रदान गर्नुभएकोमा धन्यवाद। तपाईंका लेखहरूमा विविध विषयहरू छलफल गरिएका छन्‌। अरू पत्रिकाहरूजस्तो नभई यसले अरूको धारणाप्रति निष्पक्ष तथा आदरपूर्ण अडान राख्छ। ब्यूँझनुहोस्‌! एउटा घनिष्ठ तथा अभिन्‍न साथी भएको छ र यसका भरपर्दा सल्लाहहरूले जीवनका समस्याहरू सामना गर्दा आशावादी हुन मदत गर्छ।

एन. पि., ब्राजिल (g02 12/22)

जीवनी “मेरो आशा उज्ज्वल रहिरहेको छ” (मे ८, २००२) भन्‍ने जीवनी पढ्‌दा मैले हर्ष र पीडाको आँसु थाम्न सकिनँ। भाइ हानाकले २० वर्षको उमेरमा देखाएको साहसले जवानहरूलाई पनि यहोवाको धार्मिक स्तर पालन गर्ने कटिबद्धता दिन सक्छ भनेर मैले बुझें। अहिले बाँचिरहेको कठिन समयमा हामी सबैलाई चाहिने प्रोत्साहन दिने राम्रा लेखहरू प्रकाशित गरिरहनुभएकोमा धन्यवाद छ।

के. जि., संयुक्‍त राज्य अमेरिका (g02 12/08)