सञ्चारजगत्को भूमिका
सञ्चारजगत्को भूमिका
“एउटै स्वामित्वअन्तर्गत पर्ने स्क्रिप्स् अखबारका संस्थापक, एड्वर्ड विलिस् स्क्रिप्स्ले एक चोटि अमेरिकामा सञ्चार माध्यमको भूमिका भनेको दीन-दुःखीहरूलाई सान्त्वना दिनु र विलासी जीवन बिताइरहेकाहरूलाई झकझकाउनु हो भनेका थिए” भनी ह्वाइट हाउसका भूतपूर्व सञ्चार सचिव माइक म्याककरीले बताए। तिनले अझै यसो भने: “केही जानकारी नदिई अनभिज्ञ छोड्नुभयो भने तपाईं सान्त्वना वा झकझकाउन सक्नुहुन्न।”
“विश्वमा के भइरहेको छ सो जान्नको लागि हाम्रो प्रक्रिया पर्याप्त छैन किनभने हाम्रो [सं.रा.] समाचार माध्यमले अन्तरराष्ट्रिय खबरबारे केही पनि बताउँदैन भनी [एमक्रीले] बताए।” दुःखको कुरा त के छ भने, संयुक्त राज्य अमेरिकाको सञ्चार माध्यमको सोचाइमा “अमेरिकी नागरिकहरू विश्वमा के भइरहेको छ भनेर जान्नै चाहँदैनन्।”—ग्राफिक अर्टस् मन्थ्ली।
ब्यूँझनुहोस्!-को विश्वभरि लेखकहरू छन् र उनीहरू आफ्ना पाठकहरूलाई जल्दाबल्दा विषयवस्तुदेखि लिएर वैज्ञानिक तथा सामाजिक विषयहरू प्रस्तुत गर्ने लक्ष्य राख्छन्। यसले मायालु सृष्टिकर्तामाथि विश्वास बढाउँछ। यो प्रकाशित हुने ८७ वटा भाषाहरूमध्ये ६१ वटा त सँगसँगै प्रकाशित हुन्छन् र प्रत्येक लेख २.१ करोडभन्दा बढी वितरण हुन्छन्! ब्यूँझनुहोस्! पढेर जागा रहनुहोस्! (g02 11/08)
[पृष्ठ ३१-मा भएको चित्र]
जब सबै प्रकारका दासत्वको अन्त हुनेछ!
[पृष्ठ ३१-मा भएको चित्र]
के विज्ञान र धर्मको कुरा मिल्न सक्छ?
[पृष्ठ ३१-मा भएको चित्र]
जूवा—के यो अहानिकारक मनोरञ्जन हो?
[पृष्ठ ३१-मा भएको चित्र]
कुटपिटको सिकार भएका महिलाहरूको लागि मदत
[पृष्ठ ३१-मा भएको चित्र]
के विश्वशान्ति सपना मात्र हो?